दूषित पानीका कारण दक्षिण अफ्रिकामा ५०० भन्दा बढी बिरामी

जोहानेसबर्ग।दक्षिण अफ्रिकाका दुई सहरमा दूषित पानीका कारण ५०० भन्दा बढी व्यक्ति बिरामी परेका छन्। प्रभावितमध्ये अधिकांश चार वर्षमुनिका बालबालिका छन्। अधिकारीहरूले सुरक्षित पानी मात्र प्रयोग गर्न आग्रह गरेका छन्। राजधानी प्रिटोरियाको पूर्वी क्षेत्रमा ४०८ जना बिरामी परेपछि धाराको पानी प्रयोग नगर्न चेतावनी जारी गरिएको थियो। पानी प्रशोधन केन्द्रमा करिब तीन सातासम्म क्लोरिन प्रयोग नगरिँदा पानी असुरक्षित बनेको अधिकारीहरूले बताएका छन्। नियमित आपूर्तिकर्ताबाट क्लोरिन प्राप्त नभएको नगरपालिकाको भनाइ छ। ब्रोन्खोर्स्टस्प्रुट नदीको माथिल्लो क्षेत्रमा फोहोर पानी प्रशोधन प्रभावकारी नहुँदा नदी दूषित भएको पनि अधिकारीहरूले बताएका छन्।पानीको गुणस्तरबारे समयमै जानकारी नदिइएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनापछि विभिन्न राजनीतिक दलले मेयर नासिफी मोयाको राजीनामा र जिम्मेवार अधिकारीलाई कारबाही गर्न माग गरेका छन्। यसैबीच, पूर्वी केप प्रान्तको ग्केबेरास्थित रोड्स विश्वविद्यालयका कम्तीमा १११ विद्यार्थी पनि पेट दुख्ने र पखाला लाग्ने जस्ता समस्याबाट बिरामी परेका छन्। विश्वविद्यालयले पानीको खराब गुणस्तरका कारण प्रकोप फैलिएको हुन सक्ने आशंकामा अनुसन्धान गरिरहेको जनाएको छ। गम्भीर बिरामी विद्यार्थी उपचारपछि क्याम्पस फर्किएका छन्। विश्वविद्यालयले विद्यार्थी तथा कर्मचारीलाई पानी उमालेर चिस्याएपछि वा बोतलको पानी मात्र पिउन, खाना पकाउन र दाँत माझ्न सुरक्षित पानी प्रयोग गर्न तथा साबुन पानीले नियमित हात धुन आग्रह गरेको छ। –रासस /एपी
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

खोटाङमा आगलागी हुँदा १६ लाख ५५ हजार बराबरको क्षति
विद्युत् सर्ट भएर आगलागी हुँदा मंगलटार घुर्चुमा घर, मतान र बाख्रा खोर जलेर नष्ट भएका छन् । ...
एनपिएलको तेस्रो संस्करणको टिकट मूल्य सार्वजनिक, आज राति ८ बजेदेखि बिक्री खुला
• एनपिएलको तेस्रो संस्करणका लागि टिकट मूल्य सार्वजनिक, साधारण टिकट ५०० र प्रिमियम टिकट १,००० रुपैयाँ। • इलिमिनेटर र फाइनल खेलका लागि साधारण टिकट १,००० र प्रिमियम टिकट २,००० रुपैयाँमा उपलब्ध। • टिकट आज राति ८ बजेदेखि इसेवामार्फत खरिद गर्न सकिनेछ, प्रतियोगिता अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुनेछ। ...

एनपीएलको टिकट मूल्य सार्वजनिक, ५०० देखि २ हजारसम्म
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलहरूको टिकट मूल्य सार्वजनिक गरेको छ। क्यानले लिग चरणका खेलका लागि साधारण टिकट ५०० रुपैयाँ र प्रिमियम टिकट एक हजार रुपैयाँ निर्धारण गरेको छ। त्यसैगरी, इलिमिनेटर तथा फाइनल खेलका लागि साधारण टिकटको मूल्य एक हजार रुपैयाँ र प्रिमियम टिकटको मूल्य दुई हजार रुपैयाँ निर्धारण गरिएको क्यानले ...

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार, गत वर्ष भन्दा १५ प्रतिशत बढी
सुनसरी । बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष रु २६ करोड २५ लाख बराबरको खसीबोका कारोबार भएको छ । कोशी प्रदेशका पहाडी जिल्लाबाट किसान तथा व्यापारीले बिक्रीका लागि ल्याएका खसीबोकाको माग बढेपछि गत वर्षको तुलनामा यसवर्ष करिब १५ प्रतिशतले कारोबार वृद्धि भएको कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । गत वर्ष २०८२ को दसैँमा कृषिउपज बजारबाट रु २३ करोड ...


