Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Others/नवरात्रको अन्तिम दिन आज महानवमी मनाइँदै

नवरात्रको अन्तिम दिन आज महानवमी मनाइँदै

10/20/2026, 7:11:33 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
नवरात्रको अन्तिम दिन आज महानवमी मनाइँदै

प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ। महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ। दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजाआराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ। पशुबलि नदिने र शाकाहारीले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन्। अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ। मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ। कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ। नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्छ। आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजाकोठा वा दसैँ घरमा आज नवदुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजाआराधना गरिन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

दशैं मनाउन साढे ५ लाख बढीले छोडे काठमाडौं उपत्यका
OthersJust now

दशैं मनाउन साढे ५ लाख बढीले छोडे काठमाडौं उपत्यका

बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८ जनाले काठमाडौँ उपत्यका छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत पाँच लाख ७६ हजार ५७८ जना उपत्यकाबाट बाहिरिएका हुन् । अहिले दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौँ ...

पर्दाफास
चितवनमा हात्ती सफारीको रोमाञ्च (तस्वीरहरु)
OthersJust now

चितवनमा हात्ती सफारीको रोमाञ्च (तस्वीरहरु)

चितवनको पर्यटनमा हात्ती सफारी पनि परिचित आकर्षण हो । पर्यटन गतिविधि विस्तार हुँदै गर्दा हात्तीको उचित हेरचाह, पशुकल्याण र वन्यजन्तुमैत्री पर्यटनको अभ्यासलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने आवश्यकता छ । ...

अनलाइन खबर
‘आइएमई ग्रुपले अन्तर्राष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’ : अध्यक्ष ढकाल
OthersJust now

‘आइएमई ग्रुपले अन्तर्राष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’ : अध्यक्ष ढकाल

आइएमई ग्रुपले आफ्नै होटल ब्रान्ड ‘इला’मार्फत नेपालको पर्यटन प्रवर्द्धन तथा पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । अन्तर्राष्ट्रिय ब्राण्डमा नेपालमा चलेका अन्य होटलको आधा शुल्कमा सोहीस्तरको सेवा दिएको होटल सञ्चालन गर्दै आएको आइएमई हस्पिटालिटीले जनाएको छ । हस्पिटालिटीले नवलपुरको गैँडाकोटमा ६५ कोठाको इला रिसोर्ट, हर्कपुरमा ३५ कोठाको इला कम्फर्ट, बागलुङ बजारमा ३० कोठाको इला कम्फर्ट सञ्चालन गरिरहेको छ । कैलालीमा सुरुमा ...

पर्दाफास
गायिका मीरा राणाको दशैं : स्मृतिमा श्रीमान्, अनवरत संगीत साधना
OthersJust now

गायिका मीरा राणाको दशैं : स्मृतिमा श्रीमान्, अनवरत संगीत साधना

छ दशकदेखि नेपाली सङ्गीतमा समर्पित गायिका मीरा राणाका लागि यसपालिको दशैं विगतभन्दा फरक छ। बाल्यकालका चञ्चल सम्झना, गुरु गोपाल योञ्जनको आशीर्वाद र ५७ वर्षको जीवनसाथीको अभावबीच पनि उनको जीवनरागमा साधनाको उज्यालो निभेको छैन। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play