Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

नागरिक लगानी कोषको अर्बौं रकम परिचालनमा सांसदहरूले खोजे स्पष्ट नीति

Share:WhatsAppFacebookX (Twitter)Telegram
नागरिक लगानी कोषको अर्बौं रकम परिचालनमा सांसदहरूले खोजे स्पष्ट नीति
Photo / Coverage: टक्सार

काठमाडाैँ । नागरिक लगानी कोषमा अर्बौं रकम रहेको भन्दै त्यसको सही रुपमा परिचालनका लागि स्पष्ट नीति जरुरी रहेको सांसदहरूले बताएका छन् । नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि प्रतिनिधि सभा अर्थ समितिमा भएको सैद्धान्तिक छलफलमा सांसदहरूले कोषको लगानी नीति, प्रतिफल, संस्थागत सुशासन र योगदानकर्ताको हितका विषय उठाएका हुन् । उनीहरूकाअनुसार अर्बौं परिचालनका लागि स्पष्ट लगानी नीति हुनुपर्छ । कोषको रकम सुरक्षित राख्दै उचित प्रतिफल दिने व्यवस्था गर्नुपर्ने र नयाँ लगानीका क्षेत्रमा प्रवेश गर्दा जोखिम व्यवस्थापन तथा पारदर्शितालाई प्राथमिकता दिनुपर्ने उनीहरूको भनाइ छ । नेकपा एमालेका सांसद प्रा.डा. पुष्पराज कँडेलले नागरिकको वचत सुरक्षित राख्नुका साथै त्यसबाट उचित मुनाफा दिने व्यवस्था गर्नुपर्ने बताए । कोषको रकम नयाँ क्षेत्रमा लगानी विस्तार गर्ने भनिए पनि त्यसका लागि स्पष्ट नीति बनेको छ कि छैन भन्ने विषय महत्वपूर्ण रहेको उनले बताए । उनले कोषमा अर्बौं रुपैयाँ जम्मा भइसकेको अवस्थामा यति ठूलो रकम परिचालन गर्दा स्पष्ट लगानी नीति बनाएर अघि बढ्नुपर्ने उल्लेख गरे । लगानीका नयाँ क्षेत्रमा प्रवेश गर्दा त्यसको आधार, प्रक्रिया र प्रतिफल सुनिश्चित गर्ने विषयमा ध्यान दिनुपर्ने उनले बताए । कँडेलले भने, “नागरिकको पैसा राख्ने संस्था भएकाले त्यसलाई सुरक्षित राख्नुपर्छ र त्यसबाट उचित मुनाफा पनि दिनुपर्छ भन्ने कुरा सर्वमान्यजस्तै भएको छ । त्यसैका लागि यो संशोधन विधेयक ल्याइएको हो भनेर माननीय मन्त्रीज्यूले पनि अघि नै भनिसक्नुभएको छ । हामी अब लगानीका नयाँ क्षेत्रमा जाने भनिरहेका छौँ। अघि कार्यकारी निर्देशकज्यूले पनि नयाँ ढंगले लगानी विस्तार गर्नुपर्ने कुरा बताइसक्नुभएको छ । तर त्यसका लागि हामीसँग स्पष्ट नीति बनेको छ कि छैन भन्ने मेरो चासो हो । अहिले कोषको रकम ३५७ अर्ब रूपैयाँ छ भन्नुभएको थियो । यति ठूलो रकम भइसकेपछि त्यसलाई परिचालन गर्दा स्पष्ट नीति बनाएर अगाडि बढ्नु उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ ।” राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुशील खड्काले नागरिक लगानी कोषलाई पुँजी निर्माण र पुँजी परिचालन दुवैको महत्वपूर्ण माध्यम बनाउनुपर्ने बताए । कोषले कृषि, शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा लगानी विस्तार गर्नुपर्ने उनको भनाइ छ । उनले लगानी गर्दा जोखिम न्युनिकरण र जोखिमका कारकहरूको व्यवस्थापन आवश्यक भए पनि जोखिम व्यवस्थापनकै नाममा लगानी गर्नै नसक्ने अवस्था सिर्जना हुन नहुने बताए । सबै रकम बैंकमै राखेर लगानी विस्तारको उद्देश्य पूरा नहुने उनको भनाइ छ । खड्काले कोषले ठूला पूर्वाधार आयोजनामा समेत लगानी विस्तार गर्नुपर्ने उल्लेख गर्दै अपर तामाकोशीमा भएको लगानीको उदाहरण प्रस्तुत गरे । लगानी विस्तार गर्दा सम्भावित जोखिम र प्रतिफल दुवैलाई ध्यानमा राख्नुपर्नेमा उनको जोड छ । सांसद खड्काले भने, “नागरिक लगानी कोष पुँजी निर्माण र पुँजी परिचालन (क्रेडिट क्रिएशन र क्रेडिट डिप्लोइमेन्ट) दुवैका लागि अत्यन्त महत्वपूर्ण माध्यम बन्नुपर्छ । बन्नसक्छ भन्ने मात्र होइन, यो