धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष २६ करोड २५ लाख रुपैयाँ बराबरको खसीबोका कारोबार भएको छ । कोशी प्रदेशका पहाडी जिल्लाबाट किसान तथा व्यापारीले बिक्रीका लागि खसीबोका ल्याउने क्रम बढेसँगै गत वर्षको तुलनामा यसवर्ष कारोबार करिब १५ प्रतिशतले वृद्धि भएको बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । गत वर्ष दसैँमा उक्त बजारबाट २३ करोड बराबरको खसीबोका कारोबार भएको थियो । दसैँमा मासुको खपत बढ्ने भएकाले हरेक वर्ष खसीबोकाको कारोबार बढ्दै गएको उनले बताए । धरानको खसीबजारमा धनकु...
Read Complete Original Article
Published originally on फरकधार
Related News

बालकुमारीमा कुभिण्डो काट्ने जात्रा, टुक्रा लैजान भीड
मध्यपुरथिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डो जात्रा आज सम्पन्न भएको छ । नेवार भाषामा खाँः भनेर चिनिने सो जात्रा घटस्थापनाको दिन थिमिको लायकू दरबारस्थित तलेजु मन्दिरमा जमरा राखी सुरु भएको थियो । कुभिण्डो जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपाती ल्याई तलेजुस्थित दसैँघरमा भित्र्याएपछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ । नवमीका दिन कोतमा काटिएको राँगोको टाउको र दशमीको ...

सामाजिक सञ्जालले बढायो सुकुटीको कारोबार, विदेशबाट पनि माग
धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्यापार फस्टाउँदै गएको छ । सामाजिक सञ्जालमार्फत उत्पादनको प्रचारप्रसार गर्न थालेपछि घरमै सुकुटी र अचार तयार पारेर बिक्री गर्ने महिलाको व्यापार विस्तार भएको छ । धरानको भानुचोकबाट पूर्वतर्फ रहेको निकेतन गल्लीमा सुकुटी बिक्री गर्ने पसल लस्करै छन् । यहाँ बिहानदेखि बेलुकासम्म सुकुटी किन्ने ग्राहकको चहलपहल हुन्छ । पसलबाट बिक्री गर्ने महिलासँगै घरमै उत्पादन तयार ...

मौलिक भाषा, लिपि, कला, संस्कृति र परम्पराको संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री किरण थापा मगर
काठमाडौं, कात्तिक ५ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपाल भाषासहित प्रदेशका सम्पूर्ण मौलिक भाषाको संरक्षण, संवर्द्धन र व्यावहारिक प्रयोगलाई प्रभावकारी बनाउन आवश्यक कानुनी प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बिहीबार काठमाडौंस्थित नेपाल भाषा मंकाः खलःको कार्यालय निरीक्षण तथा भाषा, कला, संस्कृति र मौलिक पहिचानको संरक्षण एवं प्रवर्द्धनका विषयमा सरोकारवालासँग छलफल गर्दै मुख्यमन्त्री थापा मगरले भाषा ऐनअनुसार आवश्यक ...


