Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/🇳🇵Latest/नेपालको पर्यटन विश्वमाझ पुर्याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

नेपालको पर्यटन विश्वमाझ पुर्याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालको पर्यटन विश्वमाझ पुर्याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौं । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट विश्वभर चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता (ट्राभल कन्टेन्ट क्रिएटर) नेपाल आएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियतामा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), बङ्गलादेश र श्रीलङ्काका उनीहरूलाई नेपाल आमन्त्रण गरिएको बोर्डले जनाएको छ । नेपाल आएका उनीहरूले यहाँका प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक गतिविधि र पर्यटनका विविध पक्ष समेटिएका भिडियो तथा डिजिटल सामग्री तयार गर्नेछन् । ती सामग्री टिकटकसहितका सामाजिक सञ्जालमार्फत विश्वभरका दर्शकमाझ प्रस्तुत गरिने छ । युएई र ट्युनिसियाका तीन जना पोखरा र अन्य काठमाडौँमा सामग्री उत्पादन गरिरहेका छन् । उनीहरूले पोखरा, चितवन र बर्दियाका प्रमुख पर्यटकीय गन्तव्य तथा नेपालका सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीय महत्वका स्थल र उत्पादनसम्बन्धी सामग्री तयार गर्ने बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले जानकारी दिए । नेपालको हिमाली सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक पर्यटन र स्थानीय जीवनशैलीलाई छोटा भिडियोमार्फत विश्वसमुदायसमक्ष प्रस्तुत गरिने छ । The post नेपालको पर्यटन विश्वमाझ पुर्याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बडीमालिकामा सम्पर्कविहीन भएका कार्की मृत भेटिए
Latest NewsJust now

बडीमालिकामा सम्पर्कविहीन भएका कार्की मृत भेटिए

काठमाण्डु धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा सम्पर्कविहीन भएका एक युवक मृत फेला परेका छन् । भारी हिमपातपछि शुक्रबारदेखि सम्पर्कविहीन कञ्चरनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा मृत फेला परेका हुन् । प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालकाअनुसार आज सम्पर्कविहीन युवकको खोजी कार्यका लागि सदरमुकामबाट हेलिकप्टरमार्फत सुरक्षाकर्मीको टोली खटिएको थियो । खोजी कार्य […] ...

काठमाण्डुपाटी
ग्राउण्ड खेल्न नमिल्ने थियो, फ्यानको लागि खेलियो
Latest NewsJust now

ग्राउण्ड खेल्न नमिल्ने थियो, फ्यानको लागि खेलियो

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्ससँग पराजित भएपछि सुदूरपश्चिम रोयल्सले सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक पोस्ट गरेको छ। सुदूरपश्चिमले आइतबार आफ्नो आधिकारिक फेसबुक पेजमा ‘म्याऊ अरे, सुदूरपश्चिम सुरुबाटै खेल्ने मुडमा थिएन’... ...

रातोपाटी
बालेनका सल्लाहकारले रास्वपा बैठकमा भनेः पत्रकार पक्राउबारे गृहमन्त्रीलाई पूर्वजानकारी थियो
Latest NewsJust now

बालेनका सल्लाहकारले रास्वपा बैठकमा भनेः पत्रकार पक्राउबारे गृहमन्त्रीलाई पूर्वजानकारी थियो

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का राजनीतिक सल्लाहकार असिम साहले शुक्रबार केही पत्रकारलाई पक्राउ गरिएको र केहीलाई पक्रन सञ्चार माध्यमको समाचार कक्षमै प्रहरी पसेको विषयमा नयाँ खुलासा गरेका छन् । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकमा शनिबार उनले घटनामा प्रधानमन्त्री र प्रधानमन्त्रीको टिमका कोही सदस्यको संलग्नता नरहेको दाबी गरे । तर, गृहमन्त्री सुधन […] ...

काठमाण्डुपाटी
पृथ्वी राजमार्ग कात्तिक १६ गते तीन घण्टा बन्द हुने
Latest NewsJust now

पृथ्वी राजमार्ग कात्तिक १६ गते तीन घण्टा बन्द हुने

धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारस्थित पृथ्वी राजमार्ग सोमबार (भोलि) तीन घण्टा बन्द हुने भएको छ। आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्नुपर्ने भएपछि उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा रोक्न लागिएको हो। जिल्ला प्रशासन कार्यालय धादिङले आइतबार सूचना जारी गर्दै भोलि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मझिमटार क्षेत्रमा सबै प्रकारका सवारी स... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play