दसैँ मनाएर काठमाडौँ फर्किनेको लर्को

काठमाडौं । दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका छन् । यात्रुहरू फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ । घरबाट फर्किने यात्रु र सवारीसाधनको सङ्ख्या बढेसँगै नागढुङ्गा–कलङ्की, जडीबुटी–कोटेश्वर, भक्तपुरको जगाती, तथा दक्षिणकाली–फर्पिङलगायतका सडकखण्डमा सवारीसाधनको चाप बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उपत्यका फर्किने यात्रुको चाप दिनहुँ बढ्न थालेपछि आवागमन सहज बनाउने, सवारी चाप व्यवस्थापन गर्ने तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडकमा निगरानी बढाइएको कार्यालयले जनाएको छ । उपत्यकाका प्रमुख नाकाहरूमा दैनिक निजी कार, जिप, मोटरसाइकल तथा साना–ठूला सार्वजनिक सवारीसाधन गरी करिब एक हजारको हाराहारीमा सवारीसाधन आवतजावत गर्ने गरेका छन् । यस वर्षको दसैँ मनाउन घटस्थापनादेखि कात्तिक ३ गतेसम्म पाँच लाख ७६ हजार भन्दा बढी उपत्यकाबाट बाहिरिएका थिए ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

पुराना नेताहरूले केही गरेनन् भन्ने आरोपको तथ्यका आधारमा प्रतिवाद गर्छौं -माधव नेपाल
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधव कुमार नेपालले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागिएको बताएका छन् । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा दुई महिने राष्ट्रिय जागरण अभियान शुभाम्भ कार्यक्रममा सहसंयोजक नेपालले जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी नीति र संविधानको रक्षाका लागि जनतामाझ जान लागिएको बताएका हुन् । उनले मुलुकको राष्ट्रियताप्रति कुनै किसिमले आघात ...

नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने माध्यम बन्दै एनपीएल
एनपीएलले नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय पहिचानमा योगदान पुर्याउने सम्भावना रहेको उनीहरूको भनाइ छ। ...

नेपालमा राजनीतिक र आर्थिक अवस्था सहज छैन : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा भूराजनीतिक चलखेल बढ्दै गएको दाबी गरेका छन् । दुई महिने राष्ट्रिय जागरण अभियानको उद्घाटनका लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले देशको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अवस्था सहज नरहेको बताए । उनले नेपालमा मात्र नभई विश्वभर नै परिस्थिति असहज बन्दै गएको बताए । […] ...

नेकपाकाे दुई महिने राष्ट्रिय जागरण अभियानकाे उद्घाटन, तस्बिरहरू
काठमाडाैँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) काे दुई महिने राष्ट्रिय जागरण अभियानको औपचारिक उद्घाटन गरिएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अभियानको उद्घाटन गरिएको हो। अभियान उद्घाटन गर्दै संयोजक पुष्पकमल दाहाल... ...


