Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

दिल्लीमा प्रधानमन्त्री बालेन शाहको दोस्रो दिनको कार्यक्रम यस्तो छ

Share:WhatsAppFacebookX (Twitter)Telegram
दिल्लीमा प्रधानमन्त्री बालेन शाहको दोस्रो दिनको कार्यक्रम यस्तो छ
Photo / Coverage: बीबीसी नेपाली

PMO Nepal आफ्नो परिचित कालो चस्मा र कालै रङ्गको कोट, दौरा सुरुवाल र भादगाउँले टोपी लगाएर राजकीय भ्रमणमा दिल्ली आएका नेपालका प्रधानमन्त्री बालेन शाहले हैदरावाद हाउसमा सोमवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गर्ने वार्ता अर्थपूर्ण हुने अधिकारीहरूले बताएका छन्।नेपालका ३६ वर्षे युवा प्रधानमन्त्री शाह गएको मार्चमा सरकारको नेतृत्व गरेपछि पहिलो दुईपक्षीय विदेश भ्रमणका क्रममा आइतबार अपरान्ह दिल्ली आइपुगेका हुन्।सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि दुवै प्रधानमन्त्रीको उपस्थितिमा केही संयुक्त समझदारीपत्रहरूमा हस्ताक्षर गर्ने कार्यक्रम छ।दुवै प्रधानमन्त्रीले पत्रकारहरूको उपस्थितिमा सम्बोधन गर्ने कार्यक्रम छ जसलाई उत्सुकतापूर्वक हेरिएको छ। दिल्लीमा प्रधानमन्त्री बालेनसँग विदेशमन्त्री एस जयशङ्करको शिष्टाचार भेट, भ्रमणबाट बालेनले के सन्देश देलान्? नेपालका प्रधानमन्त्री बालेन र भारतीय विदेशमन्त्री एस जयशङ्‍करबीच 'दुईपक्षीय हितका विषयमा कुराकानी' भ्रमण सकेर प्रधानमन्त्री शाहसहितको प्रतिनिधिमण्डल सोमबार नै काठमाण्डू फर्कँदैछ। PMO/X भारतीय पक्षले प्रधानमन्त्री मोदीसँगका नेपाली प्रधानमन्त्रीको छलफललाई अभिरुचिपूर्वक हेरिरहेको सङ्केत पनि दिएको छ।प्रधानमन्त्री शाहसँग आइतवारसाँझ भेटेका भारतीय विदेश मन्त्री एस जयशङ्करले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, "नेपालका प्रधानमन्त्री बालेन शाहसँग भेट गर्न पाउनु मेरो सौभाग्य हो। भारत नेपालसँगको विशेष मित्रतालाई उच्च महत्त्व दिन्छ। भोली प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने वहाँको भेटघाट कार्यक्रमहरूलाई लिएर उत्सुक छु।"नेपाली पक्षले दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्य सम्बन्धी विभिन्न सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम रहेको भन्दै प्रधानमन्त्री मोदीसँगको भेटपछि विभिन्न समझदारीपत्रमा हस्ताक्षर हुने पनि उल्लेख गरेको छ।भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्मको रेल सेवाको उद्घाटन र भोटेकोशी त्रिशुली बाढीपछिको पुनर्निर्माण प्याकेजसम्मका विषयमा सहयोगका घोषणाहरू गरिने भनिएको छ। BBC प्रतिनिधिमण्डलस्तरबाहेक एक्ला एक्लै पनि दुई प्रधानमन्त्रीले छलफल गर्ने भनिएको छ। भ्रमण कार्यतालिका अनुसार हैदरवाद हाउसमा पुगेर तस्बिरहरू खिचाउने कार्यक्रम सम्पन्न भएपछि दुई प्रधानमन्त्रीबीच झन्डै ४५ मिनेट छलफल हुनेछ। त्यसपछि मात्रै प्रतिनिधिमण्डलको तहमा छलफल हुनेछ। सम्झौताहरूमा हस्ताक्षर गरेपछिभारतीय प्रधानमन्त्री मोदीले दिने दिवाभोजमा नेपाली प्रधानमन्त्री सहभागी हुनेछन्। सोमबारको कार्यक्रमयो छोटो राजकीय भ्रमणका सर्वाधिक महत्वका कार्यक्रमहरू सोमबारलाई तय गरिएको देखिन्छ। बिहानको सुरुवात प्रधानमन्त्री शाहले राष्ट्रपति भवनमा 'गार्ड अफ अनर' लिएर थाल्नेछन्। उक्त औपचारिक समारोहपछि राजघाट पुगेर महात्मा गान्धीको समाधिमा श्रद्धाञ्जली अर्पण गर्नेछन्।