Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

धरानबाट दुई सय नौ किलो गाँजासहित पाँच जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
धरानबाट दुई सय नौ किलो गाँजासहित पाँच जना पक्राउ
Photo / Coverage: नेपालन्युज

सुनसरी।धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले दुई क्विन्टलभन्दा बढी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुई वटा स्कार्पियो गाडीमा ‘लोड’ गरिएको दुई क्विन्टल नौ किलो ४२० ग्राम गाँजासहित उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीलाई देखेपछि गाँजा बोकेर भाग्न खोज्ने क्रममा प्रहरीले पेस्तोलबाट दुई राउण्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए। पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागरकुमार यादव, राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, भारतको बिहार प्रान्त मधुवनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर, सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार साह र धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्खे छन्। प्रहरीले त्यस क्रममा बा १ च ५०३८ र को १ च ८१८२ नम्बरका दुईवटा स्कार्पियो समेत बरामद गरेको सूचना अधिकारी खड्काले बताए। प्रहरीका अनुसार पक्राउ परेका पाँचै जनालाई गाँजा र गाडीसहित थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कर्णालीविरुद्ध काठमाडौँले रोज्यो फिल्डिङ
Latest NewsJust now

कर्णालीविरुद्ध काठमाडौँले रोज्यो फिल्डिङ

काठमाडौँ, कात्तिक १६ गते । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।काठमाडौँका कप्तान करण केसीले टस जि... ...

गोरखापत्र
नेपाल प्रिमियर लिग: काठमाण्डू गोर्खाज बलिङमा, कर्णाली याक्स ब्याटिङमा
Latest NewsJust now

नेपाल प्रिमियर लिग: काठमाण्डू गोर्खाज बलिङमा, कर्णाली याक्स ब्याटिङमा

• काठमान्डु गोर्खाजले एनपीएलमा कर्णाली याक्सविरुद्ध टस जितेर बलिङ रोजेको छ। • कर्णाली याक्सले पहिलो खेलमा जनकपुर बोल्ट्स र दोस्रो खेलमा विराटनगर किंग्सलाई हराएको छ। • आजको खेलमा अस्ट्रेलियन पूर्वखेलाडी डेभिड वार्नर मैदानमा उत्रिँदैछन्। ...

नेपालबहस
पत्रकार पक्राउ र न्यायालय विवादमा कांग्रेसले माग्यो संसदीय छानबिन
Latest NewsJust now

पत्रकार पक्राउ र न्यायालय विवादमा कांग्रेसले माग्यो संसदीय छानबिन

काठमाडौं।पत्रकार पक्राउ, सञ्चार गृहमा प्रहरी प्रवेश र न्यायालयसँग जोडिएका विवादित घटनाको छानबिन गर्न नेपाली कांग्रेसले संसदीय विशेष समिति गठनको माग गरेको छ। सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले समाचार संकलन तथा प्रकाशन गरेकै आधारमा पत्रकार पक्राउ गर्नु र सञ्चार गृहभित्र प्रहरी परिचालन गर्नु प्रेस स्वतन्त्रता तथा विधिको शासन विपरीत भएको निष्कर्ष निकालेको हो। कांग्रेसले यस्ता घटनाको कानुनी आधार स्पष्ट पार्दै निष्पक्ष छानबिन ...

नेपालन्युज
कात्तिकमा करदाता प्रोत्साहन जित्ने १६ विजेताको नाम सार्वजनिक
Latest NewsJust now

कात्तिकमा करदाता प्रोत्साहन जित्ने १६ विजेताको नाम सार्वजनिक

काठमाडौं । सरकारले कात्तिक महिनाको पहिलो १५ दिनमा करदाता प्रोत्साहन उपहार जित्ने विजेताको कुपन सार्वजनिक गरेको छ । आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा क्रिकेटरहरूले चिट्ठा तानेर विजेता घोषणा गरेका हुन् । यसअन्तर्गत ४५० रुपैयाँको सामान खरिद गर्ने एक उपभोक्ताले १० लाख रुपैयाँ बराबरको उपहार जितेका छन् । त्यस्तै, हरेक दिन एक जनालाई एक लाख रुपैयाँ […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play