Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दिनमा दुई क्यानभन्दा बढी इनर्जी ड्रिंक नपिउन विभागको आग्रह

दिनमा दुई क्यानभन्दा बढी इनर्जी ड्रिंक नपिउन विभागको आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
दिनमा दुई क्यानभन्दा बढी इनर्जी ड्रिंक नपिउन विभागको आग्रह

काठमाडौं । इनर्जी ड्रिंक दिनमा दुई क्यानभन्दा बढी सेवन नगर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्तालाई आग्रह गरेको छ। विभागले बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेहलगायतका बिरामी र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिंक सेवन नगर्न पनि सुझाव दिएको छ। विभागले बुधबार (कात्तिक ११) सूचना जारी गर्दै नेपालमा उत्पादित इनर्जी ड्रिंकमा प्रयोग गरिएको क्याफिनको मात्रा मानव उपभोगका लागि निर्धारित सुरक्षित सीमाभित्र रहेको जनाएको छ। विभागका अनुसार नेपालमा इनर्जी ड्रिंक उत्पादन तथा बिक्रीवितरणका लागि १७ वटा उद्योगले सम्बन्धित सरकारी निकायबाट अनुमति लिएका छन्। ती उद्योगका उत्पादनको लेबल विवरण र प्रयोगशाला परीक्षण प्रतिवेदनअनुसार प्रति क्यान १०० मिलिग्राम क्याफिन रहेको पाइएको छ। यो मात्रा विभागले उल्लेख गरेको सुरक्षित उपभोगको सीमाको २५ प्रतिशतभन्दा कम हो। इनर्जी ड्रिंक अल्कोहलरहित क्याफिनयुक्त पेय पदार्थ हो। यसमा क्याफिन, ग्वाराना, टाउरिन, बी–भिटामिन, चिनी, पानीलगायतका पदार्थ मिसाइएको हुन्छ। विभागले अन्तर्राष्ट्रिय वैज्ञानिक अध्ययन र अभ्यासका आधारमा स्वस्थ वयस्कले चिया, कफी, चकलेट र इनर्जी ड्रिंकसहित सबै स्रोतबाट लिने क्याफिनको कुल मात्रा दैनिक ४०० मिलिग्रामभन्दा बढी हुन नहुने जनाएको छ। विभागले सेवन गर्न मिल्ने व्यक्तिलाई एक दिनमा ३३० मिलिलिटरसम्मका दुई क्यानभन्दा बढी इनर्जी ड्रिंक नपिउन अनुरोध गरेको छ। साथै, इनर्जी ड्रिंकलाई पानी, जुस, दूध, मोहीजस्ता पौष्टिक पेय पदार्थको विकल्पका रूपमा प्रयोग नगर्न र अन्य पेय पदार्थमा मिसाएर सेवन नगर्न पनि आग्रह गरेको छ। इनर्जी ड्रिंक उत्पादक तथा विक्रेतालाई विज्ञापन गर्दा प्रचलित कानुनअनुसार आवश्यक अनुमति लिन र उत्पादनको लेबलमा उल्लेख गरिएका चेतावनी तथा सुरक्षित उपभोगसम्बन्धी सन्देशसमेत प्रसारण गर्न विभागले निर्देशन दिएको छ। खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्ने उद्देश्यले वैज्ञानिक तथ्य र अन्तर्राष्ट्रिय मापदण्डका आधारमा काम भइरहेको उल्लेख गर्दै विभागले इनर्जी ड्रिंकबारे समाचार सम्प्रेषण गर्दा तथ्यमा आधारित सूचना दिन सञ्चारमाध्यमलाई आग्रह गरेको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत कार्य गर्ने इनर्जी ड्रिंक उत्पादक तथा विक्रेतालाई कानुनअनुसार कारबाही गरिने विभागले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

एनपीएलकाे दाेस्राे अर्धशतक दीपेन्द्रकाे नाममा
ताजा खबरJust now

एनपीएलकाे दाेस्राे अर्धशतक दीपेन्द्रकाे नाममा

• नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले दोस्रो अर्धशतक बनाएका छन्। • ऐरीले पोखरा एभेन्जर्सको विरुद्ध ३६ बलमा ४ चाैका र २ छ्क्का सहित अर्धशतक पूरा गरे। • एनपीएलको पहिलो अर्धशतक चितवन राइनोजका डेभिड मलानको नाममा छ, जसले विराटनगर किङ्ग्सको विरुद्ध ४१ बलमा अर्धशतक हिर्काएका थिए। ...

नेपालबहस
क्यामरुनमा झडप हुँदा ४ सर्वसाधारणसहित ८ जनाको मृत्यु
ताजा खबरJust now

क्यामरुनमा झडप हुँदा ४ सर्वसाधारणसहित ८ जनाको मृत्यु

क्यामरुनको द्वन्द्वग्रस्त उत्तरपश्चिमी क्षेत्रमा सरकारी सेना र शङ्कास्पद पृथकतावादी लडाकुबिच भएको झडपमा चार सर्वसाधारण र चार लडाकुको मृत्यु भएको छ । सुरक्षा स्रोतका अनुसार, मङ्गलबार मेन्चुम डिभिजनअन्तर्गतको कोशिन गाउँमा उक्त... ...

रातोपाटी
भौतिक पूर्वाधार निर्माणका लागि चीनले दियो स्काभेटर
ताजा खबरJust now

भौतिक पूर्वाधार निर्माणका लागि चीनले दियो स्काभेटर

काठमाण्डु– चीन सरकारले अनुदानस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर मेसिन दिएकाे छ । गाउँपालिकाको पूर्वाधार विकास तथा निर्माणकार्यलाई तीव्रता दिने उद्देश्यले माग गरिएको उक्त मेसिन सिन्धुपाल्चोकस्थित तातोपानी नाकामा आयोजित एक कार्यक्रमबीच गाउँपालिकाले बुझेको हाे । तातोपानी नाकामा बुधवार आयोजित हस्तान्तरण कार्यक्रममा मेरिङदेन गाउँपालिकाका उपाध्यक्ष दुर्गाहाङ सिरेङ चोङ्बाङले चीन सरकारका प्रतिनिधिमण्डलसँग सम्झौतापत्रमा हस्ताक्षर गरी अनुदानमा प्राप्त स्काभेटर […] ...

काठमाण्डुपाटी
खेलमा उतारचढाव आउँछ, पहिलो हार दशा कटे जस्ते भयो : ईशान पाण्डे
ताजा खबरJust now

खेलमा उतारचढाव आउँछ, पहिलो हार दशा कटे जस्ते भयो : ईशान पाण्डे

काठमाडौँ। सुदूरपश्चिम रोयल्सका ब्याटर इसान पाण्डेले क्रिकेटमा हारजित र खेलको नतिजामा उतारचढाव आउनु सामान्य भएको बताएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) मा पछिल्ला दुई सिजनदेखि खेलको अन्तिम समयमा नतिजा उल्टिने गरेको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play