Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

नागरिक बिरामी भएर अस्पताल पुग्दा स्वास्थ्य बीमाको सुविधा सहजै पाउने व्यवस्था मिलाउनुपर्छ : मन्त्री गौतम

Share:WhatsAppFacebookX (Twitter)Telegram
नागरिक बिरामी भएर अस्पताल पुग्दा स्वास्थ्य बीमाको सुविधा सहजै पाउने व्यवस्था मिलाउनुपर्छ : मन्त्री गौतम
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले स्वास्थ्य बीमासम्बन्धी गुनासो सम्बोधन गर्दै हरेक नागरिकलाई बीमाको पहुँचमा ल्याउने गरी कार्यक्रम सुधार्नुपर्ने बताएकी छिन् । सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा मंगलबार आयोजित बैठकमा उनले उपचार आवश्यक पर्दा बीमाको सुविधा पाउने ढुक्क हुने वातावरण बनाउनुपर्नेमा जोड दिइन् । स्वास्थ्य बीमाबारे समाधान खोज्न छलफल अघि बढाइएको उल्लेख गर्दै मन्त्री गौतमले तत्काल सुधारका उपाय पहिल्याउनुपर्ने बताइन् । राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय दिगोपना र एकीकृत सामाजिक सुरक्षा प्रणालीतर्फको बाटो पहिल्याउन बैठकको आयोजना गरिएको थियो। बैठकमा मन्त्री गौतमले भनिन्,’घरमा कोही बिरामी पर्दा परिवारको पहिलो चिन्ता उपचारको पैसा कहाँबाट जुटाउने ? भन्ने हुनु हुँदैन । हरेक नागरिकले ‘मसँग स्वास्थ्य बीमा छ, मलाई चाहिएको बेला उपचार पाउँछु’ भनेर ढुक्क हुन सक्नुपर्छ ।’ बीमामा योगदान गर्न नसक्ने नागरिकको जिम्मा राज्यले लिनुपर्ने पनि मन्त्री गौतमको भनाइ थियो। उनले भनिन्, ‘नागरिकका गुनासा सुनेर हामीले खोज्नुपर्ने सुधार त्यही हो, नागरिकका गुनासा सम्बोधन गर्दै अस्पताल पुग्दा स्वास्थ्य बीमाको सुविधा सहजै पाउने व्यवस्था मिलाउनु नै सुधारको प्राथमिकता हुनुपर्छ ।’ बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, स्वास्थ्य बीमा बोर्ड र प्रधानमन्त्री कार्यालयका प्रतिनिधि सहभागी थिए। छलफलमा मन्त्री गौतमले बीमामार्फत उपचार सेवा दिन सरकारी अस्पतालको सञ्जाल पर्याप्त छ कि निजी अस्पताललाई पनि कार्यक्रममा जोड्नुपर्छ भन्ने प्रश्न उठाउनु भएको थियो । बैठकमा हाल छुट्टाछुट्टै मन्त्रालयअन्तर्गत रहेका कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा बोर्डको योगदान संकलन र भुक्तानी एउटै प्रणालीमा ल्याउने प्रस्तावमाथि छलफल भएको थियो। ती सबै निकायको एकीकरणका लागि विद्यमान ऐनहरू संशोधन गरेर तीनै निकायलाई जोड्ने वा एउटै ऐनअन्तर्गत छुट्टाछुट्टै कार्यगत इकाइ राख्ने दुई कानुनी विकल्पबारे बैठकमा छलफल भएको थियो। The post नागरिक बिरामी भएर अस्पताल पुग्दा स्वास्थ्य बीमाको सुविधा सहजै पाउने व्यवस्था मिलाउनुपर्छ : मन्त्री गौतम appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
भेरी अस्पतालमा न्यूरो तथा प्लास्टिक सर्जरी सेवा सुरु
Latest NewsJust now

भेरी अस्पतालमा न्यूरो तथा प्लास्टिक सर्जरी सेवा सुरु

विशेषज्ञ सेवा सुरु भएसँगै बिरामीले अब न्यूरो तथा प्लास्टिक सर्जरीका लागि नेपालगन्जबाहिर जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ । ...

कान्तिपुर
राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो नेपाल, पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित
Latest NewsJust now

राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो नेपाल, पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित

नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ। समूह ‘बी’ अन्तर्गत मङ्गलबार सम्पन्न आफ्नो अन्तिम खेलमा पाकिस्तान शाहीन्स (पाकिस्तान ‘ए’) सँग ९६ रनले पराजित भएसँगै नेपालको यात्रा समूह चरणमै टुङ्गिएको हो। ...

नेपालबहस
ठमेलमा पर्यटक ठग्ने २२ जना कारबाहीमा
Latest NewsJust now

ठमेलमा पर्यटक ठग्ने २२ जना कारबाहीमा

काठमाडौं: जिल्ला प्रशासन कार्यालय काठमाडौँले राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा पर्यटकलाई ठगी गर्ने २२ जनालाई कारबाही गरेको छ। जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, पर्यटक प्रहरी, नगर प्रहरी र ठमेल पर्यटन विकास परिषद्को संयुक्त टोलीले गएराति गरेको अनुगमनका क्रममा उनीहरूलाई कारबाही गरिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी खेमराज भुसालका अनुसार कारबाहीमा पर्नेहरूमा ठूलो आवाजमा सङ्गीत बजाउने रेस्टुरेन्ट तथा बार सञ्चालक, विना दर्ता ...

नेपालन्युज
पाकिस्तान ‘ए’ सँग हारपछि बाहिरियो नेपाल
Latest NewsJust now

पाकिस्तान ‘ए’ सँग हारपछि बाहिरियो नेपाल

पहिलो खेलमा भारत ‘ए’ सँग नेपाल २६ रनमै अलआउट भएको थियो । युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजी मैदानमा पाकिस्तान ‘ए’ विरुद्ध नेपालले पुनः त्यसैको झल्को दिएको थियो र टेस्ट खेल्ने राष्ट्रहरुको टोलीसँग कमजोर ब्याटिङ प्रदर्शन गरेको थियो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement