Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/नक्कली हुलाक लेबल बिक्री गरी ठगी गरेको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

नक्कली हुलाक लेबल बिक्री गरी ठगी गरेको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
नक्कली हुलाक लेबल बिक्री गरी ठगी गरेको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

काठमाडाैँ । अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी नोक्सानी पुर्‍याएकाे आरोपमा पाकिस्तानका अधिकारीहरूले ३३ वर्षीय फहीम अकरमलाई पक्राउ गरेका छन् । उनीमाथि अनलाइनमार्फत नक्कली हुलाक लेबल बिक्री गर्ने वेबसाइट सञ्चालन गरेको आरोप छ । राष्ट्रिय साइबर अपराध अनुसन्धान एजेन्सीका वरिष्ठ अधिकारी आतिफ अमीरका अनुसार अकरमलाई एक सातासम्म खोजी गरेपछि मङ्गलबार पक्राउ गरिएको हो । उनले सन् २०२३ अगस्टदेखि सन् २०२६ सेप्टेम्बरसम्म ‘लेबल्सब्याङ्क डट कम’ नामक अनधिकृत वेबसाइट सञ्चालन गरेको अमेरिकी अधिकारीहरूले बताएका छन्। अमेरिकी सरकारी वकिलको कार्यालयका अनुसार उक्त वेबसाइटबाट पाँच हजार २०० भन्दा बढी ग्राहकलाई ५१ लाखभन्दा बढी नक्कली हुलाक लेबल बिक्री गरिएको थियो। ती लेबलका कारण अमेरिकी हुलाक सेवाले राजस्व गुमाउनुका साथै ढुवानी खर्चसमेत बेहोर्नुपरेको थियो। पाकिस्तानी अनुसन्धानकर्ताहरूका अनुसार अकरमले व्यवसाय सञ्चालन गर्न आफ्ना भाइ, पत्नी, बहिनी र काकीसहित परिवारका सदस्यका १६ वटा बैंक खाता प्रयोग गरेका थिए । उनलाई अमेरिकामा सुपुर्दगी गरिने वा पाकिस्तानमै मुद्दा चलाइने भन्ने स्पष्ट भइसकेको छैन।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

जब ट्रम्पलाई भान्सकै अगाडि सोधियो- उनलाई राष्ट्रपति उम्मेदवारमा समर्थन गर्नुहुन्छ?
ताजा खबरJust now

जब ट्रम्पलाई भान्सकै अगाडि सोधियो- उनलाई राष्ट्रपति उम्मेदवारमा समर्थन गर्नुहुन्छ?

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो उत्तराधिकारी (आगामी राष्ट्रपति) बारे अहिले छलफल गर्नु हतार हुने बताएका छन्।  मंगलबार ओभल अफिसमा पत्रकारहरूले ट्रम्पलाई सोधे, ‘उपराष्ट्रपति जेडी राष्ट्रपतिको उम्मेदवार बने भने तपाईं उनलाई समर्थन गर्नुहुन्छ कि हुन्न?  रोचक कुरा के छ भने ट्रम्पलाई यो प्रश्न गर्दा भान्स उनको ठिक पछाडि उभिरहेका थिए। त... ...

नेपालखबर
ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका
ताजा खबरJust now

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र परम्पराप्रति उत्साह देखाउँदै हर्षोल्लासका साथ बडादसैँको टीका र जमरा लगाएका छन्।   नेपालीको महान् पर्व बडादसैँका अवसरमा विदेशी पर्यटकले ठमेलस्थित काठमाडौँ इको होटलमा नेपाली परम्पराअनुसार रातो टीका र जमरा ग्रहण गर्दै दसैँको खुसी साटासाट गरेका हुन्।   नेपाली संस्कृति, मौलिक परम्परा र चाडपर्वको विश... ...

नेपालखबर
दसैँको टीकापछि लिङ्गे पिङमा रमाउँदै सर्वसाधारण
ताजा खबरJust now

दसैँको टीकापछि लिङ्गे पिङमा रमाउँदै सर्वसाधारण

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन विजयादशमीमा टीका तथा जमरा ग्रहण गरेपछि लिङ्गे पिङ खेल्ने परम्पराले निरन्तरता पाएको छ । दसैँको उल्लाससँगै देशका विभिन्न स्थानमा बालबालिकादेखि वृद्धवृद्धासम्म पिङ खेलेर रमाइरहेका छन् । ‘दसैँमा एक पटक भए पनि धर्ती छोड्नुपर्छ’ भन्ने जनविश्वासअनुसार टीका लगाएपछि पिङ खेल्ने चलन नेपाली समाजमा लामो समयदेखि रहँदै आएको छ । यही परम्परालाई निरन्तरता दिँदै गाउँघर ...

कर्पोरट खबर
भक्तपुरमा मोहनी नखःको रौनक
ताजा खबरJust now

भक्तपुरमा मोहनी नखःको रौनक

भक्तपुर।भक्तपुरका नेवार समुदायले आज मोहनी नखः उल्लासमय रूपमा मनाएका छन्। विजयादशमीका दिन मान्यजनको हातबाट मोहनी सिःनं अर्थात् कालो टीका, रातो टीका र जमरा ग्रहण गरी उनीहरूले मोहनी नखः मनाएका हुन्। यहाँका नेवार समुदायले नवदुर्गा भवानीको पूजा गर्ने क्रममा महानवमीका दिन घरघरमा पालामा दियो बालेर त्यसलाई अर्को पालाले छोप्ने गर्छन्। यसरी जम्मा भएको कालो ध्वाँसोलाई मोहनी सिःनं अर्थात् कालो टीकाका रूपमा प्रयोग ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play