Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

देउसीभैलोबाट विद्यालयमा आइटी कक्षा सञ्चालन गर्ने पहल

Share:WhatsAppFacebookX (Twitter)Telegram
देउसीभैलोबाट विद्यालयमा आइटी कक्षा सञ्चालन गर्ने पहल
Photo / Coverage: टेक्नोलोजी खबर

भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारस्थित सगरमाथा माध्यमिक विद्यालयमा सूचना प्रविधि (आइटी) कक्षा सञ्चालन गर्ने उद्देश्यले देउसीभैलो कार्यक्रममार्फत रकम जम्मा गरिएको छ। विद्यालयमा प्रविधिमैत्री शिक्षाको विकास गर्दै विद्यार्थीलाई आधुनिक सूचना प्रविधिसम्बन्धी ज्ञान र सीप प्रदान गर्ने लक्ष्यका साथ स्थानीयवासीको सक्रियतामा सामूहिक देउसीभैलो कार्यक्रम सञ्चालन गरिएको हो। विद्यालयमा आइटी कक्षा सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन स्थानीयवासी, अभिभावक तथा विभिन्न क्षेत्रका व्यक्तिको सहभागितामा देउसीभैलो कार्यक्रम भइरहेको अरुण गाउँपालिका–७ का वडाध्यक्ष कुमार थापाले बताए। उनका अनुसार स्थानीय जनसहभागिता र सामूहिक प्रयासबाट विद्यालयको शैक्षिक विकासमा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। सोमबारबाट सञ्चालन गरिएको देउसीभैलो कार्यक्रमबाट करिब रु एक लाख रकम जम्मा भइसकेको वडाध्यक्ष थापाले जानकारी दिए। स्थानीयवासीको उत्साहजनक सहभागिताले विद्यालयमा आइटी कक्षा सञ्चालनका लागि आर्थिक स्रोत जुटाउने काम भइरहेको उनको भनाइ छ। ग्रामीण क्षेत्रका विद्यार्थीलाई सूचना प्रविधिसम्बन्धी शिक्षा प्रदान गर्न आवश्यक वातावरण निर्माण गर्ने लक्ष्यसहित देउसीभैलोबाट रकम जम्मा भइरहेको उनले बताए। विद्यालयमा आइटी कक्षा सञ्चालन भएपछि विद्यार्थीलाई कम्प्युटर तथा आधुनिक प्रविधिसम्बन्धी आधारभूत ज्ञान हासिल गर्न सहज हुने वडाध्यक्ष थापाले बताए। वर्तमान समयमा सूचना प्रविधिको महत्व बढ्दै गएको अवस्थामा विद्यालय तहदेखि नै विद्यार्थीलाई प्रविधिसम्बन्धी ज्ञान प्रदान गर्न आवश्यक रहेको बताइन्छ। स्थानीयवासीको जनसहभागितामा सञ्चालन भइरहेको देउसीभैलो कार्यक्रमले विद्यालयको शैक्षिक विकासमा सहयोग पुग्ने स्थानीयवासी टेकबहादुर बस्नेतले बताए। चाडपर्वका अवसरमा परम्परागत देउसीभैलो संस्कृतिको संरक्षण गर्दै सामुदायिक विद्यालयको विकासका लागि आर्थिक स्रोत जुटाउने अभियान सकारात्मक रहेको छ। स्थानीय अगुवा विमल खड्का, श्रीकुमार राई, लक्ष्मीप्रसाद अधिकारी, टेकबहादुर खड्कालगायतको अगुवाइमा देउसीभैलो कार्यक्रम सञ्चालन भइरहेको छ। स्थानीयवासीको सामूहिक प्रयासबाट विद्यालयमा प्रविधिमैत्री शैक्षिक वातावरण निर्माण गर्ने लक्ष्य राखिएको छ। रासस The post देउसीभैलोबाट विद्यालयमा आइटी कक्षा सञ्चालन गर्ने पहल appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कम्प्युटरमा फिल्महरु वैध तरिकाले नि:शुल्क रुपमा कसरी डाउनलोड गर्ने, अपनाउनुहोस् यी तरिका
TechnologyJust now

