Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

नवौं नेपाल-भारत प्रबुद्ध समूहको बैठकका निर्णयको हलो सन् १९५० को सन्धिमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
नवौं नेपाल-भारत प्रबुद्ध समूहको बैठकका निर्णयको हलो सन् १९५० को सन्धिमा
Photo / Coverage: हिमालय टाइम्स

नेपाल-भारत प्रबुद्ध समूह (इपिजी)को प्रतिवेदन तयारीमा वर्षौं बित्दा पनि दुबै देशले बुझ्न नमान्दा सम्बन्धित सरोकारबाट जनतासामु प्रस्तुत गर्न तयारी गरिँदैछ भनिएको थियो । दुबै देशका प्रधानमन्त्रीलाई हस्तान्तरण अझ नभइसकेको हुँदा जनतामाझ ल्याउने तयारी गरिने भनिएपछि अझ यो जनतामाझ आउनसकेको छैन । यो प्रतिवेदन यसरी रहिरहनु उफयुत नहुने भएकाले जनसमक्ष आउनुपर्दछ । यसको गठन हुनुको उद्देश्यमा दुबै देशबीच विविध विषयमा छलफल गरेर सम्बोधनका लागि सुझाव दिन कठित समूहको बैठक पहिलो रूपमा २०७२ असारमा काठमाडौंमा बसी अरू नौ बैठकहरू चार वर्षअघि सम्पन्न भएका थिए । २०७५ असार १५ र १६ मा काठमाडौंमा भएको नवौं बैठकले इपिजी प्रतिवेदन सुरुमा भारतीय प्रधानमन्त्रीलाई पेश गर्ने र त्यसपछि नेपालको प्रधामन्त्रीलाई पेश गरिने भनिएको थियो । सन् १९५० को शान्ति तथा मैत्रीसन्धि एवं दुई देशबीच भएका सम्झौताहरूका पुनरावलोकनका लागि प्रतिवेदन तयार पार्न बनेको नेपाल-भारत प्रबुद्ध समूहको चौथो बैठक भारतको देहरादूनमा २०७४ जेठ १५ मा दुई दिनमा सम्पन्न भएको थियो । चौथो बैठकसम्म आउँदा नेपाल सकारात्मक रूपमा अघि बढेको भनी नेपाली पक्षले भनेका थिए । यो प्रतिवेदन तयार भएपछि नेपाल र भारतका प्रधानमन्त्री एकआपसमा पटकपटक भेट गरिसकेका छन् तर यस प्रतिवेदनबारे उनीहरू चुइक्क पनि बोल्दैनन् । यस्ता उच्च तहका नेता तथा पदाधिकारी भेट भएका बेला प्रतिवेदन बुझ्ने बुझाउने कुरा पनि गर्दैनन् । विशेषतः सन् १९५० को नेपाल र भारतबीचको मैत्रीसन्धिको विषयमा नेपालको राजनीतिक नेतृत्वसँग छलफल गरेर नेपाली पक्षले आफूले संशोधन गर्न चाहेका विषय अघिल्ला बैठकमा पनि राख्दै आएको थियो तर भारतले जस्टिफिकेसन माग गर्दै आएको अवस्था छ तर नेपालले सन्धिका केही प्रावधान भियना सम्झौतापछि औचित्वहीन भएकाले र सुरक्षा तथा परराष्ट्र नीतिसम्बन्धी केही विषयमा बदलिँदो परिस्थितिनुरूप परिमार्जन गर्न प्रस्ताव गर्दै आएको छ । प्रबुद्ध समूह गठन भएको म्याद गइसकेको छ । भारतमा बसेको आठौं बैठकले समूहका कार्य ठोस रूपमा अगाडि बढाएको थियो । अन्तिम बैठकपछि इपिजीका निर्णय प्रतिवेदन बुझ्ने–बुझाउने काम अगाडि बढ्न नसकेको अवस्था छ । भारतलाई यसमा भएका बुँदाहरूमा चित्त नबुझेजस्तो छ । भारतलाई नेपाल-भारतबीचको मैत्रीसन्धिका बुँदाहरू परिवर्तन गर्न मेरो विचारमा नमानेको जस्तो देखिन्छ । यस इपिजीमा के यस्तो अवस्था आयो यो बढ्न सकिरहेको छैन । छैटौं नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह अर्थात् इपिजीको नयाँदिल्लीमा बैठक भएको थियो । नेपाल-भारतबीच रहेका सबैखाले सन्धि र सम्झौता पुनरावलोकनका