Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दोस्रो झापा महिला गोल्डकप आगामी मङ्सिर ५ गतेदेखि हुने

दोस्रो झापा महिला गोल्डकप आगामी मङ्सिर ५ गतेदेखि हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
दोस्रो झापा महिला गोल्डकप आगामी मङ्सिर ५ गतेदेखि हुने

झापा।दोस्रो झापा महिला आमन्त्रण गोल्डकप आगामी मङ्सिर ५ देखि १२ गतेसम्म झापाको दूधे रङ्गशालामा हुने भएको छ । प्रतियोगिताबारे आयोजक झापा महिला गोल्डकपले आइतबार खेलमैदानमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो । देशकै प्रतिष्ठितमध्ये एक मानिने तथा सर्वाधिक चर्चा कमाएको प्रतियोगिताको दोस्रो संस्करणमा नेपालका तीन विभागीय टोलीसहित आठ टोलीको सहभागिता रहने आयोजक समितिका अध्यक्ष सन्तोष थापाले जानकारी दिए । प्रतियोगितामा नेपाल पुलिस, नेपाली सेना र सशस्त्र प्रहरीका टोलीसँगै भारत, भूटान र अर्को एक विदेशी टोली, एक ए डिभिजन क्लब तथा आयोजक टोली सहभागी हुनेछन् । आयोजकले कोशी प्रदेशका महिला खेलाडी छनोट गरी आफ्नो टोली पनि तयार पार्ने जनाएको छ । प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले पाँच लाख ५० हजार पुरस्कार पाउनेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले एक लाख ५० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही २५ हजार प्रदान गरिने अध्यक्ष थापाले जानकारी दिए । प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई १५ हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता सञ्चालनका लागि एक करोड २५ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितालाई लक्षित गरी दूधे रङ्गशालाको स्तरोन्नति भइरहेको र दर्शकका लागि बाँसको अस्थायी प्यारापिट निर्माण गरिने आयोजकले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

बर्दियामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
ताजा खबरJust now

बर्दियामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

बर्दिया । आफ्नै बुबाको हत्या गरेको आरोपमा बर्दियामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजापुर नगरपालिका-३ सेन्द्राका राजेन्द्र थारू रहेका छन् । प्रहरीकाअनुसार राजेन्द्रले आफ्ना ५० वर्षीय बुबा कालु राम थारूलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार राति पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएका ...

हिमालय टाइम्स
टिकुलियाघाट पुल निर्माण अन्तिम चरणमा
ताजा खबरJust now

टिकुलियाघाट पुल निर्माण अन्तिम चरणमा

प्रवीणकुमार शर्मा चन्द्रपुर (रौतहट), कात्तिक ९ गते । रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन टिकुलियाघाट पुलको काम अन्तिम चरणमा पुगेको छ । चालु आर्थिक बर्षमा बजेट बिनियोजन भएपछि पूल न... ...

गोरखापत्र
अर्घाखाँचीको मौलिक पहिचान सराये नाच
ताजा खबरJust now

अर्घाखाँचीको मौलिक पहिचान सराये नाच

अर्घाखाँची । हातमा तरवार र खुडा, पञ्चेबाजाको गुञ्जायमान ताल अनि ‘वाख्यै भाइ हो’ भन्ने उत्साहपूर्ण आवाज । दसैँको उल्लाससँगै अर्घाखाँचीका शक्ति पीठ तथा भगवती मन्दिरहरूमा देखिने यो दृश्य जिल्लाको मौलिक... ...

रातोपाटी
एनपीएलले क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याओस्: पूर्वप्रधानमन्त्री कार्की
ताजा खबरJust now

एनपीएलले क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याओस्: पूर्वप्रधानमन्त्री कार्की

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले एनपीएलले नेपाली क्रिकेटलाई नयाँ उचाईमा पुर्‍याओस् भन्ने कामना गरेकी छन्। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु हुन लागेको अवसरमा सोमबार सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै कार्कीले एनपीएल युवाहरूको प्रतिभा र देशको सामूहिक आत्मविश्वासको सुन्दर प्रतिविम्ब भएको पनि बताएकी छन्।  ‘नेपाली क्रिकेटप्रतिको जनउ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play