Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दुई विमान एकैपटक दुर्घटना हुँदा चार पाइलटको मृत्यु

दुई विमान एकैपटक दुर्घटना हुँदा चार पाइलटको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
दुई विमान एकैपटक दुर्घटना हुँदा चार पाइलटको मृत्यु

मनिला । उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा एसएफ–२६० विमान दुर्घटनाग्रस्त हुँदा फिलिपिन्स वायुसेनाका चार पाइलटको मृत्यु भएको छ । वायुसेनाले शनिबार यसको पुष्टि गरेको हो । वायुसेनाका अनुसार, स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित एक हवाई आधारनजिकै ती विमान दुर्घटनामा परेका थिए । दुर्घटनाको कारण पत्ता लगाउन वायुसेनाले आफ्ना सबै एसएफ–२६० विमानको उडान तत्कालका लागि स्थगित गरेको छ । एसएफ–२६० हल्का विमान हो, जसलाई फिलिपिन्स वायुसेनाले पाइलट प्रशिक्षणका लागि प्रयोग गर्दै आएको छ । यसअघि गत मे २० मा पनि उत्तरी फिलिपिन्सकै बेन्गुएट प्रान्तमा एउटा एसएफ–२६० विमान दुर्घटनाग्रस्त हुँदा दुई पाइलटको मृत्यु भएको थियो । -सिन्ह्वा

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

पछिल्लो २४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते
ताजा खबरJust now

पछिल्लो २४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का घटना भएका छन् । ती घटनामा परी आठ जना घाइते भएका छन् भने करिब रु २४ लाख १५ हजार बराबरको आर्थिक क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ६ गते बिहान १० बजेदेखि आज आजसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, लेक लाग्ने, पहिरो तथा ...

केन्द्रबिन्दु
देशभर २० विपद्का घटना, आठ जना घाइते
ताजा खबरJust now

देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ।देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का घटना भएका छन् । ती घटनामा परी आठ जना घाइते भएका छन् भने करिब रु २४ लाख १५ हजार बराबरको आर्थिक... ...

रातोपाटी
आफ्नै कमाइ, आफ्नै पहिचान : सिन्धुपाल्चोकका महिलाको स्वनिर्भरताको कथा
ताजा खबरJust now

आफ्नै कमाइ, आफ्नै पहिचान : सिन्धुपाल्चोकका महिलाको स्वनिर्भरताको कथा

परम्परागत कृषिमा सीमित महिलाहरू व्यवसायमा लागेर आत्मनिर्भर बन्दै छन् । चाडपर्वका बेला साढे ४ लाख रुपैयाँसम्म कमाइ गर्न थालेका उनीहरू आफ्नै पहिचान बनाउन सफल भएका छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play