दुई दिन महाअष्टमी,आज पनि दुर्गा पूजा गर्नुपर्ने

काठमाडौं । यस वर्ष नवरात्रमा तिथि वृद्धि भएर अष्टमी दुई दिन परेकाले दुवै दिन महाअष्टमीका पूजा तथा धार्मिक कर्म गर्नुपर्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ । समितिका पूर्वसदस्य तथा वाल्मिकी विद्यापीठको धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईका अनुसार कात्तिक १ गते महाअष्टमीका दिन गरिएका पूजा तथा कर्मलाई कात्तिक २ गते पनि दशैँघर वा पूजा कोठामा दोहोर्याउनुपर्नेछ । कात्तिक २ गते नवरात्रको नवौँ दिन भए पनि महाअष्टमीकै विधिअनुसार नवदुर्गामध्ये आठौँ देवी महागौरीको पूजा–आराधना गर्नुपर्ने उहाँले बताउनुभयाे । अन्य धार्मिक कर्मसमेत अष्टमीकै दिन गरिने विधिअनुसार दोहोर्याउनुपर्ने उनको भनाइ छ । यद्यपि, आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गतेकै राति गर्नुपर्ने समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ । अष्टमी तिथि दुई दिन परेकाले यस वर्षको नवरात्र दशरात्र बन्न पुगेको छ। त्यसैले विजयादशमीका दिन टीका लगाउँदा १० रातका जमरा लगाइनेछन्। देवीको साधना, पूजा तथा आराधनाका लागि एक दिन थपिँदैमा धार्मिक विधिमा कुनै फरक नपर्ने धर्मशास्त्रविद्हरूको भनाइ छ। हनुमानढोकामा सोमबार राति कालरात्रि पूजा राज्यका तर्फबाट हनुमानढोकामा गरिने कालरात्रि पूजा भने सोमबार राति कात्तिक २ गते हुने भएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाकी कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार समितिसँगको परामर्श र तलेजुका पुजारीको परम्परागत विधिअनुसार उक्त पूजा गर्ने निर्णय भएको हो । हनुमानढोकामा महाअष्टमीको पूजा सम्पन्न गरेपछि त्यसको भोलिपल्ट महानवमीको पूजा तथा अन्य धार्मिक कर्म गर्ने परम्परा रहेकाले यस्तो व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयाे । हनुमानढोकास्थित दशैँघरमा कात्तिक १ गते आइतबार महाअष्टमीको सामान्य पूजा गरिएको थियो। मूल पूजा भने सोमबार गरिने दरबार हेरचाह अड्डाले जनाएको छ । महाअष्टमीको राति हनुमानढोका दरबारमा १०८ पशुको बलिसहित विशेष पूजा तथा आराधना गर्ने परम्परा रहिआएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

आनी छोइङको नियुक्तिविरुद्ध नागरिक अभियान, छानबिन नसकिँदै पद दिएकोमा प्रश्न
काठमाडौं । ग्यालिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयमाथि राष्ट्रिय जेनजी–नागरिक अभियानले प्रश्न उठाएको छ । अभियानले उनीमाथि नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका विषय विचाराधीन रहेको दाबी गर्दै नियुक्ति तत्काल खारेज गर्न माग गरेको छ । प्रवक्ता अजय सोडारीद्वारा जारी विज्ञप्तिमा नागरिकतासम्बन्धी विवाद र सम्पत्ति शुद्धीकरण अनुसन्धानको अवस्था स्पष्ट नभएको भन्दै यस्तो अवस्थामा संवेदनशील निकायको नेतृत्व ...

भारत छाड्न दिइएको नोटिसविरुद्ध अभिनेता इमरान खान उच्च अदालतमा
काठमाडौं । अभिनेता आमिर खानका भाञ्जा इमरान खानले भारत छाड्न दिइएको नोटिसविरुद्ध बम्बई उच्च अदालतमा निवेदन दिएका छन्। उनले उक्त नोटिस मनोमानी, गैरकानुनी र असंवैधानिक भएको दाबी गरेका छन् । भारतको विदेशी नागरिक दर्ता कार्यालयले इमरानलाई दोस्रो नोटिस पठाउँदै उनको भारतीय मूलका विदेशी नागरिक परिचयपत्र किन रद्द नगर्ने भन्दै १५ दिनभित्र जवाफ दिन भनेको छ । यसअघि उनलाई अक्टोबर २८ अघि ...

कालीमाटी बजारमा आज कुन तरकारीको मूल्य कति ?
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज गोलभेडा सानो (टनेल) प्रतिकिलो अधिकतम १२० रुपैयाँसम्म पुगेको छ... ...

पुटिनद्वारा ट्रम्प र सीसँग त्रिपक्षीय वार्ताको प्रस्ताव
रुस । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल गर्न आगामी महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग त्रिपक्षीय शिखर सम्मेलन गर्ने प्रस्ताव गरेका छन्... ...