बन्नैपर्छ । हामीजस्ता नीतिनिर्माताले पनि नागरिक लगानी कोषलाई त्यही दृष्टिकोणबाट हेरेका छौँ । त्यसका लागि कृषि, शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा कसरी लगानी विस्तार गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिनुपर्छ । लगानी गर्दा जोखिमलाई कसरी न्युनिकरण गर्ने र जोखिमका कारकहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय महत्वपूर्ण हुन्छ । तर जोखिम व्यवस्थापनका नाममा हामी अत्याधिक शतर्क भएर लगानी नै नगर्ने अवस्थामा पुग्नुहुँदैन । सबै रकम बैंकमै राख्ने हो भने लगानी विस्तारको उद्देश्य पूरा हुँदैन । अघि निर्देशकज्यूले पनि अपर तामाकोसीमा जम्मा २८ अर्ब रुपैयाँ मात्रै लगानी भएको बताउनुभएको थियो । दुवै लगानीको अवस्था त्यस्तै रहेछ । अपर तामाकोसीको अवस्था राम्रो छ । अहिले सकारात्मक अवस्थामा गएको छ, होइन? यसपटक चाहिँ ठीक छ ।” नेपाली काँग्रेसका सांसद नरेन्द्रकुमार केरुङले नागरिक लगानी कोषमा वचतकर्ताको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताए । सञ्चालक समिति गठन गर्दा आफ्नो आवश्यकतामा कटौती गरेर समेत वचत गर्ने योगदानकर्ताको तर्फबाट कम्तीमा एक जना प्रतिनिधि समावेश गर्नुपर्ने उनको प्रश्ताव छ । उनले परियोजनामा लगानी गर्दा वचतकर्ता तथा लगानीकर्ताले पाउने प्रतिफल कसरी गणना गर्ने, परियोजनाबाट प्राप्त नाफाको बाँडफाँट कसरी गर्ने र प्रतिफलको समयसीमा के हुने भन्ने विषय ऐनमै स्पष्ट पार्नुपर्ने बताए । केरुङले राष्ट्रिय प्राथमिकताप्राप्त क्षेत्रमा लगानीलाई पहिलो प्राथमिकता दिनुपर्ने भएपनि त्यस्ता परियोजना छनोट गर्ने आधार र प्रक्रिया स्पष्ट हुनुपर्ने बताए । परियोजना छनोटमा बिचौलियाको प्रभाव र अन्य विकृति प्रवेश गर्न नदिन पारदर्शी प्रणाली आवश्यक रहेको उनको भनाइ छ । उनले योगदानकर्ताले आफ्नो बचत कहाँ लगानी भएको छ, त्यसबाट कति प्रतिफल प्राप्त भएको छ र लगानीमा कति जोखिम छ भन्ने जानकारी अनलाइनबाटै प्राप्त गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताए । मोबाइल, ल्यापटपलगायत विद्युतीय उपकरणमार्फत आफ्नो वचत र लगानीको अवस्थाबारे जानकारी लिनसक्ने प्रणाली विकास गर्नुपर्नेमा उनले जोड दिए । नागरिकको पसिनाबाट संकलित रकम भएकाले त्यसको परिचालनमा सरकार र कोष व्यवस्थापन दुवै पक्ष जिम्मेवार र पारदर्शी हुनुपर्ने केरुङको भनाइ छ । सैद्धान्तिक छलफलपछि अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले नागरिक लगानी कोषबाट सम्पादित कामकारबाही, कोष सञ्चालनको अवस्था, लगानी तथा प्रतिफलको स्थिति, भावी कार्ययोजना, समस्या र सुधारका क्षेत्रबारे आगामी मंसिर १० गते समितिमा प्रश्तुतीकरण गर्न कोषका कार्यकारी निर्देशकलाई निर्देशन दिए । उनले भने, “नागरिक लगानी कोषबाट सम्पादित कामकारबाही, कोष सञ्चालनको अवस्था, लगानी र प्रतिफलको स्थिति र भावी कार्ययोजना तथा समस्या र सुधारका क्षेत्र सम्बन्धमा २०८३ मङ्सिर १० गतेको बैठकमा समितिमा प्रश्तुतीकरण गर्न नागरिक लगानी कोषका कार्यकारी निर्देशकलाई निर्देशन दिने निर्णयका साथ भोलि १० बजे ११ बजे बैठक बस्ने गरी यो बैठक यही अन्त्य भएको घोषणा गर्दछु ।” समितिको आगामी बैठक बिहीवार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको सभापति बुढाथोकीले जानकारी दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दसौँ राष्ट्रिय खेलकुद :  महिला बास्केटबलतर्फ सुदूरपश्चिम क्वाटर फाइनलमा
Latest NewsJust now

