Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar
द्रुतमार्गकै सबैभन्दा लामो महादेवटार सुरुङ बुधबार ‘ब्रेकथ्रु’ हुँदै
Share:WhatsAppFacebookX (Twitter)Telegram
द्रुतमार्गकै सबैभन्दा लामो महादेवटार सुरुङ बुधबार ‘ब्रेकथ्रु’ हुँदै
Photo / Coverage: नेपालखबर
काठमाडौं–तराई/मधेश द्रुतमार्गको तेस्रो सुरुङ ‘ब्रेकथ्रु’ हुने भएको छ।
द्रुतमार्गमा निर्माण भइरहेको सबैभन्दा लामो महादेवटार सुरुङ बुधबार ‘ब्रेकथ्रु’ हुने भएको हो।
नेपाली सेनाका सूचना अधिकारी तथा सहायक रथी राजाराम बस्नेतले द्रुतमार्गको सबैभन्दा लामो सुरुङमार्ग महादेवटार सुरुङमार्गको दायाँ ट्युब बुधबार ब्रेकथ्रु हुने जानकारी दिए।
‘भोलि बुधबार उक्त सुरुङको ब्रेकथ्रु हुनेछ’, उनले भने, ‘यो द्रुतमार्गमा निर्माणाधीन सुरुङमध्ये सबैभन्दा लामो हो।’
उक्त सुरुङमार्गको ‘ब्रेकथ्रु’ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने भएका छन्।
३ हजार ४५५ मिटर लामो सुरुङको दायाँ ट्युब राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा छिचोल्न लागिएको हो। यसअघि गत भदौमा बायाँ ट्युब ‘ब्रेकथ्रु’ भएको थियो। बुधबार दायाँ ट्युबको ‘ब्रेकथ्रु’ भएसँगै आयोजनाको सबैभन्दा लामो महादेवटार सुरुङमार्ग छिचोल्ने काम सम्पन्न हुनेछ।
द्रुतमार्गमा ११.२ किलोमिटरका सातावटा सुरुङमार्ग निर्माण भइरहेका छन्। यसअघि १ हजार ६९१ मिटरको धेद्रे सुरुङ र १ हजार ६२३ मिटरको लेनडाँडा सुरुङ ‘ब्रेकथ्रु’ भइसकेका छन्। अब २ हजार २३७ मिटरको चन्द्राम भीर सुरुङ, १ हजार मिटर देवीचौर सुरुङ, ३९० मिटर सिसौटार सुरुङ र ५८३ मिटर मौरी भीर सुरुङ ‘ब्रेकथ्रु’ हुन बाँकी छ। ‘ब्रेकथ्रु’ हुन बाँकीमध्ये मौरीभीर सुरुङको ठेक्का लाग्न बाँकी छ।
२०७४ वैशाख २१ गते सरकारले ४ वर्षभित्र निर्माणसम्पन्न गर्ने गरी द्रुतमार्ग सडक निर्माण व्यवस्थापनको जिम्मेवारी सेनालाई सुम्पेको थियो।
२०८३ भदौ मसान्तसम्म द्रुतमार्गको भौतिक प्रगति ५० प्रतिशत र वित्तीय प्रगति ५१.४७ प्रतिशत हासिल भएको सेनाले जानकारी दिएको छ।
आयोजनाका लागि ८९ स्थानमा पुल निर्माण हुनेछ। तीमध्ये ८५ पुलको खरिद सम्झौता भई निर्माणको चरणमा छ। निर्माणाधीन अधिकांश पुलहरुको फाउन्डेसनको कार्य सम्पन्न भई सुपरस्ट्रक्चरको कार्य भइरहेको छ। जसमा ५७ पुलको फाउन्डेसन, ३८ पुलको सबस्ट्रक्चर र १६ पुलको सुपरस्ट्रक्चरको काम सम्पन्न भएको सेनाले जानकारी दिएको छ।
नेपाली सेनाले दु्रतमार्गलाई ११ वटा प्याकेजमा विभाजन गरी निर्माण अघि बढाइरहेको छ। प्याकेज ११ अन्तर्गत पर्ने साढे ६ किलोमिटर खण्ड डुकुछाप–फर्सिडोल–खोकना खण्ड जग्गा अधिग्रहणसम्बन्धी समस्याका कारण ठेक्का प्रक्रिया अघि बढ्नसकेको छैन। जसका कारण सेनाले सो विवादित खण्डलाई थाती राखेर बाँकी १० वटा प्याकेजमा काम गरिरहेको छ।
बाराको निजगढ र ललितपुरको खोकना शून्य विन्दु कायम राख्ने गरी द्रुतमार्गको डिजाइन तथा निर्माण सुरु भएको थियो। यसअनुसार निजगढमा पूर्व–पश्चिम राजमार्ग र खोकनामा बाहिरी चक्रपथमा जोड्ने योजना थियो।
