आज पनि केही सडक अवरुद्ध

काठमाडौं । वर्षासँगैको बाढी-पहिरो र सडक कटानको कारण आज (मंगलबार)पनि देशका केही सडक अवरुद्ध छन्। केही राजमार्गमा भने एकतर्फी मात्रै गाडी चलेका प्रहरीले जनाएको छ। बाढीको कारण गोरखाको आरुघाटमा राजमार्ग पूर्ण रूपमा अरुद्ध छ। सोतीमा रहेको फलामे पुल र गोरखा आरुघाटबाट दादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। त्यसैगरी आरुघाट( ९ नयाँ पुलमा पनि बाढीको कारण गोरखा आरुघाटबाट दादिङ जोड्ने सडकमा साना गाडी एकतर्फी मात्रै सञ्चालन छन्। सुर्खेतमा पनि पहिरोको कारण कर्णाली राजमार्गमा एकतर्फी मात्रै गाडी चलेका छन्। सडक अवरुद्ध हुँदा यात्रुले सास्ती पाएका छन्। रसुवाको भोटेकोसी नदीमा गत भदौ १० गते आएको बाढीको कारण जिल्लाभर नै सडक अवरुद्ध छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

युद्धविराम कायम गर्न हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव
साउदी अरेबियाले यमनका हुथी विद्रोहीसँग युद्धविराम कायम गर्न र आफ्नो देशमाथिका आक्रमण रोक्न इरानको मध्यस्थतामा भएको वार्ताका क्रममा एक अर्ब अमेरिकी डलर दिने प्रस्ताव गरेको इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।... ...

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त
चितवन । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा ढिलाइ भएको छ । आगामी पुस २७ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेमा हालसम्म प्रगति ६५ प्रतिशत मात्रै भएको छ ।... ...

एआई र क्रिप्टो क्षेत्रका दाताले खन्याए अमेरिकी मध्यावधि निर्वाचनमा चन्दा
काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनको मिति नजिकिँदै जाँदा त्यहाँका धनाढ्य तथा अर्बपतिले राजनीतिक दल र उम्मेदवारलाई धमाधम चन्दा दिइरहेका छन् । विश्वकै सबैभन्दा धनी व्यक्ति इलन मस्कदेखि प्रविधि क्षेत्रका प्रमुखहरूले यो निर्वाचनलाई अहिलेसम्मकै सबैभन्दा महँगो बनाउन अर्बौं डलर चन्दा खन्याइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अमेरिकी राष्ट्रपतिको चारवर्षे कार्यकालको ठीक बीच अर्थात् दुई वर्ष पूरा भएपछि मध्यावधि निर्वाचन हुने गर्छ ...

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त
चितवन, कात्तिक १० गते । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काममा ढिलाइ भएको छ । आगामी पुस २७ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेमा हाल... ...


