Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

गोरखाकाे धार्चेमा विद्युत् र सञ्चार सेवा सुचारु

Share:WhatsAppFacebookX (Twitter)Telegram
गोरखाकाे धार्चेमा विद्युत् र सञ्चार सेवा सुचारु
Photo / Coverage: केन्द्रबिन्दु

गोरखा । धार्चेका ६०० घरधुरीमा झण्डै डेढ महिनापछि विद्युत् र सञ्चार सेवा सुचारु भएको छ । धार्चे गाउँपालिका– १ र ३ करिब ६०० घरधुरीमा सोमबारदेखि विद्युत् सेवा सुचारु भएको हो । बुढीगण्डकीमा आएको बाढीका कारण विद्युत् र सञ्चार सेवा अवरुद्ध भएको थियो । नेपाल टेलिकमको टावरमा विद्युत् सेवा जडान भएपछि सञ्चार सेवा पनि सुचारु भएको त्यहाँका वडाध्यक्ष सरोज गुरुङले जानकारी दिए । बाढीले चुमनुब्री गाउँपालिका–३ स्थित सिर्दिवास उहिया लघु जलविद्युत् आयोजनामा क्षति पुर्‍याएपछि चुमनुब्री गाउँपालिका–३ र धार्चेको उहिया क्षेत्र विगत डेढ महिनादेखि विद्युत्विहीन बनेको थियो । उहियास्थित नेपाल टेलिकमको टावरमा विद्युत् विच्छेद हुँदा सेवा अवरुद्ध भएको थियो । विद्युत् जडान भएसँगै वरपरका गाउँबस्तीमा सञ्चार सम्पर्क सेवा सुचारु भएपछि स्थानीयबासी खुसी भएका छन् । सोमबार मात्र उहियामा विद्युत् सेवा सञ्चालनमा आएको धार्चे गाउँपालिका–२ का वडाध्यक्ष सरोज गुरुङले बताए । उत्तरी गोरखाको गाउँबस्तीमा विद्युत् सेवा दिँदै आएको कादुरी नामक संस्थाको पहलमा उहियामा बिजुली बलेको उनले उल्लेख गरे । उनका अनुसार विद्युत् सेवा सुचारु भएपछि सञ्चार सेवा पनि सुचारु भएको हो । “उहियाको टावरबाट उहिया, माछाखोला, खोर्ला, खोर्लावेशी, दुङ्ला, रुन्चेत, उम्चेत र हुल्चुकका गाउँबस्तीमा सञ्चार सेवा सुचारु भएको छ”, गुरुङले भने, “त्यहाँ डेढ महिनासम्म बिजुली नबल्दा टावर चलेन । वरपरका सबै गाउँबस्तीमा बिजुली त जसोतसो बल्यो तर फोन सम्पर्क हुन सकेन ।” धार्चे गाउँपालिकाको वडा नं १, २ र ३ मा गत असोज २५ गते बाढी गएदेखि सञ्चार सेवा ठप्प बनेकोमा सोमबारदेखि मात्र सञ्चालनमा आएको वडा नं २ का अध्यक्ष सरोज गुरुङले बताए । गाउँमा सञ्चार सेवा ठप्प बन्दा वडाका काम कारबाही र स्थानीयको जनजीवनसमेत प्रभावित बनेको उनको भनाइ छ । उनी भन्छन्, “आजभोलि सञ्चार र प्रविधिको जमाना छ । यो डेढ महिना गाउँमा फोन टावर नचल्दा हामी पुरानै जमानामा पुगेको जस्तो भएका थियौँ ।” धार्चेको वडा नं १, २ र ३ का गाउँबस्तीलाई बाढीले आवतजावतसँगै सञ्चारबाट पनि वञ्चित गराएको थियो । वडा नं १ हुल्चुकको करिब २५० घरधुरी र वडा नं ३ उहियाको ३३२ घरधुरी बाढी आएको दिनदेखि अन्धकारमा जीवन गुजारा गरिरहेका थिए । स्थानीयले विद्यालय तथा स्वास्थ्य चौकीको सोलारबाट जसोतसो फोन चार्ज गरेपनि फोन सम्पर्क भने सुचारु हुन सकेको थिएन । फोन टावर नहुँदा गाउँलेहरु फोन सम्पर्कका लागि माथि डाँडामा धाउनुपर्ने बाध्यता थियो । उहियाको टावरमा विद्युत् नहुँदा त्यसको प्रत्यक्ष असर वरपरका माछाखोला, खोर्ला, खोर्लावेशी, उहिया, दुङ्ला, रुन्चेत, उम्चेत र हुल्चुकको गाउँबस्तीमा परेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुदूरको ब्याटिङ लाइन धरापमा, गुमायो पाँचौँ विकेट
Latest NewsJust now

सुदूरको ब्याटिङ लाइन धरापमा, गुमायो पाँचौँ विकेट

काठमाडौँ। सुदूरपश्चिम रोयल्सले पाँचौँ विकेट गुमाएको छ। त्रिवि क्रिकेट मैदानमा मंगलबार भइरहेको क्वालिफायर खेलमा लुम्बिनी लायन्सविरुद्ध टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरले चौथो विकेटका रूपमा इशान पाण्डे र पाँचौँ विकेटका... ...

रातोपाटी
जुम्लामा मतदाता नामवलीबाट एक हजार २८९ जनाको नाम खारेजी
Latest NewsJust now

जुम्लामा मतदाता नामवलीबाट एक हजार २८९ जनाको नाम खारेजी

जुम्ला । जिल्ला निर्वाचन कार्यालय, जुम्लाले मतदाता नामवलीमा दोहोरो नाम भएका एक हजार २८९ जनाको नाम मतदाता नामवलीबाट खारेज गरिएको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र कँडेलका अनुसार मतदाता नामवली अद्यावधिक गर्ने क्रममा मृत्यु भएका ८१५ जना र दोहोरो नाम दर्ता भएका ४७४ जनाको नाम खारेज गरिएको जानकारी दिए । दोहोरो मतदाता नामवलीमा नाम दर्ताका भएका सबैभन्दा बढी तिला ...

केन्द्रबिन्दु
मन्त्रीको पीए बने सरकारी विज्ञ : कोप–३१ मा नेपालको नीति प्रस्तुत !
Latest NewsJust now

मन्त्रीको पीए बने सरकारी विज्ञ : कोप–३१ मा नेपालको नीति प्रस्तुत !

• मन्त्रीको निजी सहायक शिरिष पाण्डेले अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको ऊर्जा रणनीति प्रस्तुत गरेपछि मन्त्रालयभित्र विवाद उत्पन्न भएको छ। • पाण्डे इन्जिनियरिङका विद्यार्थी हुन् र मन्त्रीको निजी सचिवालयमा नियुक्त भएका व्यक्ति हुन्, तर उनले प्राविधिक सल्लाहकारको हैसियतमा प्रस्तुत भएकोले असन्तोष देखिएको छ। • मन्त्रालयले पाण्डेको नियुक्ति र भ्रमण खर्चको औचित्यबारे स्पष्टता दिनुपर्ने आवश्यक छ, अन्यथा सरकारी प्रतिनिधित्वमा उठेका प्रश्न जटिल बन्नेछन्। ...

नेपालबहस
लक्जम्बर्गका राजकुमार बेथानचोकमा, शिक्षा र वातावरण संरक्षणमा सघाउने प्रतिबद्धता
Latest NewsJust now

लक्जम्बर्गका राजकुमार बेथानचोकमा, शिक्षा र वातावरण संरक्षणमा सघाउने प्रतिबद्धता

लक्जमबर्गका राजकुमार लुइसले काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाको शिक्षा र वातावरण संरक्षणका क्षेत्रमा निरन्तर हातेमालो गर्ने इच्छा व्यक्त गरेका छन्। ​व्यक्तिगत भ्रमणको सिलसिलामा मंगलबार बेथानचोक आइपुगेका राजकुमार लुइसले स्थानीय जनप्रतिनिधिसँगको संक्षिप्त संवादका क्रममा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।  लक्जमबर्गस्थित गैरसरकारी संस्था ‘एईआईएन’ को ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play