लागि सुझाव दिन यस्तो समूहको नौवटा बैठक बसेको थियो । सन् १९५० को शान्ति तथा मैत्रीसन्धिका कतिपय प्रावधान लागू भएका छैनन् । कतिपय काम नलाग्ने छन् भने कतिपय प्राबधानलाई पछिल्लो अन्तर्राष्ट्रिय सन्धि एवं सम्झौताका आधारमा परिमार्जन गर्न आवश्यक छ । पाँचौ बैठक सकिँदा पनि खासै प्रगति नभएको भनी यसको आलोचना भएको थियो तर नेपाल-भारतको सम्बन्धलाई अब कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा प्रतिवेदन तयार पार्न प्रबुद्ध समूहलाई दुई वर्षको म्यान्डेट दिइएको थियो । दुई वर्षे कार्यअवधि तोकिएको समूहको बैठक हरेक तनि-तीन महिनामा एक अर्को देशमा बस्ने भनिए पनि पहिलो बैठक २०७३ असारमा काठमाडौंमा र दोस्रो बैठक दिल्लीमा सम्पन्न भएको थियो । सन् १९५० को शान्ति तथा मैत्रीसन्धि एवं दुई देशबीच भएका सम्झौताहरूका पुनरावलोकनका लागि प्रतिवेदन तयार पार्न बनेको नेपाल-भारत प्रबुद्ध समूहको चौथो बैठक भारतको देहरादूनमा २०७४ जेठ १५ मा दुई दिनमा सम्पन्न भएको थियो । चौथो बैठकसम्म आउँदा नेपाल सकारात्मक रूपमा अघि बढेको भनी नेपाली पक्षले भनेका थिए । भारतले चौथो बैठकमा आएर आफ्नो तर्फबाट सन्धिको विषयमा धारणा राखेको थियो । यस बैठकमा पनि पहिलेझैँ विषयमा मुद्दा उठान गर्दै आएको देखिन्छ तर भारतले आतंकवाद, उग्रवाद र अवैध मुद्रा, लागू पदार्थ ओसारपसारलगायत तस्करी नियन्त्रणमा दुबै पक्षलाई हित हुनेगरी सीमा नियमनमा यसपटक बढी नै जोड दिएको थियो । साथै नेपाल-भारतबीच रहेका साना र ठूला विभिन्न सत्तरी चेक नाका वा प्वाइन्ट नियमन गर्नुपर्ने भारतीय पक्षले जोड दिएको थियो । साथै नेपालको तर्फबाट डुबानको समस्या पनि उठाइएको थियो । नेपाल-भारत प्रबुद्ध समूहको तेस्रो बैठक २०७३ चैत ५ र ६ मा काठमाडौंमा भएको थियो । तर, समूहको दिल्लीमा बसेको दोस्रो बैठकमा सन्धिलाई पुनरावलोकन गर्ने सहमति जुटेको थियो । उक्त सन्धिमा असमान स्तरमा सही भएको थियो । साथै नेपाल पक्षबाट नियाल्दा केही हानीकारक प्रावधान छन् । नेपाल-भारत प्रबुद्ध समूहको काठमाडौंमा पहिलो बैठकमा अर्को बैठकको लागि नेपालका तर्फबाट सन् १९५० को सन्धिलगायत विवादास्पद मुद्दा र अरू विषयबारे एजेण्डा तय गरिएको थियो । भारतका तर्फबाट उक्त सन्धि नेपालकै पक्षमा रहेको तर पनि नेपालले पुनरावलोकन गर्न चाहेको भए भारतलाई आपत्ति नभएको भनी भारततर्फबाट बताइँदै आएको थियो तर नेपालको तर्फबाट यो सन्धि यस अवस्थामा छ जब सन् १९५० को सन्धिमा उल्लेख गरिएका प्राबधानमध्ये नेपालले तेस्रो देशबाट सैन्यसामग्री आयात गर्दा भारतीय पक्षको अनुमति लिनुपर्ने देखिन्छ । भारतीय बुद्धिजीवीहरूले नेपालले २०४५ सालमै भारतलाई थाहा नदिई हतियार किनेर सन्धिको उल्लंघन गरेको बताएका थिए । सोही कारण भारतले नाकाबन्दीसमेत लगाएको थियो । सन् २०१६ को जुलाईमा पहिलो बैठक बसेको समूहको कार्यकाल दुई वर्ष तोकिएको थियो । यसरी हरेक पटक उही विषय दोहोरिएर नवौं बैठकसम्म सम्पन्न हुँदा पनि सन् १९५० का सन्धि र दुबै पक्षबाट उठान