अडीले अमेरिकामा पहिलो कारखाना खोल्न ४.२ अर्ब डलर लगानी गर्ने

वासिङ्टन । जर्मन कार निर्माता कम्पनी अडीले अमेरिकामा आफ्नो पहिलो कारखाना निर्माण गर्न चार दशमलव दुई अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । उक्त कारखानाबाट वार्षिक दुई लाख सवारीसाधन उत्पादन हुनेछन् । अडीले विज्ञप्तिमार्फत लगानीको पुष्टि गर्दै प्रस्तावित कारखानाबाट करिब चार हजार ५०० रोजगारी सिर्जना हुने जनाएको छ । अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनभन्दा १० दिनअघि आयोजित चुनावी सभामा ट्रम्पले शनिबार जर्जिया राज्यमा अटोमोबाइल उत्पादन क्षेत्रमा ठूलो लगानीको घोषणा गर्न पाउँदा उत्साहित भएको बताए । उनले जर्जियाको मेकोन सहरनजिकै अडीले चार दशमलव दुई अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै अर्को महिनादेखि कारखाना निर्माण सुरु हुने र त्यहाँबाट वार्षिक दुई लाख कार उत्पादन हुने बताए । यद्यपि, फोक्सवागन समूहको एक हिस्सा रहेको अडीले जारी गरेको विज्ञप्तिअनुसार कारखानाको निर्माण आगामी वर्ष सुरु हुनेछ भने उत्पादन सन् २०३० को दशकको सुरुतिर थालिनेछ । कम्पनीले यो लगानीले अमेरिकासँगको दीर्घकालीन प्रतिबद्धता दर्शाउने जनाएको छ । साथै, युरोप र चीनपछि उत्तर अमेरिकालाई आफ्नो विश्वव्यापी उत्पादन सञ्जालको तेस्रो प्रमुख आधारका रूपमा विकास गर्ने लक्ष्य राखेको छ । जर्मन अटो उद्योगको प्रमुख कम्पनी फोक्सवागन समूहले अमेरिकी भन्सार शुल्क, चिनियाँ उत्पादकसँगको प्रतिस्पर्धा र युरोपमा अस्थिर मागलगायत चुनौतीको सामना गरिरहेको छ । फोक्सवागन समूहअन्तर्गतका १० ब्रान्डमा, विशेषगरी फोक्सवागन, अडी र पोर्शमा, करिब ५० हजार रोजगारी कटौती गर्ने सहमति भइसकेको छ । लागत घटाउन विश्वभर थप ५० हजार रोजगारी कटौती गर्नुपर्ने अवस्था आउन सक्ने कम्पनीले जनाएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजा अर्चना
भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजा अर्चना गरेका छन् । भक्तपुरको नवदुर्गा... ...

सवारी दुर्घटनामा एकको मृत्यु
भक्तिविलास पोखरेलगाईघाट, कात्तिक ८ गते । उदयपुरको त्रियुगा नगरपालिका –११ संगम टोलस्थित इनार चोकमा स्कुटरले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। गाईघाटको पिपलचोकतर्फ आउँदैगरेक... ...

भोजपुरबाट बराहक्षेत्र जाँदै गरेको जेटबोट दुर्घटना, एक बालक बेपत्ता
भोजपुर । भोजपुरको हसनपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ जाँदै गरेको जेटबोट दुर्घटना हुँदा एक बालक बेपत्ता भएका छन्। प्रारम्भिक जानकारीअनुसार जेटबोटमा सवार १३ जनामध्ये १२ जनाको उद्धार गरिएको छ भने एक बालक अझै बेपत्ता छन्। हतुवागढी गाउँपालिका–९ हसनपुरका वडाध्यक्ष सञ्जल राईले घटनाको पुष्टि गर्दै दुर्घटनापछि १२ जनाको उद्धार गरिएको र एक बालक बेपत्ता रहेको प्रारम्भिक जानकारी प्राप्त भएको बताएका छन्। घटनाबारे थप विवरण आउन ...

कर्णाली याक्समा मार्क वाटको इन्ट्री, एनपीएल खेल्न नेपाल आए
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्समा अनुबन्ध भएका स्कटल्यान्डका अलराउन्डर मार्क वाट नेपाल आइपुगेका छन् । ३० वर्षीय वाट आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रालिका प्रतिनिधिले विमानस्थलमा स्वागत गरेका थिए । वाटले स्कटल्यान्डका लागि ८३ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै ९४ विकेट […] ...


