Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/धान फल्ने खेतमा सयपत्री खेती, १२ लाख आम्दानीको लक्ष्य

धान फल्ने खेतमा सयपत्री खेती, १२ लाख आम्दानीको लक्ष्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
धान फल्ने खेतमा सयपत्री खेती, १२ लाख आम्दानीको लक्ष्य

काठमाडौं। झापाको बुद्धशान्ति गाउँपालिका: ३ दुइरिङ्गेका तीन किसानले धान फल्ने १० कट्ठा खेतमा व्यावसायिक सयपत्री फूलखेती सुरु गरेका छन्। विनोद रिजाल, गुणराज न्यौपाने र वीरबल बानियाँले ‘कृषि कम्पास’ समूह गठन गरी पाँच लाख ५० हजार रुपैयाँ लगानीमा सात हजारभन्दा बढी सयपत्रीका बिरुवा रोपेका हुन्। यसबाट १० हजार माला उत्पादन गरी १० देखि १२ लाख रुपैयाँसम्म आम्दानी गर्ने उनीहरूको लक्ष्य छ। समूहका सदस्य गुणराज न्यौपानेका अनुसार सोही जग्गामा धानखेती गर्दा वार्षिक करिब ५० हजार रुपैयाँ मात्र आम्दानी हुन्थ्यो। फूलखेतीबाट एकै सिजनमा धानखेतीको तुलनामा कैयौँ गुणा बढी आम्दानी हुने देखिएपछि उनीहरूले यो विकल्प रोजेका हुन्। एउटा मालाको मूल्य एक सयदेखि एक सय ५० रुपैयाँसम्म पर्ने भएकाले बजारमा राम्रो सम्भावना रहेको किसानको भनाइ छ। खेतीको सफलता र मागलाई हेरेर आगामी वर्ष तीन बिघा क्षेत्रफलमा खेती विस्तार गर्ने योजना रहेको अर्का सदस्य विनोद रिजालले बताए। यद्यपि, फूललाई ताजा राख्ने चुनौती र भारतबाट हुने अनधिकृत फूल आयातले स्थानीय बजार प्रभावित हुने चिन्ता किसानमा छ। यस विषयमा जिल्लाका किसानले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई भेटेर सातबुँदे मागपत्र बुझाएका थिए। किसानको मागबारे स्थलगत जानकारी लिन शनिबार बुद्धशान्ति पुगेका प्रमुख जिल्ला अधिकारी पोखरेलले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने र आयात नियन्त्रणमा प्रशासनले सहयोग गर्ने आश्वासन दिएका छन्। स्थानीय अभियानकर्मी मनिष दाहालका अनुसार झापाका विभिन्न क्षेत्रमा व्यावसायिक फूलखेतीप्रति किसानको आकर्षण बढ्दो छ। उचित भण्डारण र बजारको व्यवस्थापन गर्न सके धानखेतीमा मात्र निर्भर किसानका लागि यो नयाँ आम्दानीको स्रोत बन्न सक्ने देखिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

पोखराका नौ ओटै ताल जोड्न एक अर्ब ५२ करोडको साइकल ट्रेल आयोजना अघि बढाइँदै [भिडियो]
ताजा खबरJust now

पोखराका नौ ओटै ताल जोड्न एक अर्ब ५२ करोडको साइकल ट्रेल आयोजना अघि बढाइँदै [भिडियो]

पोखरा आउने पर्यटकको बसाइ अवधि कम्तीमा दुई दिन बढाउन महत्वपूर्ण भूमिका खेल्ने प्रमुख आचार्यले बताए। ...

हाम्राकुरा
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट थप १५० हेक्टर जमिन सिँचाइ
ताजा खबरJust now

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट थप १५० हेक्टर जमिन सिँचाइ

काठमाडौं । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्न थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागको भदौ मसान्तसम्मको तथ्यांकअनुसार सिक्टा सिँचाइ आयोजना बाँकेले थप १०० हेक्टर र बबई सिँचाइ आयोजना बर्दियाले थप ५० हेक्टर जमिनमा सतह सिँचाइ सुविधा पुर्‍याएका छन् । सिक्टा सिँचाइ आयोजनाले ५४ करोड ३ लाख रुपैयाँ लागत अनुमानका चारवटा बोलपत्र आह्वान गरिसकेको छ। आयोजनाले आगामी ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play