भएका विषय टुंगो नलगाई समूहको अन्तिम बैठक पनि सम्पन्न हुने हो कि ? नेपाल-भारत प्रबुद्ध समूह (इपिजी)को प्रतिवेदन तयारीमा रहेको पाँचभन्दा बढी वर्ष गुजार्दा पनि दुबै देशले बुझ्न नमान्दा सम्बन्धित सरोकारबाट जनतासामु पस्कन तयारी गरिँदैछ भनिएको थियो । दुबै देशका प्रधानमन्त्रीलाई अझसम्म पनि हस्तान्तरण भइनसकेको हुँदा जनतामाझ ल्याउने तयारी गरिने भनिएपछि अझ यो जनतामाझ आउन सकेको छैन । यो प्रतिवेदन अनन्तः रहरिहनु उपयुक्त नहुने भएकाले जनसमक्ष आउनुपर्दछ । यसको गठन हुनुको उद्देश्यमा दुबै देशबीच विविध विषयमा छलफल गरेर सम्बोधनका लागि सुझाव दिन कठित समूहको बैठक पहिलो रूपमा २०७२ असारमा काठमाडौंमा बसी अरू नौ बैठकहरू चार वर्षअघि सम्पन्न भएको थियो । २०७५ असार १५ र १६ मा काठमाडौंमा भएको नवौं बैठकले इपिजी प्रतिवेदन सुरुमा भारतीय प्रधानमन्त्रीलाई पेश गर्ने र त्यसपछि नेपालको प्रधामन्त्रीलाई पेश गरिने भनिएको थियो । यो प्रतिवेदन तयारी भएपछि नेपाल र भारतका प्रधानमन्त्री एकआपसमा पटकपटक भेट गरिसकेका छन् । २०७९ चैतमा दिल्लीमा देउवाको भारतका प्रधानमन्त्रीसँगको भेट र भारतीय प्रधानमन्त्रीको लुम्बिनी यात्राको दौरानमा भएको भेटमा इपिजीका बारे केही कुरा उठेको देुखिएन । साथै भारतका प्रधानमन्त्रीलाई उच्चस्तरको भेटमा इपिजीको बारे कुरा गर्न समय जुर्ने सम्भावना देखिँदैन । तर, इपिजीलाई लिएर भारतीय विदेश सचिवले पत्रकार सामुन्ने भारतीय प्रधामन्त्री लुम्बिनी भ्रमणका अवसरमा थिए । इपिजी स्वतन्त्र विज्ञ व्यक्तिहरूको समूह हो । यो पेश गरेपछि समीक्षा गरिन्छ । इपिजी प्रतिवेदन दुबै देशका स्वतन्त्र समूहले तयार गरेको टिप्पणी हो । टिप्पणीमा उल्लेख गरेको दुबै देशका कूटनीतिकले बुझ्ने उल्लेख छ । प्रतिवेदन बुझ्ने बारेमा भारतीय पक्षबाट भएका बेवास्तसहित दुबै देशबाट भएका मौनता र भारतीय पदाधिकारीका भनाइ अवलोकन गर्दा यो प्रतिवेदन दुबै सरकार माझ पुर्‍याउन कठिन रहेको बताइन्छ । यो प्रतिवेदन दुबै देशमाझ उच्च सम्बन्ध पुर्‍याउन बनाइएकोमा यसप्रति वास्ता नगरिनु दुःखद् विषय बन्न गएको छ । यस्तो अवस्थामा यो प्रतिवेदन दुबै देशलाई बुझाउन नसके यो जनसमक्ष ल्याउन उचित हुने कुरा व्यक्त गरिँदै आएको छ । यो प्रतिवेदन दुबै देशका माथिल्लो स्तरबाट तयार गरिएको हो । आफैंले बनाएको प्रतिवेदन आफैंले बुझ्नुपर्ने बताइको छ । प्रतिवेदन भारतले किन नबुझेको हो सोध्नुपर्ने देखिन्छ । प्रतिवेदन बनेको चार वर्षभन्दा बढी जाँदा पनि प्रक्रियासम्मत नगएकाले बाह्य विश्वमा नकारात्मक सोचाइ रहन सक्दछ । सन् १९४७ मा भारत स्वतन्त्र भएपछि नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । दुबै देशबीच १९५० जुलाईमा शान्ति तथा मैत्रीसन्धि भयो । सन्धि असमान स्तरमा थियो भनेर सुरुदेखि नै नेपालमा आवाज उठ्दै आएको थियो । सन्धिका विषयमा पहिलो पटक सन् १९९५ मा नेपालका प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा आवाज उठाउँदै पुनरावलोकन प्रस्ताव राखेका