Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/धानखेतमा कागतीखेती, नमुना किसान बने कृष्णलाल

धानखेतमा कागतीखेती, नमुना किसान बने कृष्णलाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
धानखेतमा कागतीखेती, नमुना किसान बने कृष्णलाल

म्याग्दी। कर्मले नै परिचय दिन्छ। सत्कर्म गर्दै जाँदा त्यसबाट अपेक्षित फल प्राप्त हुन्छ। नामसँगै दाम पनि प्राप्त हुन्छ। यस्तै भएको छ म्याग्दीको मङ्गला गाउँपालिका–३ बरञ्जाका कृष्णलाल सापकोटालाई। जिल्लामा उनले नमुना किसानको पहिचान बनाएका छन्। बरञ्जाको महेन्द्ररत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक सापकोटाले धानखेती हुने खेतमा कागतीखेती विस्तार गरेका छन्। सापकोटा सञ्चालक रहेको सापकोटा सुन्तला फार्ममार्फत १२ रोपनी खेतमा ६०० कागतीका बिरुवा हुर्काइएका छन्। चार वर्षअघि रोपिएका बिरुवाले फल दिन थालेका छन्। फार्ममा ३०० बिजु र ३०० कलमी बिरुवा रोपिएका छन्। कलमी बिरुवाले गत वर्षदेखि उत्पादन दिन थालेका थिए। गत वर्ष ५० किलोग्राम कागती बिक्री भएको फार्ममा यस वर्ष उत्पादन बढ्ने सापकोटाको अपेक्षा छ। कागतीखेतीको व्यवस्थापन सापकोटाले गर्दै आएका छन्। वैदेशिक रोजगारीमा रहेका जग्गाधनी डिलाराम कँडेल र पूर्वजग्गा धनी प्रकाश तुलाचन पनि खेतीमा साझेदार छन्। जापानमा रहेका तुलाचनको योजनाअनुसार कागतीखेती सुरु गरिएको सापकोटाले बताए। फार्ममा उत्पादित कागती प्रशोधन गरी जापान निर्यात गर्ने लक्ष्य राखिएको छ। यसअघि उक्त खेतमा धान, मकै, कोदो र गहुँखेती गरिन्थ्यो। खाद्यान्न बालीको विकल्पमा कागतीखेती सुरु गरिएको हो। “साँझबिहान र बिदाको समयमा बगैँचामा बिताउँछु। गोडमेल, काँटछाँट र मलजलका लागि कामदार परिचालन गर्ने गरेको छु”, सापकोटाले भने, “फलफूल खेतीप्रति आकर्षण बढाउने र यसमा सम्भावना छ भन्ने देखाउने उद्देश्यले कागतीखेती गरेको हुँ।” सापकोटा विसं २०६३ देखि व्यावसायिक सुन्तला खेतीमा पनि संलग्न छन्। उनले सुन्तला बिक्रीबाट वार्षिक रु. पाँच लाख आम्दानी हुने बताए। जिल्लाकै ठूलो कागती फार्म भएको उनको दाबी छ। सेवा निवृत्त भएपछि व्यावसायिक फलफूल खेतीलाई थप विस्तार गर्ने सापकोटाको योजना छ। सापकोटाको प्रेरणाबाट बरञ्जाका किसानले पनि व्यावसायिक सुन्तलाखेती विस्तार गर्न थालेका छन्। स्थानीय बासिन्दासमेत रहेका संविधानसभा सदस्य गमबहादुर श्रीसले सापकोटाले किसानलाई फलफूलखेतीतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। उनले सुन्तला बगैँचा व्यवस्थापनसम्बन्धी तालिम दिँदै आएका छन्। “कृष्णलाल सरले युवा र किसानलाई सुन्तलाजात फलफूल खेतीतर्फ आकर्षित गराउन महत्वपूर्ण भूमिका खेल्नुभएको छ”, श्रीसले भने, “मैले पनि राजनीति र सामाजिक कामबाट बचेको समय सुन्तलाखेती, बाख्रापालन र मौरीपालनमा लगाएको छु।” श्रीस अन्तरिम व्यवस्थापिका संसद् तथा संविधानसभाको पहिलो कार्यकालका सदस्य थिए। मङ्गला गाउँपालिकाका कृषि अधिकृत विमल रोकामगरका अनुसार नेपालमा समुद्री सतहबाट एक सयदेखि एक हजार ४०० मिटर उचाइसम्मका क्षेत्रमा कागतीखेती गर्न सकिन्छ। दैनिक आठदेखि १० घण्टासम्म घाम लाग्ने, वार्षिक ८०० देखि एक हजार मिलिमिटरसम्म वर्षा हुने र १० देखि ३५ डिग्री सेल्सियस तापक्रम रहने स्थान यसका लागि उपयुक्त मानिन्छ। पानी नजम्ने, हल्का दोमट र प्राङ्गारिक पदार्थ पर्याप्त भएको माटो कागतीखेतीका लागि उपयुक्त हुन्छ। कागती बालीमा जङ्गली जनावरबाट क्षति हुने जोखिम पनि तुलनात्मक रूपमा कम हुन्छ। नेपालमा सुनकागती–१, सुनकागती–२ र तेह्रथुम स्थानीय जातका कागतीखेती गरिँदै आएको कृषि अधिकृत रोकामगरले बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

