धान भित्र्याउने बेला वर्षा र हिमपातको जोखिम, किसानलाई सतर्क रहन आग्रह

धान भित्र्याउने बेला वर्षा र हिमपातको जोखिम, किसानलाई सतर्क रहन आग्रह
horizontal HDकाठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण आगामी कात्तिक ११ देखि १५ गतेसम्म नेपालका विभिन्न भूभागमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रणालीको प्रभाव बुधबारदेखि देखिन थाल्ने र बिहीबारदेखि थप बढ्ने अनुमान गरिएको छ । विभागका मौसमविद् हरिप्रसाद दाहालका अनुसार बुधबारदेखि नै देशका विभिन्न स्थानमा बादल लाग्ने र केही ठाउँमा छिटपुट वर्षा हुने सम्भावना छ । उच्च हिमाली भेगका केही स्थानमा हिमपातसमेत हुन सक्ने उनले बताए । बिहीबार दिउँसोदेखि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा वर्षाको सम्भावना बढ्नेछ । बिहीबार रातिदेखि शुक्रबार र शनिबार दिउँसोसम्म प्रणालीको प्रभाव बढी देखिने मौसमविद् दाहालले जानकारी दिए । यस अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा वर्षाको प्रभाव पर्ने अनुमान छ । पश्चिमी भूभागमा भने तुलनात्मक रूपमा कम असर पर्ने सम्भावना रहेको छ । प्रणालीको दिशा र तीव्रतामा हुने परिवर्तनअनुसार नेपालमा पर्ने प्रभावसमेत फरक हुन सक्ने मौसमविद्हरूले बताएका छन । केही स्थानमा भारी वर्षा हुन सक्ने र उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । विशेषगरी धौलागिरी, अन्नपूर्ण र मनास्लु हिमाल आसपासका क्षेत्रमा हिमपातको प्रभाव बढी पर्न सक्ने अनुमान गरिएको छ । वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो जाने तथा सडक यातायात प्रभावित हुन सक्ने जोखिमसमेत रहेकाले यात्रामा निस्कँदा सावधानी अपनाउनुपर्ने मौसमविद्को सुझाव छ । धान काट्ने र भित्राउने समय भएकाले किसानलाई पनि सतर्क रहन आग्रह गरिएको छ । सम्भव भएसम्म कात्तिक ११ देखि १५ गतेसम्मको प्रतिकूल मौसम सुरु हुनुअघिनै पाकेको धान तथा अन्य बाली काटेर सुरक्षित स्थानमा भण्डारण गर्न मौसमविद् दाहालले सुझाव दिएका छन । त्यस्तै, उच्च हिमाली तथा पहाडी क्षेत्रमा पदयात्रा र भ्रमणको योजना बनाएकाहरूलाई मौसमको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरिएको छ । यस अवधिमा हिमाली क्षेत्रमा जाने पदयात्री तथा पर्यटकले विशेष सावधानी अपनाउनुपर्ने र यात्रा गरिरहेका व्यक्तिले मौसम प्रतिकूल भए सुरक्षित स्थानमा बस्नुपर्ने दाहालले बताएका छन । पहिरो र वर्षाको जोखिमलाई ध्यानमा राख्दै पहाडी राजमार्ग तथा सडकमा लामो दूरीको यात्रा गर्दा सतर्कता अपनाउन पनि आग्रह गरिएको छ । विशेषगरी पृथ्वी राजमार्ग र बीपी राजमार्ग हुँदै यात्रा गर्नेहरूले मौसमको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा योजना बनाउनुपर्ने सुझाव दिइएको छ ।नेपालबाट अक्टोबर १४ मा मनसुन पूर्ण रूपमा बाहिरिएको थियो । त्यसपछि मौसम सामान्यतया सफा रहे पनि बंगालको खाडीमा विकसित भइरहेको प्रणालीका कारण पुन वर्षा र हिमपातको सम्भावना देखिएको हो । मौसम पूर्वानुमान महाशाखाले मौसमसम्बन्धी पछिल्लो बुलेटिन तथा सूचनालाई नियमित रूपमा हेर्न र सोहीअनुसार कृषि कार्य, यात्रा तथा भ्रमणको योजना बनाउन आग्रह गरेको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

त्रिभुवन आदर्श क्याम्पसमा संस्थापक अध्यक्ष गोपालमान श्रेष्ठको अर्धकदको प्रतिमा राखिने
स्याङ्जा । स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष अधिवक्ता तुलसी गिरीको अध्यक्षतामा आइतबार बसेको संचालक समितिको बैठकले क्याम्पसका... ...

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार
• नेपाल क्रिकेट सङ्घले एसिया कपमा स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई रु ३० लाख पुरस्कार दिने घोषणा गरेको छ। • नेपालले युएईलाई हराएर दोस्रोपटक एकदिवसीय एसिया कपमा स्थान बनाएको छ, जुन नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि हो। • क्यानका अध्यक्ष चतुरबहादुर चन्दले एनपिएलको वित्तीय पारदर्शिता र अडिट प्रक्रियामा सुधार भएको जानकारी दिएका छन्। ...

एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अनिश्चित
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानी खेलाडीहरूको सहभागिता अनिश्चित बनेको छ । क्रिकइन्फोका अनुसार एनपीएलमा सहभागी हुने पाकिस्तानी खेलाडीहरूको एनओसीको सम्बन्धमा समस्या देखिएको छ । यसअघि एनओसी पाइसकेका खेलाडीलाई समेत... ...

पाकिस्तानी अलराउन्डर नवाज चितवनबाट एनपीएल खेल्ने
काठमाडौं । पाकिस्तानका अलराउन्डर मोहम्मद नवाजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण चितवन राइनोजबाट खेल्ने भएका छन् । ३२ वर्षीय नवाज बायाँहाते ब्याटिङ र बायाँहाते स्पिन बलर नवाजलाई एनपीएलको तेस्रो सिजनका लागि अनुबन्ध गरेको घोषणा गरेको हो । नवाजले पाकिस्तानका लागि टेस्ट, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले पाकिस्तानबाट ९८ टी–२० अन्तर्राष्ट्रिय खेलमा ९११ रन बनाउनुका साथै बलिङमा ...