त्यहाँबाट प्रधानमन्त्री शाह र उनको प्रतिनिधिमण्डल हैदरावाद हाउस पुग्नेछन् जहाँ दुई देशका सरकारप्रमुखबीच वार्ता हुनेछ। उक्त कार्यक्रमपछि प्रधानमन्त्री शाहले राष्ट्रपति भवनमा गएर भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गर्नेछन् र त्यसपछि आजै उनको स्वदेश फर्कने कार्यक्रम छ। नेपालप्रति 'आशावादी' भगत सिंह कोश्यारी: 'ईपीजी प्रतिवेदन बनेयता कालिगंगामा धेरै पानी बगिसक्यो' नयाँ नेपाल, पुरानो छिमेकी: पहिलो भारत भ्रमणमा वालेन्द्र शाहको परीक्षण पहिले र अहिले के फरकइन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा भारतका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए। हात मिलाएर बाहिरिने क्रममा दुवैले प्रधानमन्त्री शाहको सम्मानमा विमानस्थलमा प्रस्तुत गरिएको सांस्कृतिक नृत्य अवलोकन गरेका थिए।सामाजिक सञ्जाल एक्समा प्रसादले लेखेका छन् सत्ता सम्हालेयता नेपालका प्रधानमन्त्रीले गरेको पहिलो भ्रमणले दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक र आर्थिक सम्बन्धमा नयाँ गति र ऊर्जा दिने उनको विश्वास छ।पहिलो दिन जम्मा एउटा औपचारिक शिष्टाचार भेटको कार्यक्रममा आफूलाई सिमित तुल्याएका प्रधानमन्त्री शाहको कार्यसूची उनका पूर्ववर्तीहरूको भ्रमणहरू भन्दा पृथक् छ। प्रधानमन्त्री शाहले नेपाल भारत सम्बन्धबारे आफ्नो दृष्टिकोण सम्भवत: सोमबार प्रधानमन्त्री मोदीसँगको भेटपछि सार्वजनिक रुपमा राख्नेछन्। Jitin Prasad/X आइतबार साँझ इन्डिया नेपाल बिज्नेश राउन्डटेबल नाम दिइएको दुई देशका उद्योगी व्यवसायी सहभागी कार्यक्रममा पनि प्रधानमन्त्री शाहले सहभागिता जनाएनन्। त्यसमा नेपालका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतकातर्फबाट उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसाद सहभागी थिए।भारतीय सञ्चारमाध्यमहरूलाई दिएको संक्षिप्त प्रतिक्रियामा अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री शाहको भ्रमण ऐतिहासिक हुने विश्वास व्यक्त गरेका थिए।भारतीय विदेशमन्त्री जयशङ्करसहितको टोलीसँगको भेटमा प्रधानमन्त्री शाहसँगै परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह र नयाँ दिल्लीस्थित नेपाली राजदूत निश्चलनाथ पाण्डे सहितका अधिकारी सहभागी थिए।आफ्ना मुख्य सल्लाहकार कुमार बेनसहित केही सल्लाहकार र विज्ञलाई भ्रमण दलमा सहभागी गराएका प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँगको छलफलमा ककसलाई सहभागी गराउँछन् भन्नेमा पनि चासो छ।भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालले विगतमा नेपालबाट आएका प्रधानमन्त्रीहरूसँग भेटवार्ता गर्ने गर्थे। यसपालि प्रधानमन्त्रीको तहमा त्यस्तो भेटवार्ता निर्धारण गरिएको देखिएको छैन। यसअघि जस्तो धार्मिकस्थलहरूका यात्रा र अन्य राज्यहरूको अवलोकन भ्रमणजस्ता कार्यक्रमहरू पनि समावेश छैनन्। बालेन शाहलाई 'बुझ्ने' प्रयासमा भारत, मोदीसँग 'केमिस्ट्री' मिल्ला? भारत भ्रमणमा प्रधानमन्त्री शाहको 'कूटनीतिक परीक्षाको सूची' के? बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
साझा आर्थिक समृद्धिको यात्रामा सहभागी हुन भारतीय लगानीकर्तालाई महासंघका अध्यक्ष श्रेष्ठको आह्वान
Latest NewsJust now