तर खोकना खण्डको विवाद समाधान नहुँदा काठमाडौं तर्फबाट शून्य विन्दु हालसम्म टुंगिन सकेको छैन। काठमाडौं उपत्यकामा बाहिरी चक्रपथ बन्ने वा नबन्ने निश्चित नहुँदा शून्य विन्दु खोकनाको सट्टा चोभार राख्ने योजनामा सरकार छ।
Share:WhatsAppFacebookX (Twitter)Telegram
Read Complete Original Article
Published originally on नेपालखबर
Visit Publisher Site →
Related News
🇳🇵 Nepal
सुदूरको ब्याटिङ लाइन धरापमा, गुमायो पाँचौँ विकेट
Latest NewsJust now
सुदूरको ब्याटिङ लाइन धरापमा, गुमायो पाँचौँ विकेट
काठमाडौँ। सुदूरपश्चिम रोयल्सले पाँचौँ विकेट गुमाएको छ। त्रिवि क्रिकेट मैदानमा मंगलबार भइरहेको क्वालिफायर खेलमा लुम्बिनी लायन्सविरुद्ध टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरले चौथो विकेटका रूपमा इशान पाण्डे र पाँचौँ विकेटका... ...
रातोपाटी
जुम्लामा मतदाता नामवलीबाट एक हजार २८९ जनाको नाम खारेजी
Latest NewsJust now
जुम्लामा मतदाता नामवलीबाट एक हजार २८९ जनाको नाम खारेजी
जुम्ला । जिल्ला निर्वाचन कार्यालय, जुम्लाले मतदाता नामवलीमा दोहोरो नाम भएका एक हजार २८९ जनाको नाम मतदाता नामवलीबाट खारेज गरिएको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र कँडेलका अनुसार मतदाता नामवली अद्यावधिक गर्ने क्रममा मृत्यु भएका ८१५ जना र दोहोरो नाम दर्ता भएका ४७४ जनाको नाम खारेज गरिएको जानकारी दिए । दोहोरो मतदाता नामवलीमा नाम दर्ताका भएका सबैभन्दा बढी तिला ...
केन्द्रबिन्दु
मन्त्रीको पीए बने सरकारी विज्ञ : कोप–३१ मा नेपालको नीति प्रस्तुत !
Latest NewsJust now
मन्त्रीको पीए बने सरकारी विज्ञ : कोप–३१ मा नेपालको नीति प्रस्तुत !
• मन्त्रीको निजी सहायक शिरिष पाण्डेले अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको ऊर्जा रणनीति प्रस्तुत गरेपछि मन्त्रालयभित्र विवाद उत्पन्न भएको छ। • पाण्डे इन्जिनियरिङका विद्यार्थी हुन् र मन्त्रीको निजी सचिवालयमा नियुक्त भएका व्यक्ति हुन्, तर उनले प्राविधिक सल्लाहकारको हैसियतमा प्रस्तुत भएकोले असन्तोष देखिएको छ। • मन्त्रालयले पाण्डेको नियुक्ति र भ्रमण खर्चको औचित्यबारे स्पष्टता दिनुपर्ने आवश्यक छ, अन्यथा सरकारी प्रतिनिधित्वमा उठेका प्रश्न जटिल बन्नेछन्। ...
नेपालबहस
लक्जम्बर्गका राजकुमार बेथानचोकमा, शिक्षा र वातावरण संरक्षणमा सघाउने प्रतिबद्धता
Latest NewsJust now
लक्जम्बर्गका राजकुमार बेथानचोकमा, शिक्षा र वातावरण संरक्षणमा सघाउने प्रतिबद्धता
लक्जमबर्गका राजकुमार लुइसले काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाको शिक्षा र वातावरण संरक्षणका क्षेत्रमा निरन्तर हातेमालो गर्ने इच्छा व्यक्त गरेका छन्। ​व्यक्तिगत भ्रमणको सिलसिलामा मंगलबार बेथानचोक आइपुगेका राजकुमार लुइसले स्थानीय जनप्रतिनिधिसँगको संक्षिप्त संवादका क्रममा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।  लक्जमबर्गस्थित गैरसरकारी संस्था ‘एईआईएन’ को ... ...
नेपालखबर
Multikhabar App
All Information In One Place
Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!
Get it on Google Play