Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

नयाँ ऊर्जा मिश्रणको ढाँचा बनाउँदै सरकार- १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
नयाँ ऊर्जा मिश्रणको ढाँचा बनाउँदै सरकार- १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रण नीति तयार गर्ने प्रक्रिया अघि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलविद्युत्, सौर्य, वायु तथा अन्य ऊर्जा स्रोतको हिस्सा निर्धारण गर्ने गरी नयाँ ढाँचा बनाउन लागेको हो । नयाँ ऊर्जा मिश्रण तयार भएपछि लामो समयदेखि रोकिएको विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रिया पुनः खुल्ने अपेक्षा गरिएको छ । हाल नदी प्रवाही र अर्धजलाशययुक्त आयोजनाको पीपीए प्रक्रिया प्रभावित छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार हालसम्म ४०४ नदी प्रवाही आयोजनासँग ६ हजार ७१३ मेगावाट र ५१ अर्धजलाशययुक्त आयोजनासँग ४ हजार १८६ मेगावाट विद्युत् खरिद सम्झौता भइसकेको छ । तर थप २८१ आयोजना गरी कुल १६ हजार ४२५ मेगावाट क्षमताका आयोजना पीपीएको प्रतीक्षामा छन् । हाल नेपालको कुल विद्युत् उत्पादन क्षमता करिब ४ हजार २०० मेगावाट छ । उत्पादनको ठूलो हिस्सा नदी प्रवाही आयोजनाबाट हुने भएकाले वर्षायाममा बढी र हिउँदमा कम विद्युत् उत्पादन हुने समस्या छ । नयाँ नीतिमा जलाशययुक्त, पम्प स्टोरेज, सौर्य र वायु ऊर्जालाई समेत प्राथमिकता दिँदै उत्पादनको स्रोत विविधीकरण गर्ने तयारी छ । नयाँ ऊर्जा मिश्रणले पीपीए प्रक्रिया खुलाउनुका साथै रोकिएका आयोजनामा लगानी र निर्माण अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै विद्युत् आपूर्तिमा मौसमी सन्तुलन कायम गर्न, आन्तरिक खपत बढाउन र भारत तथा बंगलादेशमा विद्युत् निर्यात विस्तार गर्न पनि यसले आधार तयार गर्ने अपेक्षा गरिएको छ । The post नयाँ ऊर्जा मिश्रणको ढाँचा बनाउँदै सरकार- १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
रासायनिक हतियार विकास गरिरहेको आरोपमा इरानले दियो कडा जवाफ
Latest NewsJust now

रासायनिक हतियार विकास गरिरहेको आरोपमा इरानले दियो कडा जवाफ

इजरायलले रासायनिक हतियार विकास गरिरहेको आरोप लगाएपछि इरानले कडा जवाफ दिएको छ।  इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले इरानले रासायनिक हतियार विकास गरिरहेको र लुकाएको भन्ने आरोप निराधार रहेको र यस्तो कुरा तनाव बढाउने उद्देश्यले गरिएको बताएका हुन्।  यसअघि इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानले रासायनिक हतियार विकास गरिरहे... ...

नेपालखबर
मन्त्री चौधरी मासु भण्डारण केन्द्रको अनुगमनमा
Latest NewsJust now

मन्त्री चौधरी मासु भण्डारण केन्द्रको अनुगमनमा

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बालाजु र सीतापाइलास्थित मासु भण्डारण केन्द्रको अनुगमन गरेकी छन् । पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयनको अवस्था अनुगमन गर्न मन्त्री... ...

रातोपाटी
नेपाल–फिनल्यान्ड चेम्बरको अध्यक्षमा प्रज्वलजंग पाण्डे निर्वाचित, व्यापार तथा लगानी साझेदारी विस्तारमा जोड
Latest NewsJust now

नेपाल–फिनल्यान्ड चेम्बरको अध्यक्षमा प्रज्वलजंग पाण्डे निर्वाचित, व्यापार तथा लगानी साझेदारी विस्तारमा जोड

काठमाडौँ। नेपाल-फिनल्यान्ड चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको अध्यक्षमा प्रज्वलजंग पाण्डे निर्वाचित भएका छन्। बुधबार काठमाडौंमा सम्पन्न चेम्बरको चौथो वार्षिक साधारणसभाले पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। नयाँ कार्यसमितिमा राजेशकाजी श्रेष्ठलाई मानार्थ सदस्य तथा मुकुन्दप्रसाद तिमिल्सिनालाई निवर्तमान अध्यक्षको जिम्मेवारी दिइएको छ। वरिष्ठ उपाध्यक्षमा विश्वेश श्रेष्ठ चयन भएका छन् भने उपाध्यक्षमा सुजीत शाक्य र शक्तिकुमार बेगानी निर्वाचित भएका छन्। त्यस्तै, महासचिवमा सीताराम थापा, ...

टक्सार
हिजो तोलामा ६५ सय घटेको सुनको भाउ आज फेरि बढ्यो
Latest NewsJust now

हिजो तोलामा ६५ सय घटेको सुनको भाउ आज फेरि बढ्यो

हिजो (बुधबार) तोलामा ६५ सय घटेको सुनको भाउ आज फेरि बढेको छ।  सुनको भाउ आज तोलामा १ हजार ४ सय रुपैयाँ बढेर २ लाख ४२ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  सुनको भाउ हिजो तोलामा ६ हजार ५ सय रुपैयाँ घटेर २ लाख ४१ हजार ४ सयमा झरेको थियो। गएको सोमबार र मंगलबार दुई दिनमा सुनको भाउ ५ हजार ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement