Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दसैँ बिदामा पनि आयल निगमका डिपो खुला रहने, कुन डिपो कहिले खुल्छन्?

दसैँ बिदामा पनि आयल निगमका डिपो खुला रहने, कुन डिपो कहिले खुल्छन्?

Share:WhatsAppFacebookX (Twitter)Telegram
दसैँ बिदामा पनि आयल निगमका डिपो खुला रहने, कुन डिपो कहिले खुल्छन्?

काठमाडौं । नेपाल आयल निगमले दसैँको टीकाको दिन र भोलिपल्टबाहेक अरू सार्वजनिक बिदाका दिनमा पनि पेट्रोल पम्प खुला रहने जनाएको छ । निगमले काठमाडौं उपत्यकासहित देशका विभिन्न प्रदेश तथा जिल्लामा सञ्चालित डिपो तथा पम्प आलोपालो खुला गरिने जनाएको हो । निगमले सार्वजनिक गरेको सूचनाअनुसार ३ असोज अर्थात् दसैँको टीकाको दिनबाहेक अरू सबै दिन डिपोहरू खुला रहनेछन् । काठमाडौंको थानकोटस्थित निगमको पेट्रोलियम डिपो १, २, ६ र ७ कात्तिकमा खुला रहने निगमले जनाएको छ । बाँकी ३, ४ र ५ कात्तिकमा भने यो डिपो बन्द रहने निगमले जनाएको छ । यसैगरी, कोशी प्रदेशस्थित विराटनगर डिपो २, ६ र ८ कात्तिकमा खुला रहनेछ । यसैगरी, मधेश प्रदेशको अमलेखगन्ज पेट्रोलियम डिपो १, २, ६ र ८ कात्तिकमा खुला रहनेछ । गण्डकी प्रदेशको राजधानी पोखरामा १, २ र ६ कात्तिक, लुम्बिनी प्रदेशस्थित भैरहवा डिपो १, २, ६ र ८ कात्तिक तथा कर्णाली प्रदेशको सुर्खेत डिपो ३० असोज, २ र ७ कात्तिक खुला रहने निगमले जनाएको छ । यसैगरी, धनगढीस्थित सुदूरपश्चिम डिपो २ र ७ कात्तिकमा खुल्ने निगमले जनाएको छ । The post दसैँ बिदामा पनि आयल निगमका डिपो खुला रहने, कुन डिपो कहिले खुल्छन्? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

मधेसमा ओलीको कालो छायाँ : सरकारबाट अचानक बहिरियो एमाले, पार्टीभित्रै विद्रोहको चेतावनी
ताजा खबरJust now

मधेसमा ओलीको कालो छायाँ : सरकारबाट अचानक बहिरियो एमाले, पार्टीभित्रै विद्रोहको चेतावनी

काठमाडौं– नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएकोमा एमाले भित्रै बिद्रोहको खतरा पैदा भएको छ। एमालेको निर्णय बिनै सरकारबाट फिर्ता आउने निर्णय भएको भन्दै यस्तो बिद्रोहको संकेत देखिएको छ। यो प्रकरणमा अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलका नेता सराज यादवलाई मुख्यमन्त्रीको सपना बाँडी दिदा यस्तो अबस्था आएको बताइएको छ। ‘ पार्टीको कुनै बैठक बसेको छैन, संसदीय दलको बैठकमा छलफल भएको छैन, ...

विश्वखबर
साउदी अरबमा बंगलादेशका दुई जनालाई मृत्युदण्ड
ताजा खबरJust now

साउदी अरबमा बंगलादेशका दुई जनालाई मृत्युदण्ड

काठमाडाैँ । साउदी अरबको आन्तरिक मामिला मन्त्रालयका अनुसार पवित्र सहर मक्कामा अश्लीलताको आरोपमा एक बंगलादेशी पुरुष र एक महिलालाई मृत्युदण्ड दिइएको छ । साउदी अरबको सरकारी समाचार एजेन्सी ‘साउदी प्रेस एजेन्सी’... ...

रातोपाटी
बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव
ताजा खबरJust now

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी।विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महावीर पुनले म्याग्दीको सदरमुकाम बेनी बजारबाट स्थानान्तरण गर्न प्रस्ताव गरेका छन्। जिल्ला प्रशासन कार्यालय म्याग्दीमा आज बिहान भएको जनप्रतिनिधि तथा कार्यालय प्रमुखहरूसँगको छलफलका क्रममा म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका मन्त्री पुनले नदी कटान, बाढी पहिरोको उच्च जोखिममा रहेको बेनी बजारबाट सदरमुकामलाई सुुरक्षित र उपयुक्त ठाउँमा सार्नुपर्ने धारणा राखेका हुन्। “अब सदरमुकाम कहाँ सार्ने भनेर छलफल गर्नु ...

नेपालन्युज
कार दुर्घटनामा चालकको मृत्यु, दुई घाइते
ताजा खबरJust now

कार दुर्घटनामा चालकको मृत्यु, दुई घाइते

जनार्जन खत्रीसर्लाही, असोज ३० गते । सर्लाहीको पर्सा गाउँपालिका–२ स्थित सङ्ग्रामपुर पुलनजिक हुलाकी राजमार्गमा शुक्रबार कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play