काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले भाखा नाघेको कर्जा व्यवस्थापनसम्बन्धी तालिम तथा समीक्षा गोष्ठी पोखरामा सम्पन्न गरेको छ । धादिङको धुनिबेसी नगरपालिका ६ धार्केमा केन्द्रीय कार्यालय रहेको संस्थाले पोखरा इलाका कार्यालयअन्तर्गतका ११ शाखा प्रमुखको सहभागितामा तालिम आयोजना गरेको हो । संस्थाका अनुसार कार्यक्रममा ११ वटै शाखाका प्रमुखले २०८३ कात्तिक मसान्तसम्मको प्रगति प्रस्तुत गरेका थिए । तालिममा भाखा नाघेको कर्जा कसरी व्यवस्थापन र नियन्त्रण गर्ने, शाखा प्रमुखको जिम्मेवारी, ग्राहकसँग राम्रो सम्बन्ध बनाउने, कर्जा विश्लेषण गर्ने र राम्रो परियोजना छनोट गर्दा ध्यान दिनुपर्ने विषयमा जानकारी दिइएको थियो । संस्थाका वरिष्ठ प्रमुख व्यवस्थापक उमेश कुर्मी, प्रमुख व्यवस्थापक बाबुराम सुवेदी, वरिष्ठ अधिकृत हरिबहादुर पण्डित र पोखरा इलाका प्रमुख बलराम पौडेलले प्रशिक्षण दिनुभएको थियो । नाडेपले ५६ जिल्लामा ८८ शाखामार्फत् ७६ हजार दुई सय ७९ परिवारलाई वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।
नाडेपको कर्जा व्यवस्थापन तालिम

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