थिए । त्यसको निरन्तरतास्वरूप सन् १९९७ मा नेपालका अर्का प्रधानमन्त्रीबाट भारतसामु नयाँ सन्धिका ढाँचा दिल्लीमा पेश गरिएको थियो तर भारतले त्यस सन्धिलाई गैरपेपरका रूपमा परिणत गरिदियो । उक्त कुरा कूटनीतिक क्षेत्रमा मात्र सीमित रहन पुग्यो । त्यसपछि नेपालमा गणतन्त्र स्थापन हुनुअघिसम्म उक्त सन्धिलाई चर्चाको विषय ठानिएन । गणतन्त्र स्थापनापछि भारत भ्रमण गर्ने नेपालका प्रधानमन्त्रीहरूले यस विषयमा धेरथोर आवाज उठाए पनि त्यो काम नलाग्ने मानिँदै आयो । २०६८ साल कात्तिकमा भारत भ्रमणमा रहेका नेपालका प्रधामन्त्री र समकक्षी भारतीय प्रधानमन्त्रीले संयुक्त विज्ञप्ति त्यसबेला जारी गरे । उक्त विज्ञप्तिमा सन् १९५० को सन्धि आदिका विषयमा चर्चा गर्न प्रबुद्ध व्यक्तिहरूको समूहका रूपमा नेपाल र भारततर्फबाट गठन गर्न सैद्धान्तिक सहमति भएकोले उल्लेखनीय रहँदै आयो तर त्यसको तीन वर्ष इपिजी गठन नभएर थन्किएर बस्यो । २०७१ साउनमा पनि नेपालका अर्का प्रधानमन्त्री भारतको भ्रमणमा रहेका बेला इपिजी विषयमा चर्चा र छलफल भएको देखिन्छ । उक्त बेला संयुक्त विज्ञप्ति जारी गरी स्वतन्त्र र गैरसरकारी संयन्त्रका रूपमा प्रबुद्ध समूह गठन गरी दुबै सरकार सहमत भएको अवस्थामा सहमतिमा बुँदा थपियो । त्यसको एक वर्षपछि त्यसताका प्रधानमन्त्रीले २०७२ माघ १३ गते नेपालको मन्त्रिपरिषद्को बैठकबाट नेपालतर्फको प्रबुद्ध समूहको नाम निर्णय गरेको थियो । उक्त समूहले अनौपचारिक रूपमा २०७२ चैतमा आफ्नो काम सुरु गरको देखिन्छ । समूहको समयावधि भने पहिलो संयुक्त बैठक बसेको मितिबाट गणना हुने प्राबधान रहेको थियो । भारत सरकारले पनि भारतीय प्रबुद्ध समूह गठन गरी सदस्यहरूको नाम प्रकाशमा ल्याएको थियो । कार्य निर्देशनका शर्तअनुसार इपिजीको बैठक तीन महिनामा पालोपालो नेपाल र भारतमा हुने विश्वास गरियो । दुबै सरकारको सहमतिमा गठित इपिजीको कार्यनिर्देश शर्त पाँचवटा थिए । दुबै देशबीच विगतमा भएका दुई पक्षीय सन्धि, सम्झौता सहमतिहरूलाई पुनरावलोकन गर्ने र २१औं शताब्दीका आवश्यकता अनुसार परिवर्तनसहितको सुझाव दुबै सरकारलाई दिने पहिलो शर्त रहेको थियो । यस्तै पारस्परिक विश्वास, सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक सम्बन्धको जग निर्माण गर्दै दुबै देशका सम्बन्धलाई सबल बनाउने उपायका सिफारिश पेश गर्ने अर्को शर्त राखियो । शताब्दी अनुरूप दुबै पक्षीय सम्बन्धलाई दिगो बनाउन संस्थागत ढाँचाको सिफारिस गर्ने तेस्रो शर्त थियो । चौथो शर्तमा पारस्परिक शान्ति, समुद्धि, सद्भाव अभिवृद्धिका लागि सीमापार अपराध नियन्त्रणका उपाय सिफरिस गर्ने र पाँचौं शर्तमा दुबै देशको मित्रतालाई प्रभाव र प्रगाढ बनाउन र हरपक्ष प्रबर्द्धन गर्न आवश्यक क्षेत्रको चिनारी गरी दुबै सरकारलाई सुझाव दिने उल्लेख थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
साझा आर्थिक समृद्धिको यात्रामा सहभागी हुन भारतीय लगानीकर्तालाई महासंघका अध्यक्ष श्रेष्ठको आह्वान
Latest NewsJust now