मतदाता धाँधलीको प्रमाण उपलब्ध गराउनेलाई १० लाख डलर पुरस्कार दिने ट्रम्पको घोषणा
ताजा खबरJust now

मतदाता धाँधलीको प्रमाण उपलब्ध गराउनेलाई १० लाख डलर पुरस्कार दिने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगतका निर्वाचन वा सन् २०२६ को मध्यावधि निर्वाचनमा मतदाता धाँधली भएको प्रमाण उपलब्ध गराउने व्यक्तिलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यस्तो घोषणा गरेका हुन् । धाँधलीमा संलग्न व्यक्तिहरू पक्राउ परी दोषी ठहरिएपछि मात्र पुरस्कार दिइने उनले उल्लेख गरेका छन् । ‘विगतका निर्वाचन वा आगामी सन् २०२६ को ...

फरकधार
आज पनि केही सडक अवरुद्ध
ताजा खबरJust now

आज पनि केही सडक अवरुद्ध

काठमाडौं । वर्षासँगैको बाढी-पहिरो र सडक कटानको कारण आज (मंगलबार)पनि देशका केही सडक अवरुद्ध छन्। केही राजमार्गमा भने एकतर्फी मात्रै गाडी चलेका प्रहरीले जनाएको छ। बाढीको कारण गोरखाको आरुघाटमा राजमार्ग पूर्ण रूपमा अरुद्ध छ। सोतीमा रहेको फलामे पुल र गोरखा आरुघाटबाट दादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। त्यसैगरी आरुघाट( ९ नयाँ पुलमा पनि बाढीको कारण गोरखा आरुघाटबाट दादिङ ...

केन्द्रबिन्दु
ह्यारी केनले पहिलोपटक जिते बालोन डी’ओर अवार्ड
ताजा खबरJust now

ह्यारी केनले पहिलोपटक जिते बालोन डी’ओर अवार्ड

• इंग्ल्यान्डका कप्तान ह्यारी केनले सन् २०२६ को पुरुषतर्फको बालोन डी’ओर अवार्ड जितेका छन्, जसले उनलाई २००१ पछि यो अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी बनाएको छ। • स्पेनकी एलेक्सिया पुटेलासले महिलातर्फ तेस्रो पटक बालोन डी’ओर जितेकी छन्, जसले उनलाई तीन पटक यो अवार्ड जित्ने स्पेनी खेलाडी आइताना बोनमतीको बराबरीमा पुर्याएको छ। • बालोन डी’ओर समारोह लन्डनस्थित प्यालाडियममा आयोजना गरिएको थियो, ...

नेपालबहस
सुरक्षाकर्मीको घुमुवा भन्दै रकम असुलेको आरोपमा पर्साबाट एक जना पक्राउ
ताजा खबरJust now

सुरक्षाकर्मीको घुमुवा भन्दै रकम असुलेको आरोपमा पर्साबाट एक जना पक्राउ

जनकपुरधाम । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको घुमुवा भएको भन्दै भन्सार छलीका सामान पास गराइदिने प्रलोभन देखाएर रकम असुली गरेको आरोपमा पर्साबाट एक जना पक्राउ परेका छन् । पक्राउ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play