दसैंमा वाक्कदिक्क लाग्यो ? यसरी हुनुस् फ्रेस

काठमाडौं– लगातारको दसैंको रमझमले वाक्कदिक्क लाग्यो ? हुन पनि बिहान उठ्यो, माछामासुका परिकार खायो, आफन्तसँग गफगाफ ग¥यो, मोबाइल हेरेर दिन बिताउने सधैंको एउटै दिनचर्याले वाक्कदिक्क नहोस् पनि किन ? नेपालीमा उखानै छ नि- ‘चिनी धेरै खायो भने तीतो हुन्छ ।’ अहिले धेरैलाई दसैंमा यस्तै बोर भइरहेको हुनसक्छ । त्यसैले आफ्नो दिनचर्यामा केही परिवर्तन ल्याएर पुनर्ताजगी महसुस गर्न सकिन्छ । जसले रमाइलो पनि हुन्छ, शरीर पनि तन्दुरुस्त रहन्छ । फेरि अहिले स्वस्थ रहन जिम धाउनैपर्छ वा घण्टौँ पसिना बगाउनैपर्छ भन्ने प्रवृत्ति बाक्लिएको छ । जसले एकातिर पैसा र समय नाश त गरिरहेको हुन्छ नै, अर्कोतिर त्यसलाई निरन्तरता नदिँदा उल्टै शरीर र स्वास्थ्यमा नकारात्मक असर पुगिरहेको देखिन्छ । तर घरमै बसेर सामान्य व्यायाम गर्ने, बिहान-साँझ हिँड्ने, नाचगान गर्ने र खानपानमा सन्तुलन मिलाउने हो भने दसैँ रमाइलो र सक्रिय दुवै बनाउन सकिन्छ । शरीरलाई तरोताजा र तन्दुरुस्त राख्ने यी उपायहरु अपनाउनुस्- बिहानै २०-३० मिनेट हिँड्नुस् दसैंको बिदामा बिहान ढिलोसम्म सुत्ने र उठेपछि फेरि खानपानमै व्यस्त हुने बानी सुधार्नुस् । बिहानको समय हिँडडुलका लागि छुट्याउनुस् । आफ्नो क्षमताअनुसार २०-३० मिनेट छिटोछिटो हिँड्दा शरीर सक्रिय राख्न र मुटुको स्वास्थ्यमा सहयोग पुग्छ । खाना तथा खाजा खाएपछि सहज गतिमा केही समय हिँड्दा पाचनमा सहयोग पुग्नसक्छ । घरमै योग वा व्यायाम गर्नुस् दसैंमा घरमै केही समय निकालेर शरीरलाई सक्रिय राख्न सकिन्छ । योग वा हल्का व्यायामबाट दिनको सुरुवात गर्न सकिन्छ । बिहान १०-१५ मिनेटको योग वा व्यायामले शरीरको लचकता र गतिशीलतामात्रै कायम हुँदैन, दिनभरि नै ताजगी महसुस गर्न सकिन्छ । मोबाइलबाट टाढा बस्नुस् दसैंमा तास खेल्नु, मोबाइल चलाउनु र टेलिभिजन हेर्नु सामान्य मानिन्छ । तर दिनभरि यिनै गतिविधिमा सीमित हुँदा शरीर निष्क्रिय रहनसक्छ । त्यसैले यस्ता शारीरिक निष्क्रियताको गतिविधिबाट टाढिएर केही समय नाचगानमा रमाउन सकिन्छ । परिवारका सदस्यसँग नाचगान गर्ने, साथीभाइसँग खेलकुदमा सहभागी हुने वा बालबालिकासँग बाहिर खेल्ने गर्दा मनोरञ्जनसँगै शारीरिक गतिविधि पनि बढ्छ । शरीरलाई चलायमान बनाउनुस् लामो समय एउटै ठाउँमा बसिरहनु शारीरिक स्वास्थ्यको लागि राम्रो बानी होइन । हरेक ३०-६० मिनेटमा उठेर केही समय हिँड्नुस्, शरीर तन्काउनुस् वा घरायसी काममा सहभागी हुनुस् । खाना पकाउन सघाउने, घर सफा गर्ने र पूजाको तयारीमा हातेमालो गर्ने कामले पनि दैनिक रुपमा शारीरिक गतिविधि बढाउँछ । यसरी दिनभरि सक्रिय रहने बानीले शारीरिक तन्दुरुस्ती महसुस गर्न सकिन्छ । त्यसैले दसैंको फुर्सदलाई शरीर चलायमान बनाउने अवसर पनि बनाउनुस् । धेरै मासु र मिठाई नखानुस् दसैँमा मासु, सेलरोटी, मिठाई र अन्य परिकार अरु दिनभन्दा बढी नै खाइन्छ । तर मनपर्ने खानेकुरा भन्दैमा एकैपटक धेरै खाने वा पटकपटक खाइरहने बानीले पाचनमा समस्या निम्त्याउन सक्छ । खानेकुरामा मासुसँगै सागसब्जी, सलाद र फलफूल पनि समावेश गर्नुस् । चिल्लो, गुलियो र धेरै नुन भएका खानेकुराको मात्रा सीमित राख्नुस् । शरीरमा पानीको कमी हुन नदिन पर्याप्त पानी पिउनुस् । स्वस्थ रहन खानपान र शारीरिक गतिविधि दुवैमा उत्तिकै ध्यान दिनुपर्छ । मदिरा सेवन नगर्नु स्वास्थ्यका लागि सुरक्षित विकल्प हो। निद्रा पनि पूरा गर्नुस् दसैंको रमाइलोमा रातिसम्म तास खेल्ने, टेलिभिजन हेर्ने वा आफन्तसँग गफिने गर्दा सुत्ने समय बिग्रन सक्छ । निद्रा पूरा नहुँदा भोलिपल्ट शरीर थकित र सुस्त महसुस हुनसक्छ । वयस्क व्यक्तिले सामान्यतया दैनिक ७-९ घण्टा सुत्नु उपयुक्त हुन्छ । सम्भव भएसम्म नियमित समयमा सुत्ने र उठ्ने बानी कायम राख्नुस् । पर्याप्त निद्रा, सन्तुलित खानपान र नियमित शारीरिक गतिविधिले दिनचर्या स्वस्थ र क्रियाशील हुनसक्छ । त्यसैले दसैं भनेर आफ्ना् नियमित निद्रालाई बेवास्ता नगर्नुस् ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

जब ट्रम्पलाई भान्सकै अगाडि सोधियो- उनलाई राष्ट्रपति उम्मेदवारमा समर्थन गर्नुहुन्छ?
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो उत्तराधिकारी (आगामी राष्ट्रपति) बारे अहिले छलफल गर्नु हतार हुने बताएका छन्। मंगलबार ओभल अफिसमा पत्रकारहरूले ट्रम्पलाई सोधे, ‘उपराष्ट्रपति जेडी राष्ट्रपतिको उम्मेदवार बने भने तपाईं उनलाई समर्थन गर्नुहुन्छ कि हुन्न? रोचक कुरा के छ भने ट्रम्पलाई यो प्रश्न गर्दा भान्स उनको ठिक पछाडि उभिरहेका थिए। त... ...

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका
नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र परम्पराप्रति उत्साह देखाउँदै हर्षोल्लासका साथ बडादसैँको टीका र जमरा लगाएका छन्। नेपालीको महान् पर्व बडादसैँका अवसरमा विदेशी पर्यटकले ठमेलस्थित काठमाडौँ इको होटलमा नेपाली परम्पराअनुसार रातो टीका र जमरा ग्रहण गर्दै दसैँको खुसी साटासाट गरेका हुन्। नेपाली संस्कृति, मौलिक परम्परा र चाडपर्वको विश... ...

दसैँको टीकापछि लिङ्गे पिङमा रमाउँदै सर्वसाधारण
काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन विजयादशमीमा टीका तथा जमरा ग्रहण गरेपछि लिङ्गे पिङ खेल्ने परम्पराले निरन्तरता पाएको छ । दसैँको उल्लाससँगै देशका विभिन्न स्थानमा बालबालिकादेखि वृद्धवृद्धासम्म पिङ खेलेर रमाइरहेका छन् । ‘दसैँमा एक पटक भए पनि धर्ती छोड्नुपर्छ’ भन्ने जनविश्वासअनुसार टीका लगाएपछि पिङ खेल्ने चलन नेपाली समाजमा लामो समयदेखि रहँदै आएको छ । यही परम्परालाई निरन्तरता दिँदै गाउँघर ...

भक्तपुरमा मोहनी नखःको रौनक
भक्तपुर।भक्तपुरका नेवार समुदायले आज मोहनी नखः उल्लासमय रूपमा मनाएका छन्। विजयादशमीका दिन मान्यजनको हातबाट मोहनी सिःनं अर्थात् कालो टीका, रातो टीका र जमरा ग्रहण गरी उनीहरूले मोहनी नखः मनाएका हुन्। यहाँका नेवार समुदायले नवदुर्गा भवानीको पूजा गर्ने क्रममा महानवमीका दिन घरघरमा पालामा दियो बालेर त्यसलाई अर्को पालाले छोप्ने गर्छन्। यसरी जम्मा भएको कालो ध्वाँसोलाई मोहनी सिःनं अर्थात् कालो टीकाका रूपमा प्रयोग ...


