Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/नटिङ्घम फरेस्टमाथि आर्सनलको कठिन जित

नटिङ्घम फरेस्टमाथि आर्सनलको कठिन जित

Share:WhatsAppFacebookX (Twitter)Telegram
नटिङ्घम फरेस्टमाथि आर्सनलको कठिन जित

काठमाडौं । इङ्लिस प्रिमियर लिगअन्तर्गत आर्सनलले नटिङ्घम फरेस्टलाई १–० गोलले पराजित गरेको छ । आइतबार राति भएको खेलमा नोनी मादुएकेले खेल सकिन १० मिनेट बाँकी छँदा गरेको गोल निर्णायक बनेको थियो । नटिङ्घमस्थित सिटी ग्राउन्डमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । आर्सनलले बलमा बढी नियन्त्रण राखे पनि पहिलो हाफमा गोल गर्न सकेन । घरेलु टोली फरेस्टले पनि केही अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन । दोस्रो हाफमा आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले मादुएकेलाई मैदानमा उतारेका थिए। उनले खेलको ८०औँ मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए । उनको प्रहार फरेस्टका खेलाडी जाइर कुन्हालाई लागेर गोलमा परिणत भएको थियो । खेलको अन्तिम समयमा फरेस्टले बराबरी गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन । आर्सनलले एक गोलको अग्रता जोगाउँदै महत्त्वपूर्ण तीन अङ्क हासिल गर्‍यो । यस जितसँगै आर्सनलले सात खेलबाट १८ अङ्क जोडेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । टोली अङ्कतालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा तीन अङ्कले पछाडि छ । पराजित नटिङ्घम फरेस्ट भने रेलिगेसन क्षेत्रमा पुगेको छ । नटिङ्घमको ७ खेलमा ५ अंक रहेको छ । The post नटिङ्घम फरेस्टमाथि आर्सनलको कठिन जित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

आनी छोइङको नियुक्तिविरुद्ध नागरिक अभियान, छानबिन नसकिँदै पद दिएकोमा प्रश्न
ताजा खबरJust now

आनी छोइङको नियुक्तिविरुद्ध नागरिक अभियान, छानबिन नसकिँदै पद दिएकोमा प्रश्न

काठमाडौं । ग्यालिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयमाथि राष्ट्रिय जेनजी–नागरिक अभियानले प्रश्न उठाएको छ । अभियानले उनीमाथि नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका विषय विचाराधीन रहेको दाबी गर्दै नियुक्ति तत्काल खारेज गर्न माग गरेको छ । प्रवक्ता अजय सोडारीद्वारा जारी विज्ञप्तिमा नागरिकतासम्बन्धी विवाद र सम्पत्ति शुद्धीकरण अनुसन्धानको अवस्था स्पष्ट नभएको भन्दै यस्तो अवस्थामा संवेदनशील निकायको नेतृत्व ...

टक्सार
भारत छाड्न दिइएको नोटिसविरुद्ध अभिनेता इमरान खान उच्च अदालतमा
ताजा खबरJust now

भारत छाड्न दिइएको नोटिसविरुद्ध अभिनेता इमरान खान उच्च अदालतमा

काठमाडौं । अभिनेता आमिर खानका भाञ्जा इमरान खानले भारत छाड्न दिइएको नोटिसविरुद्ध बम्बई उच्च अदालतमा निवेदन दिएका छन्। उनले उक्त नोटिस मनोमानी, गैरकानुनी र असंवैधानिक भएको दाबी गरेका छन् । भारतको विदेशी नागरिक दर्ता कार्यालयले इमरानलाई दोस्रो नोटिस पठाउँदै उनको भारतीय मूलका विदेशी नागरिक परिचयपत्र किन रद्द नगर्ने भन्दै १५ दिनभित्र जवाफ दिन भनेको छ । यसअघि उनलाई अक्टोबर २८ अघि ...

कर्पोरट खबर
कालीमाटी बजारमा आज कुन तरकारीको मूल्य कति ?
ताजा खबरJust now

कालीमाटी बजारमा आज कुन तरकारीको मूल्य कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज गोलभेडा सानो (टनेल) प्रतिकिलो अधिकतम १२० रुपैयाँसम्म पुगेको छ... ...

रातोपाटी
पुटिनद्वारा ट्रम्प र सीसँग त्रिपक्षीय वार्ताको प्रस्ताव
ताजा खबरJust now

पुटिनद्वारा ट्रम्प र सीसँग त्रिपक्षीय वार्ताको प्रस्ताव

रुस । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल गर्न आगामी महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग त्रिपक्षीय शिखर सम्मेलन गर्ने प्रस्ताव गरेका छन्... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play