देश शोकमा रहेकाले कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

काठमाडौं, कात्तिक १ । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान कार्यक्रम नगर्ने निर्णय गरेको छ । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै देश शोकमा रहेकाले यस वर्ष चियापान कार्यक्रम आयोजना नगर्ने निर्णय गरिएको जानकारी दिनुभएकाे हाे । नेपाली कांग्रेसले विशेष परिस्थितिबाहेक हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम आयोजना गर्दै आएको थियो । पार्टीका संस्थापक नेता बीपी कोइरालाले २०३४ सालको कोजाग्रत पूर्णिमादेखि यस कार्यक्रमको सुरुवात गरेका थिए । कांग्रेसले त्यसयता निरन्तरजस्तै आयोजना गर्दै आएको चियापान कार्यक्रम यस वर्ष भने देशको शोकपूर्ण अवस्थालाई ध्यानमा राख्दै स्थगित गरेको हो ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

आज सात जिल्लामा सवारी दुर्घटना, ९ जनाको मृत्यु
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४ घण्टामा सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा भएका दुर्घटनामा नौ जनाको मृत्यु भएको हो । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सडकमा को१ज २९७६ नम्बरको सुमो अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । खोटाङको दिक्तेल रूपाकोट ...

क्यारेबियन स्टार रसेलले विराटनगर किंग्सबाट एनपिएल खेल्ने
वेष्ट इण्डिजका चर्चित क्रिकेट खेलाडी आन्द्रे रसेलले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण विराटनगर किङ्सबाट खेल्ने भएका छन् । विराटनगरले आज रसेललाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो । ‘समर्थकले तपाईंको माग गर्नुभयो । हामीले पूरा गर्यौँ । विराटनगर किङ्समा स्वागत छ आन्द्रे रसेल,’ विराटनगरको टोलीले आफ्नो सामाजिक सञ्जालमा लेखेको छ । सन् १९८८ अप्रिल २९ मा जमैकामा जन्मिएका रसेलले वेष्ट ...

सिन्धुलीको सुनकोशी सुमाे दुर्घटना : मृतककाे पहिचान खुल्यो, बेपत्ताको खोजी जारी
काठमाडौं, कात्तिक १ । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सुनकोशी नदीमा सुमो खस्दा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ । दुर्घटनामा बेपत्ता भएका तीन जनाको खोजी जारी छ भने घाइने चार जनाकाे काठमाडौं र सिन्धुलीमा उपचार भइरहेकाे छ । काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो गएराति करिब २ः३० बजे मध्यपहाडी लोकमार्गबाट झन्डै १५० मिटर तल सुनकोशी ...

शारदीय नवरात्र : आठौँ देवी महागौरीको विधिपूर्वक गरियो पूजाआराधना
शारदीय नवरात्रको आठौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । नवरात्रको दोस्रो दिन सोमबार ब्रह्मचारिणी, तेस्रो दिन ...


