नागढुंगा सुरुङमार्गमा कात्तिक १५ देखि सवारी शुल्क लाग्ने

काठमाडौं। नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन सुरु हुने भएको छ। सडक बोर्ड नेपालको कार्यकारी समितिको असोज १२ गतेको निर्णय र नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार यो शुल्क लागू गर्न लागिएको हो। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै शुल्कको दर सार्वजनिक गरेको छ। आयोजनाले सवारीसाधनलाई चार वर्गमा विभाजन गरी काठमाडौं प्रवेश र प्रस्थानका लागि फरक-फरक शुल्क निर्धारण गरेको छ। जसअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर र माइक्रो बसजस्ता हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र प्रस्थान गर्दा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ। मिनी बस र मिनी टिपर-ट्रकका लागि काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र प्रस्थान गर्दा ८० रुपैयाँ शुल्क तोकिएको छ। त्यस्तै, बस र सिंगल रियर एक्सल भएका ट्रकका लागि प्रवेश शुल्क २६० रुपैयाँ र प्रस्थान शुल्क २०० रुपैयाँ कायम गरिएको छ। सबैभन्दा बढी शुल्क मल्टी एक्सल ट्रक र भारी उपकरणका लागि तोकिएको छ। यस्ता सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र प्रस्थान गर्दा २५० रुपैयाँ शुल्क तिर्नुपर्ने आयोजनाले जनाएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

एनएमबि बैंक र भिजा बीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता
काठमाडौं । एनएमबि बैंक लिमिटेडले अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्न भिजासँग सम्झौता गरेको छ । बैंकले ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवा सञ्चालनका लागि भिजासँग सम्झौता गरेको हो । भिजाको यो प्रविधि विश्वका १९५ भन्दा बढी देश तथा क्षेत्रमा सञ्चालनमा रहेको बैंकले जनाएको छ । सम्झौतापछि एनएमबि बैंकका ग्राहकले विदेशमा रकम पठाउन थप सहज विकल्प प्राप्त गर्नेछन् । यो प्रविधिमार्फत ग्राहकले झन्झटविना ...

एनपीएल हेर्न कीर्तिपुर पुगेका क्रिकेट स्टार अख्तर भन्छन्: 'पाकिस्तानी बोर्डसँग कुरा राख्छु'
• शोएब अख्तरले नेपाल प्रिमियर लिगमा पाकिस्तानी खेलाडीको सहभागिता नहुने विषयमा पीसीबीसँग कुरा गर्ने बताएका छन्। • पाकिस्तान क्रिकेट बोर्डले विदेशी लिग खेल्नका लागि २५ हजार अमेरिकी डलर बुझाउनुपर्ने सर्त राखेकोले पाकिस्तानी खेलाडीहरू एनपीएलमा सहभागी हुन सकेका छैनन्। • अख्तरले नेपालमा क्रिकेटको मोह र पूर्वाधार क्षमताबारे पीसीबीलाई जानकारी गराउने र नेपाली क्रिकेटलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। ...

सालनालसहितको नवजात शिशु ट्वाइलेटमा फालेर फरार महिला पक्राउ
कास्की । पोखराको लेकसाइडमा सालनालसहितको नवजात शिशु फालेर फरार भएकी एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइडस्थित स्ट्रिट नम्बर ८ को भित्री गल्लीमा रहेको... ...

पाँच सय विद्यार्थीलाई छात्रवृत्ति
सोलुखुम्बु समाचारदाता सोलुखुम्बु, कात्तिक १० गते । हिमाली जिल्ला सोलुखुम्बुका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको छात्रवृत्ति वितरण कार्यक्रमबाट २३ वटा साम... ...