साझा आर्थिक समृद्धिको यात्रामा सहभागी हुन भारतीय लगानीकर्तालाई महासंघका अध्यक्ष श्रेष्ठको आह्वान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल लगानीका लागि खुला रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी, संयुक्त उद्यम तथा व्यावसायिक सहकार्यका अवसर उपयोग गरी साझा आर्थिक समृद्धिको यात्रामा सहभागी हुन आह्वान गर्नुभएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको विदेश भ्रमणका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघ (सीआईआई) को संयुक्त आयोजनामा नयाँ दिल्लीमा ...

कर्पोरट खबर
गौरिया धान खेती र चामल बिक्रीबाट वार्षिक चार लाख आम्दानी गर्दै चक्रपाणि
Latest NewsJust now

गौरिया धान खेती र चामल बिक्रीबाट वार्षिक चार लाख आम्दानी गर्दै चक्रपाणि

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–५ पीपलबोटका ६१ वर्षीय चक्रपाणि भण्डारीले गौरिया धान खेती र चामलको व्यापारबाट वार्षिक चार लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । पुख्र्यौली खेतीकिसानीलाई निरन्तरता दिएका भण्डारीले यस वर्ष ७० मुरी धान उत्पादन गरेका छन् । भण्डारी परिवार पीपलबोट क्षेत्रमा सबैभन्दा धेरै धान उत्पादन गर्ने किसानका रूपमा परिचित छ । उनले बाउबाजेको पालादेखि २३ रोपनी जग्गामा गौरिया ...

केन्द्रबिन्दु
नेपालका उद्योगको संरक्षणमा भारतको प्रोत्साहन आवश्यक छ: अध्यक्ष श्रेष्ठ
Latest NewsJust now

नेपालका उद्योगको संरक्षणमा भारतको प्रोत्साहन आवश्यक छ: अध्यक्ष श्रेष्ठ

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले नेपाल र भारतबीचको आर्थिक साझेदारीलाई थप बलियो बनाउनुपर्नेमा जोड दिएका छन्। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा आयोजित बिजनेस राउन्ड टेबलमा उनले दुई देशबीचको सम्बन्ध भूगोल र इतिहासले जोडेको उल्लेख गर्दै अब समृद्धिका लागि साझेदारी आवश्यक रहेको बताएका हुन्। अध्यक्ष श्रेष्ठले नेपाल-भारत आर्थिक सहकार्यका लागि व्यापार, पारवहन, सम्पर्क सञ्जाल, पूर्वाधार, ऊर्जा, लगानी र ...

नेपालन्युज
कोरोनापछि थलिएको निगाले सिमेन्ट उद्योग अझै सञ्चालनमा आउन सकेन
Latest NewsJust now

कोरोनापछि थलिएको निगाले सिमेन्ट उद्योग अझै सञ्चालनमा आउन सकेन

धनकुटा । आर्थिक संकट, कच्चा पदार्थको अभाव र उत्पादन लागत बढ्दै गएपछि बन्द भएको धनकुटाको एकमात्र ठूलो सिमेन्ट उद्योग ‘निगाले सिमेन्ट’ लामो समय बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । कोरोना महामारीसँगै बन्द भएको उद्योग पुनः सञ्चालन हुने सम्भावना न्यून देखिएपछि त्यहाँ कार्यरत १५० भन्दा बढी कर्मचारी तथा मजदुर बेरोजगार बनेका छन् । उद्योग बन्द हुँदा कोशी प्रदेशका पहाडी जिल्लामा सिमेन्ट ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement