Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/देश जटिल राजनीतिक र आर्थिक संकटमा छ: प्रचण्ड

देश जटिल राजनीतिक र आर्थिक संकटमा छ: प्रचण्ड

Share:WhatsAppFacebookX (Twitter)Telegram
देश जटिल राजनीतिक र आर्थिक संकटमा छ: प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश अहिले जटिल राजनीतिक, आर्थिक र सामाजिक संकटबाट गुज्रिरहेको बताएका छन्। शनिबार काठमाडौंको पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ को औपचारिक उद्घाटन गर्दै यस्तो बताएका हुन्। प्रचण्डले जारी गरेको अपिलमा भनिएको छ, ‘ठूलो आशा र अपेक्षाका साथ गठन भएको दुईतिहाइको सरकारबाट जनताले अपेक्षा गरेअनुरूप परिणाम प्राप्त गर्न नसक्दा निराशा, असन्तुष्टि र अन्योल बढिरहेको छ।’ उनले महँगीले जनजीवन कष्टकर बनेको, बेरोजगारी बढेको र युवा पलायनको समस्या गम्भीर बनेको उल्लेख गरे। उनले वर्तमान सरकार लोकतान्त्रिक संस्थाहरू, नागरिक अधिकार र प्रेस स्वतन्त्रताप्रति असहिष्णु बनेको आरोप लगाए। ‘फरक मतप्रति असहिष्णु व्यवहार देखाउने, बोल्ने र प्रश्न गर्ने जनताको स्वतन्त्रतामाथि रोक लगाउने प्रवृत्ति देखाइरहेको छ,’ उनले भने। उनले यस्ता प्रवृत्तिले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खतरा उत्पन्न गराएको दाबी गरे। बाढीपहिरोको विषयमा बोल्दै उनले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको उद्धार कार्यमा ढिलासुस्ती भएको भन्दै आपत्ति जनाए। उनले राज्यले विपत्‌मा नागरिकको जीवनरक्षा गर्न नसकेको र उद्धार कार्यमा आधुनिक प्रविधि तथा जनशक्तिको पर्याप्त परिचालन नगरेको आरोप लगाए। नेकपाले कात्तिक ७ गतेदेखि मङ्सिर २५ गतेसम्म सञ्चालन गर्ने यो अभियानमा संगठन विस्तार, राष्ट्रिय स्वाधीनताको रक्षा र जनजीविकासम्बन्धी समस्या समाधानलाई प्राथमिकता दिइएको छ। पार्टीका केन्द्रीय नेताहरू गाउँ र टोलसम्म पुगेर जनताका गुनासा सुन्ने र समाधानका लागि पहल गर्ने प्रचण्डले जनाए। अभियानमार्फत पार्टीलाई रूपान्तरण गर्दै समाजवादको आधार तयार पार्ने उद्देश्य रहेको उनको भनाइ छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

पछिल्लो २४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते
ताजा खबरJust now

पछिल्लो २४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का घटना भएका छन् । ती घटनामा परी आठ जना घाइते भएका छन् भने करिब रु २४ लाख १५ हजार बराबरको आर्थिक क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ६ गते बिहान १० बजेदेखि आज आजसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, लेक लाग्ने, पहिरो तथा ...

केन्द्रबिन्दु
देशभर २० विपद्का घटना, आठ जना घाइते
ताजा खबरJust now

देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ।देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का घटना भएका छन् । ती घटनामा परी आठ जना घाइते भएका छन् भने करिब रु २४ लाख १५ हजार बराबरको आर्थिक... ...

रातोपाटी
आफ्नै कमाइ, आफ्नै पहिचान : सिन्धुपाल्चोकका महिलाको स्वनिर्भरताको कथा
ताजा खबरJust now

आफ्नै कमाइ, आफ्नै पहिचान : सिन्धुपाल्चोकका महिलाको स्वनिर्भरताको कथा

परम्परागत कृषिमा सीमित महिलाहरू व्यवसायमा लागेर आत्मनिर्भर बन्दै छन् । चाडपर्वका बेला साढे ४ लाख रुपैयाँसम्म कमाइ गर्न थालेका उनीहरू आफ्नै पहिचान बनाउन सफल भएका छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play