कम्प्युटरमा फिल्महरु वैध तरिकाले नि:शुल्क रुपमा कसरी डाउनलोड गर्ने, अपनाउनुहोस् यी तरिका

अफलाइन हेर्नका लागि फिल्म डाउनलोड गर्दा आफ्नो कम्प्युटरमा भाइरस पस्ने जोखिम सधैं रहने गर्दछ। तर अब भने त्यो जोखिम उठाउनु पर्ने अवस्था हटेको छ। पछिल्ला दुई दशकमा फिल्म र टेलिभिजन कार्यक्रम हेर्ने तरिकामा ठूलो परिवर्तन आएको छ। पहिले फिल्म हेर्न प्रायः सिनेमा हल वा टेलिभिजनमै निर्भर हुनुपर्थ्यो। तर विद्युतीय उपकरणहरू एउटै काममा सीमित रहने अवस्थाबाट विभिन्न प्रयोजनका लागि प्रयोग हुन थालेपछि ...

टेक्नोलोजी खबर
नेपाल–मलेसिया द्विपक्षीय भेटवार्ता : डिजिटल कनेक्टिभिटी र प्रविधि सहकार्यमा जोड
TechnologyJust now

नेपाल–मलेसिया द्विपक्षीय भेटवार्ता : डिजिटल कनेक्टिभिटी र प्रविधि सहकार्यमा जोड

काठमाडौं । कतारको दोहामा जारी अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलन (आइटियू पिपि २६) को अवसरमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र मलेसियाका समकक्षी मन्त्रीबिच द्विपक्षीय भेटवार्ता भएको छ ।भेटमा ५जी तथा स्याटेलाइट सञ्चार, सुलभ इन्टरनेट सेवा, डिजिटल साक्षरता, डाटा प्रोटेक्सन, डिजिटल सुरक्षा र युवा जनशक्ति विकास लगायत विषयमा अनुभव आदानप्रदान तथा सहकार्यको सम्भावनाबारे छलफल भएको छ ।मन्त्री तिमिल्सिनाले नेपालले डिजिटल ...

आइसिटी समाचार
डिजिटल विद्यालय बनाउने अभियानमा देउसीभैलो, १७ लाखभन्दा बढी सहयोग जुट्यो
TechnologyJust now

डिजिटल विद्यालय बनाउने अभियानमा देउसीभैलो, १७ लाखभन्दा बढी सहयोग जुट्यो

सिन्धुपाल्चोक । ग्रामीण क्षेत्रका विद्यार्थीलाई प्रविधिमैत्री वातावरणमा गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यले सिन्धुपाल्चोकको थाङ्पाल भ्याली माध्यमिक विद्यालयले सञ्चालन गरेको देउसीभैलो अभियानबाट १७ लाख २१ हजार रुपैयाँ बराबरको सहयोग संकलन भएको छ ।पाँचपोखरी थाङ्पाल गाउँपालिका ४ स्थित बागमती प्रदेशको नमूना विद्यालयले डिजिटल विद्यालय निर्माणका लागि आयोजना गरेको कार्यक्रममा १० लाख ८१ हजार रुपैयाँ नगद र ६ लाख ४० हजार रुपैयाँ मूल्य ...

आइसिटी समाचार
एआईबाट सीईओ र वकिलकै नक्कली आवाज बनाएर १२ करोड ९० लाख डलर ठगी, तीन जनाविरुद्ध मुद्दा
TechnologyJust now

एआईबाट सीईओ र वकिलकै नक्कली आवाज बनाएर १२ करोड ९० लाख डलर ठगी, तीन जनाविरुद्ध मुद्दा

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको दुरुपयोग गर्दै विभिन्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र वकिलको नक्कली आवाज तथा अनुहार बनाएर करोडौँ डलर ठगी गरेको आरोपमा अमेरिकामा तीन जनाविरुद्ध मुद्दा दायर भएको छ ।अमेरिकी अभियोजनकर्ताहरूका अनुसार उनीहरूले १८ महिनाभन्दा बढी समय लगाएर विश्वभरका हजारौँ कम्पनीलाई निशाना बनाउँदै करिब १२ करोड ९० लाख अमेरिकी डलर ठगी गरेका थिए । अभियुक्तहरूमाथि विद्युतीय ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play