Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

नगद अभाव र उच्च ऋणको भारमा सिजी ब्रुअरी

Share:WhatsAppFacebookX (Twitter)Telegram
नगद अभाव र उच्च ऋणको भारमा सिजी ब्रुअरी
Photo / Coverage: टक्सार

काठमाडौँ । चौधरी ग्रुपअन्तर्गतको सिजी ब्रुअरी नेपाल लिमिटेड गम्भीर नगद अभाव (तरलता चाप) र उच्च ऋणको भारमा देखिएको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कम्पनीले बैंकबाट पाउने अल्पकालीन कर्जा सीमा शतप्रतिशत उपयोग गरिसकेको र कुल आम्दानीको ठुलो हिस्सा चालु पुँजीमै अड्किएको पाइएको हो । इक्रा नेपालले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०८२/८३ को अन्त्य (जुलाइ मध्य, २०२६) सम्ममा कम्पनीले बैंकबाट पाउने चालु पुँजी कर्जाको सीमा (१०० प्रतिशत नै उपयोग गरिसकेको थियो । बैंकबाट तत्काल थप रकम तान्ने ठाउँ शून्यमा झरेकाले कम्पनीमा नगद तथा तरलता सङ्कटको जोखिम उच्च रहेको प्रतिवेदनमा औँल्याइएको छ । यद्यपि, अगस्ट मध्यमा यो सीमामा केही सुधार आई करिब ३६ करोड रुपैयाँ (२८ प्रतिशत) बराबरको स्पेस फर्किए पनि तरलताको चाप कायमै रहने र यसको दिगोपनमा शङ्का रहेको इक्रा नेपालले जनाएको छ । कम्पनीको कुल वार्षिक सञ्चालन आम्दानी (३ अर्ब ३० करोड ८० लाख रुपैयाँ) को करिब ३८ प्रतिशत हिस्सा चालु पुँजीमै अड्किएको छ । आर्थिक वर्ष २०८०÷८१ मा यस्तो हिस्सा ५२ प्रतिशतसम्म पुगेको थियो । बजारमा उधारो उठ्न बाँकी तथा वर्षको अन्त्यमा सप्लायर्सबाट पाउने सुविधा घटेका कारण दैनिक व्यवसाय सञ्चालन गर्न बैंक ऋणमै अत्यधिक निर्भर हुनुपरेको प्रतिवेदनमा उल्लेख छ । थपिँदै ऋणको भार, विगतको लयमा फर्कन कठिनतरलता सङ्कटसँगै कम्पनीमा ऋणको भार पनि उच्च देखिएको छ । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा पुँजीगत खर्चको पुनर्कर्जा (पुरानो खर्च मिलाउन लिएको नयाँ ऋण)का लागि थप ३० करोड रुपैयाँ ऋण लिएपछि कम्पनीको कुल ऋण र सञ्चालन नाफाको अनुपात ५.८ गुणा पुगेको छ । त्यस्तै, कम्पनीको कुल ऋण र खुद पुँजीको अनुपात पनि अघिल्लो वर्षको १.८ गुणाबाट बढेर २.२ गुणा पुगेको छ । विगतको तुलनामा व्यापारमा केही सुधार देखिए पनि कम्पनी अझै सन् २०२१ र २०२२ को लयमा फर्कन सकेको छैन । सन् २०२१ मा ३ अर्ब ९१ करोड ६० लाख र सन् २०२२ मा ४ अर्ब ५४ करोड १० लाख रुपैयाँ कारोबार गरेको कम्पनीको व्यापार सन् २०२३ मा ३ अर्ब ५ करोड १० लाख र सन् २०२४ मा २ अर्ब ६६ करोड ७० लाख रुपैयाँमा झरेको थियो । गत आर्थिक वर्षमा करिब ७ प्रतिशतको वृद्धिसहित कारोबार ३ अर्ब ३० करोड ८० लाख रुपैयाँ पुगे पनि पुरानो उच्च विन्दुभन्दा अझै १ अर्ब २३ करोड ३० लाख रुपैयाँले कम हो । घट्दो ब्याजदर र नाफामा भएको सुधारका कारण ऋणको साँवा–ब्याज तिर्ने क्षमता २.४ गुणा र ब्याज तिर्ने क्षमता २.९ गुणा पुगेको छ तर आर्थिक मन्दी र बजारको तीव्र प्रतिस्पर्धाका कारण नाफामा थोरै गिरावट आएमा पुनः सङ्कट आउन सक्ने चेतावनी इक्रा नेपालले दिएको छ । दुई ब्रान्डमै निर्भर व्यापार र करको जोखिमकम्पनीसँग स्ट्रङ र प्रिमियम गरी १२ वटा ब्रान्ड भए तापनि कुल आम्दानीको ६२ प्रतिशतभन्दा बढी हिस्सा केवल दुईवटा ब्रान्ड (नेपाल आइस र मुस्ताङ प्रिमियम स्ट्रङ बियर) मा मात्र निर्भर रहेको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्ष यी दुई ब्रान्डको हिस्सा ६५ प्रतिशत थियो । बजारको तीव्र प्रतिस्पर्धाका कारण यी दुई ब्रान्डको बिक्रीमा सामान्य गिरावट आए पनि कम्पनीको समग्र वित्तीय अवस्था धर्मराउन सक्ने जोखिम रहेको इक्राले औँल्याएको छ । यसैबचि क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले सिजी ब्रुअरीको कुल १ अर्ब ७३ करोड रुपैयाँ बराबरको बैंक कर्जा सीमाको रेटिङ गरेको छ । जसअन्तर्गत २८ करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि ‘इक्रानपी एलबिबी प्लस’ रेटिङ प्रदान गरिएको छ, जसले कर्जा भुक्तानीमा मध्यम जोखिम रहेको जनाउँछ । त्यस्तै, १ अर्ब ४५ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि ‘इक्रानपी ए फोर प्लस’ रेटिङलाई निरन्तरता दिइएको छ, जसले अल्पकालीन ऋण तिर्ने क्षमतामा उच्च जोखिम रहेको सङ्केत गर्छ । नवलपरासीमा उद्योग रहेको यस कम्पनीको वार्षिक उत्पादन क्षमता ५ लाख ८५ हजार हेक्टोलिटर छ । देशभर करिब ३०० डिलर र ५३ हजार खुद्रा बिक्रेताको सञ्जाल रहेको यस कम्पनीका नेपाल आइस, रियल गोल्ड र मुस्ताङ बियर हङकङ, जापान, बेलायत, अमेरिका र अष्ट्रेलियामा समेत निर्यात हुँदै आएको प्रतिवेदनमा उल्लेख छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मन्त्री चौधरीद्वारा बालाजु र सीतापाइलाका मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन
Latest NewsJust now

