Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/देश ठुलो सङ्कटतर्फ उन्मुख छ : डा. बाबुराम भट्टराई

देश ठुलो सङ्कटतर्फ उन्मुख छ : डा. बाबुराम भट्टराई

Share:WhatsAppFacebookX (Twitter)Telegram
देश ठुलो सङ्कटतर्फ उन्मुख छ : डा. बाबुराम भट्टराई

काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर सङ्कटतर्फ उन्मुख भएको चेतावनी दिएका छन्। उनले भूराजनीतिक चलखेल, राजनीतिक दलभित्रको आन्तरिक द्वन्द्व र राज्यका प्रमुख निकायमा देखिएको अस्तव्यस्तताका कारण अवस्था जटिल बन्दै गएको बताएका हुन्। आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सत्तारूढ र प्रतिपक्षी दलभित्रको अन्तरसंघर्ष, न्यायालय, प्रशासन र प्रहरीमा देखिएको अव्यवस्था तथा अर्थतन्त्रको निरन्तर ओरालो यात्रालाई सङ्कटका मुख्य कारकका रूपमा औंल्याएका छन्। डा. भट्टराईले प्राकृतिक प्रकोपको भार, युवाहरूको विदेश पलायन तथा सञ्चार क्षेत्र र नागरिक वृत्तमा बढ्दो निराशाले पनि देशको अवस्था थप चुनौतीपूर्ण बनाएको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘देशमा बढ्दो भूराजनीतिक चलखेलको पृष्ठभूमिमा सत्ताधारी र प्रतिपक्षी दलहरूभित्रै चर्कँदो अन्तरसंघर्ष, राज्यका प्रमुख अङ्गहरू न्यायालय, प्रशासन, प्रहरी लगायतमा अस्तव्यस्तता, अर्थतन्त्रको निरन्तर ओरालो यात्रा, थपिँदो प्राकृतिक प्रकोपको भार, युवाहरूको निरन्तर विदेश पलायन, सार्वजनिक सञ्चार क्षेत्र र नागरिक वृत्तमा चुलिँदो निराशा, आदिले देश ठुलो सङ्कटतिर उन्मुख भइरहेको सङ्केत गर्छ!’ देशले अब कुनै पनि बहानामा थप अस्थिरता र उथलपुथल थेग्न नसक्ने भन्दै उनले सबै पक्षलाई गम्भीर बन्न आग्रह गरेका छन्। उनले थपे, ‘अब कुनै पनि बहानामा देशले अस्थिरता र उथलपुथल थेग्न सक्दै सक्दैन! सबै आ आफ्नो क्षेत्रबाट गम्भीर बनौँ! सक्छौँ, सकारात्मक योगदान गरौँ! सक्दैनौँ, नकारात्मक काम नगरौँ!’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
ताजा खबरJust now

प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

काठमाडाैँ । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारप्रति असन्तुष्टि जनाउँदै आइतबार प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको मागसहित प्रदर्शन गरेका छन्। विपक्षी गठबन्धन ‘इन्डिया’को आह्वानमा भएको प्रदर्शनमा हजारौँ... ...

रातोपाटी
जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन
ताजा खबरJust now

जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन

म्याड्रिड । जीवनयापनको बढ्दो खर्च, आवास समस्या, सार्वजनिक सेवाको अवस्था र राजनीतिक विवादलाई लिएर शनिबार युरोपका विभिन्न प्रमुख सहरमा विरोध प्रदर्शन भएका छन् । सामाजिक सञ्जालमार्फत प्रदर्शनका लागि आह्वान गरिएपछि विभिन्न देशमा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो । फ्रान्सको गृह मन्त्रालयका अनुसार शनिबार देशभर भएका प्रदर्शनमा करिब तीन लाख २० हजार मानिस सहभागी भए । तीमध्ये ७० हजार पेरिसमा थिए ...

केन्द्रबिन्दु
वर्षाले सप्तरीमा धानबालीमा क्षति, किसान चिन्तित
ताजा खबरJust now

वर्षाले सप्तरीमा धानबालीमा क्षति, किसान चिन्तित

धीरेन्द्रप्रसाद साहराजविराज, कात्तिक १५ गते । ‘अर्णव’ चक्रवातको प्रभावका कारण पछिल्ला तीन दिनदेखि परेको वर्षा र चलेको हावाहुरीले सप्तरीका विभिन्न स्थानीय तहमा धानबालीमा क्षति पुर्‍... ...

गोरखापत्र
नेपालको पर्यटन विश्वमाझ पुर्याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य
ताजा खबरJust now

नेपालको पर्यटन विश्वमाझ पुर्याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौं । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट विश्वभर चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता (ट्राभल कन्टेन्ट क्रिएटर) नेपाल आएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियतामा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), बङ्गलादेश र श्रीलङ्काका उनीहरूलाई नेपाल आमन्त्रण गरिएको बोर्डले जनाएको छ । नेपाल आएका उनीहरूले यहाँका ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play