Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

देशका विभिन्न भागमा आंशिक बदली र हल्का वर्षाको सम्भावना

Share:WhatsAppFacebookX (Twitter)Telegram
देशका विभिन्न भागमा आंशिक बदली र हल्का वर्षाको सम्भावना
Photo / Coverage: टक्सार

काठमाडौँ । देशका हिमाली तथा पहाडी भूभागमा आज आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका अधिकांश भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ । दिउँसो देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने र ती क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाको अनुमान छ । तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने अनुमान छ । राति मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका सबै भूभागमा आंशिक बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ । तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हल्का हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
छठअघि सिर्सिया नदी सफाइ अभियान
Latest NewsJust now

छठअघि सिर्सिया नदी सफाइ अभियान

काठमाडौँ । छठ पर्वलाई लक्षित गरी वीरगञ्जस्थित सिर्सिया नदीको सरसफाइ तथा प्रदूषण नियन्त्रण अभियान तीव्र पारिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सक्रियतामा सिर्सिया नदीको सरसफाइ, औद्योगिक प्रदूषण नियन्त्रण र... ...

रातोपाटी
सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना : एक विदेशीको मृत्यु, एक जना घाइते
Latest NewsJust now

सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना : एक विदेशीको मृत्यु, एक जना घाइते

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ८:११ मिनेटमा डाइनास्टिक एयर र फिस्टल एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेका हुन् । ...

कान्तिपुर
लुकिछिपी बस्दै आएका पाँच बंगलादेशी सशस्त्रको नियन्त्रणमा, अध्यागमनमा बुझाइयो
Latest NewsJust now

लुकिछिपी बस्दै आएका पाँच बंगलादेशी सशस्त्रको नियन्त्रणमा, अध्यागमनमा बुझाइयो

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँच विदेशी नागरिकलाई सशस्त्र प्रहरी बल, नेपालले नियन्त्रणमा लिएको छ। एपीएफ इन्टेलिजेन्स ब्यूरो र सशस्त्र प्रहरी बल, नेपाल नम्बर १८ गणको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि अध्यागमन विभागमा बुझाएको हो। नियन्त्रणमा पर्नेहरूमा बंगलादेशी नागरिक मोहम्मद कुर्वान अलि, जाहिंगिर आलम, रोनित रोय चौधरी, अकम अब्ल्लाह तथा बंगलादेशी मूलका ब्राजिलियन ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play