दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु हुनेको संख्या १९ पुग्यो

काठमाडाैं । भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकातामा आयोजित दुर्गा पूजा महोत्सवका क्रममा भएको भागदौडमा परी मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । शनिवार भएको उक्त दुःखद् घटनामा घाइते भएका २५ जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ भने तीमध्ये एक जनाको अवस्था अत्यन्त गम्भीर रहेको अधिकारीहरूले जनाएका छन् । वार्षिक रूपमा मनाइने दुर्गा पूजाको अवसरमा हजारौँ श्रद्धालुहरूको उपस्थिति रहेको धार्मिक समारोहमा अचानक भागदौड मच्चिएको थियो । ज्यान गुमाउनेहरूमा अधिकांश महिला तथा बालबालिका रहेको पश्चिम बङ्गालका मुख्यमन्त्रीले आईतवार औपचारिक पुष्टि गर्नुभएको छ । प्रत्यक्षदर्शी तथा स्थानीय प्रशासनकाअनुसार भारी वर्षाका बीच पूजा मण्डपमा जम्मा भएको अत्यधिक भीड अनियन्त्रित हुन पुग्दा यो अप्रिय घटना घटेको हो । मुख्यमन्त्रीले घटनाको कारणबारे जानकारी दिँदै प्राकृतिक वर्षाका साथै आयोजकहरूको तर्फबाट व्यवस्थापनमा केही गम्भीर कमजोरीहरू भएको स्वीकार गर्नुभएको छ । भीड व्यवस्थापन तथा पूर्वतयारी पर्याप्त नहुँदा मानवीय क्षति बढी हुन पुगेको प्रारम्भिक आँकलन गरिएको छ । यसैबीच, घटनापछि कोलकाता प्रहरीले अनुसन्धान प्रक्रियालाई तिब्र बनाएको छ । सुरक्षामा गम्भीर लापरबाही गरेको आशङ्कामा पूजा आयोजक समिति र त्यहाँ खटिएका निजी सुरक्षा गार्डसहित करिब १० जनालाई नियन्त्रणमा लिएर सोधपुछ शुरु गरिएको छ । प्रहरी र प्रशासनले सम्पूर्ण घटनाको प्राविधिक तथा व्यवस्थापकीय पक्षबाट अनुसन्धान अघि बढाएको छ । मुख्यमन्त्रीले छानबिनका क्रममा जो-कोही दोषी ठहरिए पनि कडा कानुनी कारबाहीको दायरामा ल्याइने स्पष्ट पार्नुभएको छ । अस्पतालमा भर्ना गरिएका घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको सम्पूर्ण प्रबन्ध मिलाइएको स्थानीय प्रशासनले जनाएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

दसैँमा मासु खाँदा घाँटीमा अड्कियो भने यी काम झुक्किएर पनि नगर्नुहोस् !
काठमाण्डु– दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा जलन, एसिड रिफ्लक्स तथा निल्न असहज हुने समस्या देखिन सक्ने भएकाले खानपानमा सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् । बढी चिल्लो र बोसोयुक्त मासु खाँदा केही व्यक्तिमा एसिड रिफ्लक्सको समस्या बढ्न सक्छ । मासु खाँदा हड्डी वा मासुको टुक्रा घाँटीमा अड्किएमा गम्भीर समस्या आउन सक्ने […] ...

यी चार माग एक हप्ताभित्र पूरा गर्न सरकारलाई डा गोविन्द केसीको अल्टिमेटम
डा गोविन्द केसीले न्यूनतम पूर्वाधार र जनशक्तिबिनै गेटा मेडिकल विश्वविद्यालयलाई एमबीबीएस कार्यक्रम सञ्चालन गर्न अनुमति दिने निर्णय खारेज, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष्य बर्खास्त गरिनुपर्नेलगायत चार माग पूरा गर्न सरकारलाई एक हप्ताको अल्टिमेटम दिएका छन्। सोमबार विज्ञप्ति जारी गरी उनले २४औँ सत्याग्रहका क्रममा २०८३ साउन ११ गते सरकारसँग गरिएको सहमति कार्यान्वयनसहित चा... ...

चाडपर्वमा घर फर्किएका प्रवासी नेपालीको फेरि कर्मथलो फर्किनुपर्ने चिन्ता
दशैँको टीका र तिहारको रमझमसँगै घरपरिवारसँग माया साट्न भारतबाट नेपालीहरू स्वदेश फर्किरहेका छन्।तर उनीहरूको मनमा चाडबाडको खुसीसँगै फेरि भारत फर्किनै पर्छ नत्र कसरी परिवारको गुजारा चलाउने भन्ने चिन्ता पनि उत्तिकै छ।रोजगारीका लागि भारतमा पसिना बगाइरहेका धेरै नेपालीका लागि चाडपर्व मनाउन देश फर्किए पनि आर्थिक जोहोका लागि कर्मथलो फर्किने अवस्थाले मन नरमाइलो बनाउँछ। नेपालगञ्जस्थित जमुनाहा नाकामा भेटिने प्रवासी नेपालीका अनुभवले त्यस्तै ...

१२ वर्षपछि लाग्ने ‘बोन मेला’ तथा तीर्थयात्रा : जगदुल्ला ताल क्षेत्रमा देखिएको रौनक
सुर्खेत । डोल्पाको जगदुल्ला गाउँपालिका–१ हिमालय क्षेत्रमा रहेको जगदुल्ला तालमा १२ वर्ष पछि लाग्ने वोन मेला तथा तीर्थयात्रा सम्पन्न भएको छ । सोमबार सकिएको उक्त मेला तथा तीर्थयात्रा रहेको ठाउँमा राक्षस, प्रेम तथा जगदुल्ला तालहरु रहेका छन् । धार्मिक तथा सांस्कृतिक विधिअनुसार सम्पन्न भएको जगदुल्ला तीर्थयात्रा तथा मेलाले डोल्पा र समग्र कर्णाली प्रदेशको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पहिचानलाई पुनः उजागर गरेको ...