साझा आर्थिक समृद्धिको यात्रामा सहभागी हुन भारतीय लगानीकर्तालाई महासंघका अध्यक्ष श्रेष्ठको आह्वान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल लगानीका लागि खुला रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी, संयुक्त उद्यम तथा व्यावसायिक सहकार्यका अवसर उपयोग गरी साझा आर्थिक समृद्धिको यात्रामा सहभागी हुन आह्वान गर्नुभएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको विदेश भ्रमणका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघ (सीआईआई) को संयुक्त आयोजनामा नयाँ दिल्लीमा ...

कर्पोरट खबर
गौरिया धान खेती र चामल बिक्रीबाट वार्षिक चार लाख आम्दानी गर्दै चक्रपाणि
Latest NewsJust now

गौरिया धान खेती र चामल बिक्रीबाट वार्षिक चार लाख आम्दानी गर्दै चक्रपाणि

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–५ पीपलबोटका ६१ वर्षीय चक्रपाणि भण्डारीले गौरिया धान खेती र चामलको व्यापारबाट वार्षिक चार लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । पुख्र्यौली खेतीकिसानीलाई निरन्तरता दिएका भण्डारीले यस वर्ष ७० मुरी धान उत्पादन गरेका छन् । भण्डारी परिवार पीपलबोट क्षेत्रमा सबैभन्दा धेरै धान उत्पादन गर्ने किसानका रूपमा परिचित छ । उनले बाउबाजेको पालादेखि २३ रोपनी जग्गामा गौरिया ...

केन्द्रबिन्दु
नेपालका उद्योगको संरक्षणमा भारतको प्रोत्साहन आवश्यक छ: अध्यक्ष श्रेष्ठ
Latest NewsJust now

नेपालका उद्योगको संरक्षणमा भारतको प्रोत्साहन आवश्यक छ: अध्यक्ष श्रेष्ठ

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले नेपाल र भारतबीचको आर्थिक साझेदारीलाई थप बलियो बनाउनुपर्नेमा जोड दिएका छन्। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा आयोजित बिजनेस राउन्ड टेबलमा उनले दुई देशबीचको सम्बन्ध भूगोल र इतिहासले जोडेको उल्लेख गर्दै अब समृद्धिका लागि साझेदारी आवश्यक रहेको बताएका हुन्। अध्यक्ष श्रेष्ठले नेपाल-भारत आर्थिक सहकार्यका लागि व्यापार, पारवहन, सम्पर्क सञ्जाल, पूर्वाधार, ऊर्जा, लगानी र ...

नेपालन्युज
कोरोनापछि थलिएको निगाले सिमेन्ट उद्योग अझै सञ्चालनमा आउन सकेन
Latest NewsJust now

कोरोनापछि थलिएको निगाले सिमेन्ट उद्योग अझै सञ्चालनमा आउन सकेन

धनकुटा । आर्थिक संकट, कच्चा पदार्थको अभाव र उत्पादन लागत बढ्दै गएपछि बन्द भएको धनकुटाको एकमात्र ठूलो सिमेन्ट उद्योग ‘निगाले सिमेन्ट’ लामो समय बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । कोरोना महामारीसँगै बन्द भएको उद्योग पुनः सञ्चालन हुने सम्भावना न्यून देखिएपछि त्यहाँ कार्यरत १५० भन्दा बढी कर्मचारी तथा मजदुर बेरोजगार बनेका छन् । उद्योग बन्द हुँदा कोशी प्रदेशका पहाडी जिल्लामा सिमेन्ट ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement