Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Others/नागरिकताको प्रतिलिपि लिन अब आफ्नो जिल्ला धाउनुनपर्ने, काठमाडौंबाटै लिन सकिने

नागरिकताको प्रतिलिपि लिन अब आफ्नो जिल्ला धाउनुनपर्ने, काठमाडौंबाटै लिन सकिने

10/28/2026, 2:26:18 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
नागरिकताको प्रतिलिपि लिन अब आफ्नो जिल्ला धाउनुनपर्ने, काठमाडौंबाटै लिन सकिने

नेपालका जुनसुकै जिल्लाका नागरिकले पनि अब उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुबाट नागरिकताको प्रतिलिपि प्राप्त गर्न सक्ने छन् । प्रदेशअनुसार तोकिएका जिल्ला प्रशासन कार्यालयबाट सेवा उपलब्ध गराउन लागिएको हो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंका सूचना अधिकारी खिमराज भुसालले नेपाल न्यूज बैंकसँगको कुराकानीमा आवश्यक उपकरणहरू आउने क्रम जारी रहेको बताउँदै अर्को सातादेखि सेवा सुरु गरिने जानकारी दिएका छन् । ‘पञ्जीकरण विभागबाट आवश्यक उपकरणहरू आउँदै छन्। केही समस्या भएका सेवाग्राहीको काम सुरु पनि गरिसकेका छौँ। अरू उपकरणहरू पनि आउने क्रममा छन्। अब हामी छिट्टै सुरु गरिहाल्छौँ । अर्को हप्तादेखि सुरु हुन्छ ।’ भुसालका अनुसार नागरिकताको प्रतिलिपि लिनका लागि नागरिकतासम्बन्धी विवरण केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक भएको हुनुपर्ने र राष्ट्रिय परिचयपत्र बनाएको हुनुपर्नेछ। सम्बन्धित प्रणालीमा रहेको विवरण रुजु गर्दा साविकको नागरिकतासँग हुबहु मिलेमा प्रतिलिपि जारी गरिने उनले बताए। ‘नागरिकतासम्बन्धी विवरण केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमा मा व्यक्तिको नागरिकतासम्बन्धी विवरण अनलाइनमा अनिवार्य अपडेट भएको हुनुपर्छ। अर्को राष्ट्रिय परिचयपत्र बनाएको हुनुपर्छ। त्यसलाई यहाँ भेरिफिकेसन गर्दा विवरण मिलेको हुनुपर्छ। मुख्य दुईवटा कुरा यही हो,’ उनले भने। तर, नागरिकताको अभिलेख नभिडिएको वा साविकको नागरिकतामा भएको विवरणभन्दा फरक नाम, थर, जन्ममिति वा अन्य विवरण सच्याएर प्रतिलिपि लिन चाहनेले भने नागरिकता लिएको सम्बन्धित जिल्लामै सम्पर्क गर्नुपर्नेछ। शंकास्पद देखिएका निवेदनको हकमा पनि सम्बन्धित जिल्लाबाटै प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था सूचनामा उल्लेख छ। ‘सामान्य कुराहरू त हुन्छन्, नत्र अन्य विवरण सच्याउने अधिकार सम्बन्धित जिल्लालाई मात्रै हुन्छ,’ भुसालले भने। नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८१ बमोजिम जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था गरिएको हो। नागरिकता आगलागी वा पानीका कारण नष्ट भएमा, च्यातिएमा, हराएमा, नयाँ ढाँचामा आवश्यक परेमा वा अन्य कारणले प्रतिलिपि लिनुपर्ने अवस्थामा रहेका नागरिकले यो सेवा लिन सक्नेछन्। काठमाडौं उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकलाई सहज सेवा उपलब्ध गराउन प्रदेशअनुसार तीन जिल्ला प्रशासन कार्यालयमा जिम्मेवारी बाँडिएको छ। जसअनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाका नागरिकले सेवा लिन सक्नेछन्। ललितपुरबाट कर्णाली र सुदूरपश्चिम प्रदेश तथा भक्तपुरबाट कोशी र मधेश प्रदेशका जिल्लाका नागरिकलाई सेवा उपलब्ध गराइनेछ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले नागरिकताको प्रतिलिपिसम्बन्धी प्रक्रिया र व्यवस्थाबारे सूचना जारी गरिसकेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

मुगुमा खानेपानी योजनाको डीपीआरमा अनियमितता, तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
OthersJust now

मुगुमा खानेपानी योजनाको डीपीआरमा अनियमितता, तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मुगुको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका खानेपानी योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणमा अनियमितता गरेको आरोपमा तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ मा १३ वटा खानेपानी योजनाको डीपीआर निर्माणका लागि खरिद कानुनविपरीत प्याकेज बनाइएको, नक्कली मूल्याङ्कन समिति र प्रतिवेदन तयार गरिएको तथा झुट्टा बिलका आधारमा भुक्तानी दिइएको ...

पर्दाफास
नेप्सेमा ३३.२९ अंकले बढ्यो, ७ अर्ब ४५ करोडको कारोबार
OthersJust now

नेप्सेमा ३३.२९ अंकले बढ्यो, ७ अर्ब ४५ करोडको कारोबार

नेप्सेमा आज वृद्धि भएको छ । आज बुधबार नेप्से ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा पुगेर रोकिएको छ । आज ३४८ कम्पनिका एक करोड ९३ लाख ९७ हजार ५४८ कित्ता शेयर ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार ३६८ मा कारोबार भएको थियो । आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी बेनी हाइड्रोको शेयरमा सकारात्मक सर्किट ...

पर्दाफास
स्पेनमा दुई वटा रेल ठोक्किए, दर्जनौंको मृत्यु
OthersJust now

स्पेनमा दुई वटा रेल ठोक्किए, दर्जनौंको मृत्यु

११ कात्तिक, काठमाडौं । स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै स्काइ न्युजले उक्त दुर्घटनामा कम्तीमा ३९ जनाले ज्यान गुमाएको जनाएको छ । यद्यपि उक्त संख्या स्वतन्त्र पुष्टि भने भएको छैन । दुर्घटनाबारे थप विवरण आउन बाँकी… ...

अनलाइन खबर
पहिलो त्रैमासमै खर्ब नाघ्यो निर्यात, चाडबाडले आयातमा उछाल
OthersJust now

पहिलो त्रैमासमै खर्ब नाघ्यो निर्यात, चाडबाडले आयातमा उछाल

चाडबाडका कारण आयातमा उस्तै उछाल कायम रह्यो । असोजमा मात्र कुल २ खर्ब ४५ अर्ब २६ करोड रुपैयाँ बराबर वस्तु आयात भएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play