दसौँ राष्ट्रिय खेलकुद :  महिला बास्केटबलतर्फ सुदूरपश्चिम क्वाटर फाइनलमा

सुर्खेत । कर्णाली रङ्गशालामा भएको महिला बास्केटबलको खेलमा सुदूरपश्चिम प्रदेश क्वाटर फाइनलमा प्रवेश गरेको छ । बुधबार सुदूरपश्चिम समूह ‘बी’ को विजेता बन्दै क्वाटर फाइनलमा पुगेको हो । सुदूरपश्चिमले मधेस प्रदेशलाई... ...

रातोपाटी
मुक्तिनाथ विकास बैंक र मणिपाल अस्पतालबीच सम्झौता
Latest NewsJust now

मुक्तिनाथ विकास बैंक र मणिपाल अस्पतालबीच सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखरा, फूलबारी स्थित नेपाल मणिपाल शिक्षण अस्पताल बीच स्वास्थ्य सेवा तथा बैंकिङ सुविधामा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी अनुसार नेपाल मणिपाल शिक्षण अस्पतालले मुक्तिनाथ विकास बैंकका कर्मचारी तथा बैंकका एटीएम/डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउनेछ । सम्झौता अनुसार अस्पतालको ...

कर्पोरट खबर
म त सौतेनी आमाको छोरो!
Latest NewsJust now

म त सौतेनी आमाको छोरो!

मैले यस धर्तीमा पाइला टेक्नुअगावै मेरो बाबुको अघिल्लो घरबारबाट पाँच भाइ छोरा र पाँच बहिनी छोरी जन्मिसकेका थिए। तीमध्ये माइला दाजुको अल्पायुमै देहावसान भएकाले मैले उहाँको मुहार देख्न पाइनँ। बाँकी सबै दाजुदिदीहरू जीवितै हुनुहुन्थ्यो, त्यसैले उहाँहरूसँग मेरो आत्मीय भेटघाट भयो।  दाजुहरूमध्ये कान्छा दाजु अविवाहित भएकाले हामी एउटै छानोमुनि सगोलमा बस्थ्यौँ। ब... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement