दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत

घोराही (दाङ) । दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको छ । घोराही उपमहानगरपालिका–१८ स्थित अम्बिकेश्वरी मन्दिर व्यवस्थापन समितिको आयोजनामा आज सराय नाच मेलाको सुरुआत गरिएको हो । यसको संरक्षणका लागि सराय नाचको सुरुआत निकै सकारात्मक रहेको गुल्मी जिल्ला मदाने गाउँपालिका–७ बाट बसाइँ सरेर घोराहीमा बस्दै आएका आशिष पन्थी बताउँछन् । यसले हरेर वर्ष यसरी नै निरन्तरता पायो भने सराय नाचको संरक्षण हुने उनको भनाइ छ । आफू पनि यस नाचमा सहभागी हुन पाउँदा खुसी लागेको बताए । “यो हाम्रो संस्कृतिक, परम्परा र मौलिक कला हो । यसको संरक्षणका लागि सबै लाग्नुपर्छ”, पन्थीले भने । उनले आफू बसाइँ सरेर यहाँ आएदेखि सराय नाच हेर्न नपाए पनि अहिले भने खुसी लागेको बताए । विभिन्न पहाडी जिल्लाबाट यहाँ आएका नागरिकसँगै सम्पूर्ण यसको संरक्षणमा लाग्नुपर्ने बताए । तरबार, खुडा र खुकुरी नचाउँदै पञ्चेबाजाको तालमा सामूहिक रूपमा सराय नाच नाचिन्छ । तर, यो कला सङ्कटमा पर्ने थालेको भन्दै जिल्लामा यसवर्षदेखि सुरुआत गरिएको हो । यस नाचले दसैँमा टीका र जमरासँगै परिवार तथा आफन्तसँगको भेटघाटलाई विशेष महत्त्व दिन्छ । देवीदेवताले दानवमाथि विजय प्राप्त गरेको खुसीयालीमा मनाइने सराय नाच दसैँको प्रमुख सांस्कृतिक आकर्षणका रूपमा रहेको हुँदा जिल्लामा पनि यस नाचको यस वर्षदेखि सुरुआत गरिएको घोराहीका नारायण भुसाल बताउँछन् । ऐतिहासिक मन्दिर अम्बिकेश्वरी मन्दिरबाट सराय नाच मेलाको सुरु गरेको उनको भनाइ छ । यो नाचले आगामी दिनमा संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनमा पनि महत्वपूर्ण भूमिका खेल्ने उनी बताउँछन् । गुल्मी, अर्घाखाँची, प्यूठान र पाल्पाका ऐतिहासिक कोटघर तथा शक्तिपीठमा विशेष महत्त्वका साथ नाचिने यो नाच बसाइँसराइसँगै दाङमा पनि विस्तार गरिएको छ । देवी भगवतीले असत्यमाथि सत्यको विजय हासिल गरेको खुसीयालीमा विजयोत्सवका रूपमा यो नाच सुरु भएको धार्मिक विश्वास छ । घोराही उपमहानगरपालिका–१५ का पाण्डव खनालले पहिले पहाडी जिल्लामा सीमित जस्तै रहेको सराय नाच पछिल्लो समय बसाइँसराइसँगै दाङमा पनि यस वर्षदेखि विस्तार गरिएको बताए । पहाडी जिल्लाबाट बसाइँ सरेकाले पनि आफ्नो मौलिक संस्कृति जोगाउने उदेश्यले सबैको सहभागितामा सराय नाचको गरेको उनको भनाइ छ । आफ्नो संस्कृति र परम्परासँग जोडीराख्ने उद्देश्यले जिल्लामा सराय नाचको सुरु गर्दा सबै खुसी भएका छन् । उनले भने, “पछिल्लो समय सराय नाच महत्वपूर्ण बन्दै आएको छ, पहिले पहाडी क्षेत्रमा मात्रै गरिने यो नाच बसाइँसराइसँगै तराईका विभिन्न क्षेत्रमा सुरु भएको छ ।” सरायँ नाच केबल मनोरञ्जनका लागि गरिने प्रदर्शन होइन । यसमा धार्मिक आस्था, पूजा विधि र स्थानीय परम्पराको विशिष्ट संयोजन पाइने उनको भनाइ छ । सराय नाच हुने दिन विधिअनुसार पूजाआजा गरेपछि स्थानीय चलनअनुसार नाच सुरु गरिन्छ । नयाँ पुस्तालाई यसको इतिहास र महत्त्व बुझाउन नसक्दा संस्कृति सङ्कटमा पर्ने चिन्ताले दाङमा यसको सुरुआत गरेको उनले बताए । “पहाडी जिल्लामा इतिहास बोकेको सराय नाच अहिले तराईमा पनि विस्तार भएको छ”, उनले भने, “पहाडमा गरिने विधि र परम्परालाई पछ्याउँदै तराईमा पनि सराय नाच्न थालिएको छ ।” सराय नाचमा पहिले पुरुषको सहभागिता बढी हुने गरे पनि अहिले महिलाको सहभागिता पनि बढ्दै गएको छ । यसले परम्परागत संस्कृतिमा नयाँ पुस्ता र महिलाको सहभागिता विस्तार भइरहेको देखाउँछ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

डिक्रा बादीको देउडा यात्रा : समय फेरियो, भाका फेरिएन
धनगढी । सानो छँदा गाउँमा ठाडी भाका र देउडा गाउँदा डिक्रा बादीका साथीहरू भन्थे, ‘तेरो स्वर त निकै राम्रो छ, रेडियो नेपालमा गएर गा।’ डिक्राले त्यतिबेला साथीहरूको त्यो भनाइलाई गम्भीरतापूर्वक लिइनन्। उनलाई... ...
![बालेन सरकारले जनअपेक्षा पूरा नगरेको ठहरसँगै नेकपा जागरण अभियानमा [फोटोफिचर]](https://hamrakura.com/uploads/news/images/ncp-jagaran-abhiyan-83-7-7%20(1).jpg)
बालेन सरकारले जनअपेक्षा पूरा नगरेको ठहरसँगै नेकपा जागरण अभियानमा [फोटोफिचर]
‘प्रचण्ड’ले राष्ट्रिय जागरण अभियानमा सक्रिय सहभागिता जनाउन अपिल गरेका छन् । ...

मौरिससका श्रममन्त्रीसँग रास्वपा उपनेता गणेश पराजुलीको भेट, नेपाली श्रमिकको सुरक्षाबारे छलफल
मौरिसस । मौरिससमा कार्यरत करिब १४ हजार नेपाली श्रमिकको अधिकार, सुरक्षा र मर्यादित रोजगारी सुनिश्चित गर्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले मौरिससका श्रम तथा औद्योगिक सम्बन्धमन्त्री मुहम्मद रेजा कासाम उतेम सँग छलफल गरेका छन् । मौरिससको अनौपचारिक भ्रमणका क्रममा भएको भेटमा नेपाली श्रमिकको हित संरक्षण तथा नेपाल–मौरिसस श्रम सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो । भेटका ...

देशभर २० विपद्का घटना, आठ जना घाइते
काठमाडौँ, कात्तिक ७ गते । देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का घटना भएका छन् । ती घटनामा परी आठ जना घाइते भएका छन् भने करिब रु २४ लाख १५ हजार बराबरको आर्थिक क्... ...


