Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दूधको मूल्यमा किसान मारमा

दूधको मूल्यमा किसान मारमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
दूधको मूल्यमा किसान मारमा

दाङ।दाङका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन्। पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका हुन्। दूध उत्पादन गर्ने किसानले उचित मूल्य नपाउने र उपभोक्ताले भने तुलनात्मक रूपमा महँगो मूल्य तिर्नुपर्ने अवस्थाले दूधको मूल्य शृङ्खलामा समस्या रहेको देखिएको छ। उत्पादनदेखि उपभोक्तासम्म पुग्ने क्रममा हुने लागत र मुनाफाको पारदर्शी विवरण सार्वजनिक हुनुपर्ने किसानहरूको माग छ। किसानलाई उत्पादनमा प्रोत्साहन गर्ने हो भने दूधको उचित मूल्य सुनिश्चित गर्नुपर्ने उनीहरूको भनाइ छ। किसानबाट न्यून मूल्यमा दूध खरिद गर्ने डेरी तथा व्यवसायीले उपभोक्तालाई महँगोमा बिक्री गर्दा उत्पादनकर्ता र उपभोक्ता दुवै प्रभावित भएका छन्। घोराही उपमहानगरपालिका–२ रामपुरमा ग्रिन लक्ष्मी गाई तथा भैंसी फार्म सञ्चालन गर्दै आएका गोपाल खनालले दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन गर्छन्। उत्पादित दूधमध्ये करिब ६५ लिटर डेरीलाई बिक्री गर्ने गरेका छन् भने बाँकी दूध घरघरमा उपभोक्तालाई बिक्री गर्दै आएको बताउँछन्। खनालका अनुसार डेरीलाई दूध बिक्री गर्दा भैंसीको दूधको प्रतिलिटर रु ७५ भन्दा बढी मूल्य पाउने अवस्था छैन। गाईको दूधको मूल्य भने प्रतिलिटर ६५ रुपैंयाँ मूल्य पाउने गरेका छन्। तर, त्यही दूध डेरी व्यवसायीले उपभोक्तालाई प्रतिलिटर एक सय रुपैंयाँसम्ममा बिक्री गर्ने गरेका छन्। गाई र भैँसीको दूध छुट्टाछुट्टै उत्पादन लागत भए पनि उपभोक्ताले भने दुवै प्रकारको दूधका लागि करिब समान मूल्य तिर्नुपर्ने अवस्था रहेको उनले बताए। “मूल्य निर्धारण गर्दा कृषकको सहभागिता समेत गराइँदैन,” उनले भने। दूध उत्पादनमा लाग्ने दाना, चोकर, घाँस, औषधि तथा पशु उपचारलगायतको खर्च बढ्दै गए पनि किसानले पाउने मूल्य सोही अनुसार वृद्धि हुन नसकेको उनले बताए। उत्पादन लागत बढ्दै जाँदा किसानको आम्दानी घट्ने अवस्था आएको उनको भनाइ छ। किसानको लागत बढे पनि दूधको मूल्यमा अपेक्षित वृद्धि नभएको अवस्थामा डेरी व्यवसायीले भने दूधबाट उत्पादन हुने दही, पनिर र घीउको मूल्य बढाएका छन्। व्यवसायी समिति घोराहीले असोज १५ गतेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेका हुन्। लागत वृद्धि भएको कारण देखाउँदै ती वस्तुको मूल्य बढाएको जनाएका छन्। हाल दही प्रतिलिटर १४० रुपैंयाँ, पनिर प्रतिकिलो ९०० रुपैंयाँ र घ्यू प्रतिकिलो एक हजार ४५० रुपैंयाँ बनाएका छन्। घोराहीका एक कृषकले प्रतिलिटर ७० रुपैंयाँदेखि ७५ रुपैंयाँसम्ममा दूध बिक्री गर्ने गरेको बताउँछन्। आफैले मोटरसाइकलमा सम्बन्धित स्थानसम्म दूध पुर्‍याउने भएकाले प्रतिलिटर ७५ रुपैंयाँसम्म मूल्य पाउने गरेको उनको भनाइ छ। तर, दूध बजारसम्म पुर्‍याउँदा हुने यातायात खर्च, समय र श्रमका कारण वास्तविक आम्दानी अझ कम हुने गरेको बताए। लगानी र श्रम गरे पनि मूल्य निर्धारणमा आफूहरूको भूमिका कमजोर रहेको किसानको गुनासो छ। पशुपालनका लागि आवश्यक दाना, औषधि, श्रमिक, विद्युत्, पानी तथा पशु स्वास्थ्य सेवाको लागत बढ्दै गए पनि दूधको मूल्य भने लागतअनुसार समायोजन हुन नसकेको उनीहरूको भनाइ छ। किसानहरूले दूधको मूल्य निर्धारण गर्दा उत्पादन लागतको वैज्ञानिक हिसाब गर्नुपर्ने, किसानको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने र बजारसम्म दूध पुर्‍याउँदा लाग्ने खर्चको पनि मूल्याङ्कन गर्नुपर्ने माग गरेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

