देशभर १३ विपद्का घटना, एक जनाको मृत्यु, आठ घाइते

काठमाडौँ। देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । विपद्का घटनाबाट करिब रु १३ लाख २० हजार बराबरको आर्थिक क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ७ गते बिहान १० बजेदेखि कात्तिक ८ गतेसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, पहिरो तथा जनावरको आक्रमणलगायतका विपद्का घटना भएका हुन् । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार भोजपुर र मनाङमा सर्पदंशका घटना भएका छन् । त्यस्तै, पाँचथर, रौतहट, बारा, पर्सा, काठमाडौँ, गोरखा, नवलपरासी पश्चिम, बाँके र कञ्चनपुरमा आगलागीका घटना भएका छन् । बाँकेमा जनावरको आक्रमणसमेत भएको प्राधिकरणले जनाएको छ। विभिन्न जिल्लामा भएका यी घटनाबाट मानवीयसँगै भौतिक सम्पत्तिमा क्षति पुगेको छ । विपद्मा परी घाइते भएकामध्ये केहीको सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि अन्य जिल्लाका अस्पतालमा लगिएको छ । प्राधिकरणका अनुसार विपद्बाट भएको क्षतिको विवरण संकलन गर्ने तथा प्रभावित क्षेत्रमा आवश्यक व्यवस्थापन गर्ने कार्य भइरहेको छ । विपद्का घटनाबाट थप क्षति हुन नदिन सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ । प्राधिकरणले विपद्को जोखिम देखिएमा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गर्न र आधिकारिक सूचनाको पालना गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्नुका साथै आवश्यक सतर्कता अपनाउनसके सम्भावित जनधनको क्षति कम गर्न सकिने प्राधिकरणको सुझाव छ ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News
.gif)
देशभर १३ विपद्का घटना : एकको मृत्यु, आठ जना घाइते
काठमाडौँ, कात्तिक ८ गते । देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । विपद्का घटनाबा... ...

आधुनिक ल्याप्रोस्कोपिक शल्यक्रियामा सक्रिय डा. रूपा पनेरु
पोखरा । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रूपा पनेरु महिलाको स्वास्थ्य उपचार तथा आधुनिक ल्याप्रोस्कोपिक शल्यक्रियामा सक्रिय छिन्। एमबीबीएस र एमडी (प्रसूति तथा स्त्रीरोग) अध्ययन पूरा गरेकी उनी ६... ...

संघर्षको ‘हियाका कुडा’लाई छायाँदेवी–चेतनाथ गजल पुरस्कार
गजलकार कमल संघर्षको गजल कृति ‘हियाका कुडा’लाई छायाँदेवी–चेतनाथ गजल पुरस्कार–२०८२ प्रदान गरिएको छ। खस भाषामा लेखिएको उक्त कृति गजल विधामा पुर्‍याएको योगदानका लागि पुरस्कृत भएको हो। पुरस्कारको राशि रु १० हजार रहेको छ। पुरस्कारका संस्थापक जे सागरले आज आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरे। संघर्षको ‘हियाका कुडा’ यस ... ...

रिसाएका जनतालाई आकर्षित गर्छौं: प्रदीप पौडेल
तनहुँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र व्यापक एकता कायम भएको उल्लेख गर्दै असन्तुष्ट रहेका सबै पक्षलाई पनि एकताबद्ध बनाएर अघि बढ्न कांग्रेस तयार रहेको बताएका छन्। नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पौडेलले कांग्रेसलाई रूपान्तरण भएको अनुभूति जनतामाझ दिलाउने गरी पार्टी अघि बढ्ने बताए। उनले सबै पक्षसँग सहमति र सहकार्य गर्दै देशलाई समृद्ध ...