मन्त्री चौधरीद्वारा बालाजु र सीतापाइलाका मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन

काठमाडौँ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मासुजन्य वस्तुको स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षाको अवस्था बुझ्न काठमाडौँको बालाजु र सीतापाइलास्थित मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन गरेकी छन्। मंसिर १ गतेदेखि कार्यान्वयनमा ल्याइएको पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयनको अवस्था अनुगमन गर्न मन्त्री चौधरी कोल्ड स्टोरेजमा पुगेकी हुन्। छड्के अनुगमनका क्रममा उनले मासुको भण्डारण अवस्था, सरसफाइ, स्वच्छता, गुणस्तर तथा ...

नेपालन्युज
बीमा दाबी भुक्तानीमा ढिलाइ भए उजुरी गर्न प्राधिकरणको आग्रह
Latest NewsJust now

बीमा दाबी भुक्तानीमा ढिलाइ भए उजुरी गर्न प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा ढिलाइ भएमा आवश्यक प्रमाणसहित उजुरी गर्न बीमितलाई आग्रह गरेको छ । प्राधिकरणले बीमा दाबी भुक्तानी प्रक्रियालाई छिटो, सरल र सहज बनाउन विभिन्न व्यवस्था गरेको जनाएको छ । बीमा क्षेत्रलाई पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यले दाबी भुक्तानी प्रक्रियालाई प्रविधिमैत्रीसमेत बनाइएको प्राधिकरणले जनाएको छ । बीमा ऐन, नियमावली तथा […] ...

लोकपथ
एक्स्ट्रिमको विन्टर अफर : क्यान स्क्यान गर्दा सुनको क्यान जित्ने अवसर
Latest NewsJust now

एक्स्ट्रिमको विन्टर अफर : क्यान स्क्यान गर्दा सुनको क्यान जित्ने अवसर

एक्स्ट्रिम इनर्जी ड्रिंकले जाडो मौसमलाई लक्षित गर्दै उपभोक्ताका लागि विशेष ‘विन्टर अफर’ सार्वजनिक गरेको छ । कम्पनीले विभिन्न पाँच स्वादमा उपलब्ध इनर्जी ड्रिंकको प्रवर्द्धन गर्दै उपभोक्तालाई सुनको क्यान जित्ने अवसरसहित नयाँ योजना ल्याएको हो । योजनाअन्तर्गत एक्स्ट्रिम इनर्जी ड्रिंक खरिद गर्ने उपभोक्तामध्ये ६ जना भाग्यशाली विजेताले सुनको क्यान उपहारस्वरूप प्राप्त गर्नेछन् । अफरमा सहभागी हुन उपभोक्ताले एक्स्ट्रिम इनर्जी ड्रिंकको कुनै पनि स्वादको क्यान ...

फरकधार
एचएचएफ नेपालद्वारा विश्व एड्स दिवसमा सांगीतिक कन्सर्ट आयोजना गर्ने घोषणा
Latest NewsJust now

एचएचएफ नेपालद्वारा विश्व एड्स दिवसमा सांगीतिक कन्सर्ट आयोजना गर्ने घोषणा

एड्स हेल्थ केयर फाउन्डेसन (एचएचएफ) नेपालले विश्व एड्स दिवसको अवसरमा सांगीतिक कन्सर्ट आयोजना गर्ने घोषणा गरेको छ । एचएचएफ नेपालले मंगलबार काठमाडौंको नक्सालस्थित होलिडे इन एक्सप्रेसको संगम स्वर्णिम हलमा पत्रकार सम्मेलन गरी आगामी डिसेम्बर १, २०२६ मा ‘विश्व एड्स दिवस सांगीतिक कन्सर्ट २०२६’ आयोजना गर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रभावकारी व्यक्तित्व तथा एचएचएफका प्रतिनिधिहरूको उपस्थिति ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement