दसैँ मनाएर काठमाडौँ फर्किने यात्रुको चहलपहल बढ्यो

काठमाडौँ। दसैँ मनाउन घर तथा आफन्तका गएकाहरू काठमाडौँ फर्कने क्रम बढेको छ । दसैँको टीका, जमरा र पारिवारिक सकेर गाउँघर गएका सर्वसाधारण बिदा सकिएसँगै राजधानी फर्किन थालेपछि काठमाडौँका सडक, सार्वजनिक यातायात र बसपार्कमा यात्रुको चाप बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । रोजगारी, अध्ययन र व्यवसायका लागि काठमाडौँमा बसोबास गर्दै आएका नागरिक चाडपर्वको बिदा सकिएपछि आफ्नो नियमित काममा फर्किन थालेका हुन् । लामो बिदापछि सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था र विभिन्न व्यवसाय पुनः सञ्चालन हुन थालेकाले राजधानी फर्किने यात्रुको सङ्ख्या बढ्दै गएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। उनका अनुसार दसैँ मनाएर फर्किने यात्रुको चाप बढेसँगै राजधानी प्रवेश गर्ने प्रमुख सडक तथा सार्वजनिक यातायातमा चहलपहल बढेको छ । यात्रुको आवागमन सहज बनाउन ट्राफिक प्रहरीले सवारी व्यवस्थापनमा सक्रियता बढाएको छ । कार्यालयका अनुसार काठमाडौँ उपत्यका भित्रिने तथा बाहिरिने प्रमुख नाकाहरू नागढुङ्गा (थानकोट), साँगा(भक्तपुर), मुड्खु (बालाजु), फर्पिङ (बल्खु) र टोखा (छहरे)क्षेत्रमा सवारीसाधन तथा यात्रुको चाप बढेको छ ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान
काठमाडौँ । संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस गरिएका चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ । समितिले सार्वजनिक सूचना जारी गर्दै प्रस्तावित व्यक्तिहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा... ...

दसैँको साख
आफैँभित्र भरिपूर्ण सुन्दर, समृद्ध शब्द हो झैँ लाग्छ दसैँ । प्रत्येक अक्षरमा विचित्रको रङ्गीचङ्गी चित्र देखिन्छ, यसमा । प्रत्येक ध्वनिमा सुरिलो स्वरकम्पन र बुनोटको बान्कीमा मायावी आ... ...

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छ : मन्त्री रावल
चितवन।भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्। भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री रावलले सरकारले गरेका कामको जनतालाई जानकारी दिन आएको बताइन्। भूमिहीन र सहकारी पीडितको समस्याका विषयमा सरकारले गरेका कामबारे जानकारी गराउन उनी यहाँ आएकी हुन्। सरकारको प्राथमिकता भूमिहीन नागरिक र सहकारी पीडितको समस्या समाधानमा रहेको मन्त्री ...
![ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल सञ्चालनमा आउँदै [तस्वीरहरू]](https://kendrabindu.com/wp-content/uploads/2026/10/1792993159-VsUN8.jpg)
ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल सञ्चालनमा आउँदै [तस्वीरहरू]
ललितपुर । ललितपुरको कुसुन्ती हाइटमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल सञ्चालनमा आउने तयारीमा छ। निर्माण कार्य अन्तिम चरणमा पुगेको पुललाई छठ पर्वअघि वा त्यसलगत्तै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। यद्यपि, पुल उद्घाटनको निश्चित मिति भने सार्वजनिक गरिएको छैन। ललितपुर महानगरपालिका–१३ अन्तर्गत चक्रपथ क्षेत्रमा निर्माण भइरहेको यो पुल करिब चार करोड ६८ लाख रुपैयाँ लागतमा तयार पारिँदै छ। लिफ्टको सुविधासहित निर्माण गरिएको ...