बंगालको खाडीमा शक्तिशाली चक्रवात बन्दै,यी ४ दिन नेपालमा वर्षा र हिमपातको सम्भावना
ताजा खबरJust now

बंगालको खाडीमा शक्तिशाली चक्रवात बन्दै,यी ४ दिन नेपालमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी बुधबारदेखि शनिबारसम्म नेपालका धेरै भूभागमा वर्षा र हिमपात हुने भन्दै सचेत रहन आग्रह गरेको छ। बंगालको खाडीमा न्यूनचापीय क्षेत्र विकास भइरहेको र यसको प्रभाव नेपालमा पनि पर्ने भएकाले कात्तिक ११ गते बुधबारदेखि १५ गते आइतबारसम्म नेपालको मौसम प्रभावित हुन सक्ने मौसमविद् रोजन लामिछानेले बताए। ‘बंगालको खाडीमा न्यून चापिय प्रणालीको विकास भइरहेको छ,’ मौसमविद् लामिछानेले भने, ‘आगामी ...

कर्पोरट खबर
अडीले अमेरिकामा पहिलो कारखाना खोल्न ४.२ अर्ब डलर लगानी गर्ने
ताजा खबरJust now

अडीले अमेरिकामा पहिलो कारखाना खोल्न ४.२ अर्ब डलर लगानी गर्ने

वासिङ्टन । जर्मन कार निर्माता कम्पनी अडीले अमेरिकामा आफ्नो पहिलो कारखाना निर्माण गर्न चार दशमलव दुई अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । उक्त कारखानाबाट वार्षिक दुई लाख सवारीसाधन उत्पादन हुनेछन् । अडीले विज्ञप्तिमार्फत लगानीको पुष्टि गर्दै प्रस्तावित कारखानाबाट करिब चार हजार ५०० रोजगारी सिर्जना हुने जनाएको छ । अमेरिकामा नोभेम्बर ३ मा हुने ...

केन्द्रबिन्दु
एनपीएल खेल्न नेपाल आइपुगे शाकिब अल हसन
ताजा खबरJust now

एनपीएल खेल्न नेपाल आइपुगे शाकिब अल हसन

काठमाडौँ । बङ्गलादेशका अनुभवी अलराउन्डर शाकिब अल हसन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न नेपाल आइपुगेका छन् । उनी यस सिजन पोखरा एभेन्जर्सबाट खेल्दैछन् । ३९ वर्षीय शाकिबको आगमनसँगै... ...

रातोपाटी
बैतडीमा भूकम्प धक्का महसूस
ताजा खबरJust now

बैतडीमा भूकम्प धक्का महसूस

बैतडी – बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्पको धक्का महसूस भएको छ । आईतबार दिउँसो १ बजेर ६ मिनेटमा भूकम्प भएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ राजेश शर्माका अनुसार ऐरीगाउँ केन्द्रबिन्दु भएर भूकम्प भएको हो । बैतडीसहित सुदूर पहाडमा भूकम्पको धक्का महसूस गरिएको थियो । ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play