राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट थप १५० हेक्टर जमिन सिँचाइ

काठमाडौं । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्न थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागको भदौ मसान्तसम्मको तथ्यांकअनुसार सिक्टा सिँचाइ आयोजना बाँकेले थप १०० हेक्टर र बबई सिँचाइ आयोजना बर्दियाले थप ५० हेक्टर जमिनमा सतह सिँचाइ सुविधा पुर्याएका छन् । सिक्टा सिँचाइ आयोजनाले ५४ करोड ३ लाख रुपैयाँ लागत अनुमानका चारवटा बोलपत्र आह्वान गरिसकेको छ। आयोजनाले आगामी पुस मसान्तसम्म २ अर्ब ४८ करोड ३० लाख रुपैयाँ बराबरका १७ वटा बोलपत्र आह्वान गर्ने र थप ३०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको छ । बबई सिँचाइ आयोजनाले पनि पुस मसान्तसम्म थप ३०० हेक्टरमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य लिएको विभागका सूचना अधिकारी रामप्रसाद पौडेलले बताएका छन् । यसैगरी, कैलालीको टीकापुरस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको भौतिक प्रगति भदौ मसान्तसम्म १५ प्रतिशत पुगेको छ । साउनमा ८ प्रतिशत रहेको आयोजनाको भौतिक प्रगति एक महिनामा ७ प्रतिशतले बढेको हो । वित्तीय प्रगति पनि ५.२५ प्रतिशतबाट बढेर ११.४३ प्रतिशत पुगेको छ । आयोजनाले १ अर्ब ३३ करोड ३५ लाख रुपैयाँ लागत अनुमानका छवटा बोलपत्र आह्वान गरिसकेको छ । रानी जमरा कुलरिया आयोजनाले पुस मसान्तसम्म २ अर्ब ३० करोड रुपैयाँ बराबरका १२ वटा बोलपत्र आह्वान गर्ने, १.५ किलोमिटर तटबन्ध निर्माण गर्ने र १६० हेक्टर जग्गा उकास गर्ने लक्ष्य राखेको छ। त्यस्तै, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले भदौ मसान्तसम्म ३.४ प्रतिशत भौतिक र ३.४९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ। उक्त आयोजनाले पुस मसान्तसम्म ६१ करोड रुपैयाँ बराबरका चारवटा बोलपत्र आह्वान गर्ने योजना बनाएको छ । सुनकोशी मरिन डाइभर्सन आयोजनाले पनि पुस मसान्तसम्म ९७ हेक्टरमा लिफ्ट सिँचाइ सुविधा विस्तार गर्ने र ६.१८ किलोमिटर तटबन्ध निर्माण गर्ने लक्ष्य राखेको आयोजनाले जनाएको छ । The post राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट थप १५० हेक्टर जमिन सिँचाइ appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

हामीले जे बोल्यौँ त्यो नै हुकुम हो भन्ने सरकारको साेच चिन्ताजनक : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले संविधान, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि देखाएको पछिल्लो व्यवहार निकै चिन्ताजनक रहेको बताएका छन्। पार्टी कार्यालय सानेपामा आइतबार पत्रकार सम्मेलन गरी उनले मिडिया हाउसमा... ...

सर्वोच्चका प्रस्तावित ४ न्यायाधीशविरुद्ध ८ उजुरी
संसदीय सुनुवाइ समितिले कात्तिक ९ गते प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको थियो । उजुरी दिने समय कात्तिक १९ गतेसम्म रहेको छ । ...

विराटनगरमा फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट, दुई घाइते
विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थित जुटमिल पछाडिको खाली जमिनमा फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट हुँदा दुईजना घाइते भएका छन्। आइतबार बिहान भएको विस्फोटमा स्थानीय ४० वर्षीया नजवा खातुन र उनका ६५ वर्षीय ससुरा हैदर अली घाइते भएका हुन्। प्रहरीका अनुसार विस्फोटबाट खातुनको दुवै हात र छातीमा सामान्य चोट लागेको छ। अलीको भने बायाँ हात र दाहिने खुट्टामा चोट लागेको छ। घटनाको ...

लगातारको वर्षापछि खुल्दै काठमाडौंको मौसम, तस्बिरमा हेर्नुहोस्
काठमाडौं । लगातारको वर्षापछि काठमाडौं उपत्यकाको मौसम क्रमशः खुल्दै गएको छ। बङ्गालको खाडीमा विकसित चक्रवातको प्रभावका कारण पछिल्ला केही दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको थियो। शनिबार साँझदेखि वर्षा... ...


