Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दसैँले सामाजिक एकता र मेलमिलाप बढाउँछ : सभामुख अर्याल

दसैँले सामाजिक एकता र मेलमिलाप बढाउँछ : सभामुख अर्याल

Share:WhatsAppFacebookX (Twitter)Telegram
दसैँले सामाजिक एकता र मेलमिलाप बढाउँछ : सभामुख अर्याल

काठमाडौं। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले दसैँ जस्ता चाडपर्वले नेपालीहरूबीच पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउने बताएका छन्। बडा दसैँका अवसरमा शुभकामना सन्देश दिँदै उनले विविधताबीचको सौहार्द एकतालाई मूर्त रूप प्रदान गर्न यस्ता पर्वको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरेका छन्। सभामुख अर्यालले विश्वभर रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गरेका छन्। उनले राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन माता दुर्गा भवानीले शुभाशीर्वाद प्रदान गरुन् भन्ने कामना व्यक्त गरेका छन्। सन्देशमा उनले दसैँले सबै नेपालीमा नवीन ऊर्जा, नवप्रवर्तन र राष्ट्र निर्माणको सङ्कल्प पैदा गरोस् भन्ने विश्वास व्यक्त गरेका छन्। सभामुख अर्यालले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको स्मरण गर्दै दसैँलाई असत्यमाथि सत्य र दुराचारमाथि सदाचारको विजयको प्रतीकका रूपमा लिइने बताएका छन्। उनले भने, “जनताको सार्वभौमसत्ता र राजकीय सत्तालाई अक्षुण्ण राख्दै जनभावना अनुरुप समयसापेक्ष जनमैत्री कानुन निर्माण तथा परिमार्जन गर्दै मुलुकमा सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्न सङ्घीय संसद् सदैव क्रियाशील र प्रतिबद्ध छ।” यो पर्वले सबैलाई समन्याय, सदाचार र लोकतान्त्रिक मूल्य मान्यताको मार्गमा हिँड्न प्रेरणा दिने उनको विश्वास छ। बडा दसैँ आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरेसँगै सुरु भई विभिन्न विधिपूर्वक पूजा आराधना गरी मान्यजनको हातबाट टीका र जमरा ग्रहण गरेर मनाउने गरिन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

दसैँमा काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा, तीन रुटमा सञ्चालन
ताजा खबरJust now

दसैँमा काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा, तीन रुटमा सञ्चालन

काठमाडौं । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौं उपत्यकामा सर्वसाधारणका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ । सार्वजनिक यातायातको उपलब्धता कम हुने समयमा यात्रुको आवागमन सहज बनाउन प्रहरीले तीनवटा रुटमा बस सेवा सञ्चालन गरेको हो । प्रहरीका अनुसार कात्तिक ३ र ४ गते सञ्चालन हुने उक्त सेवा पहिलो दिन मंगलबार दिउँसो ४ बजेदेखि सुरु गरिएको थियो । टीकाको दिन बुधबार बिहान ...

केन्द्रबिन्दु
रुससँग सम्झौता नगरे युक्रेनलाई झन् गाह्रो हुने अमेरिकाको चेतावनी
ताजा खबरJust now

रुससँग सम्झौता नगरे युक्रेनलाई झन् गाह्रो हुने अमेरिकाको चेतावनी

Reuters संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले रुससँग सम्झौता गर्न युक्रेनमाथि फेरि दबाव दिएका छन्।ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्ने क्रममा ट्रम्पले युक्रेनले युद्धको "व्यवस्थापन गर्नुपर्ने" कुरा बारम्बार दोहोर्‍याएका हुन्। रुससँग सम्झौता ...

बीबीसी नेपाली
‘असल बन्ने आसक्तिमा पनि दुःख हुन्छ’
ताजा खबरJust now

‘असल बन्ने आसक्तिमा पनि दुःख हुन्छ’

पेमा वाङ्गेल पूर्वी भुटानका बौद्ध भिक्षु हुन्। उनले १७ वर्षको उमेरमा भिक्षु बन्ने निर्णय गरेका थिए। रोबिन लियो होफमान जर्मन अभिनेता, फिल्मकर्मी तथा ‘स्टिल ह्युमन : कन्भर्सेसन्स फर अ चेन्जिङ वर्ल्ड’का प्रस्तोता हुन्। नेपाल यात्राका क्रममा भेटिएका उनीहरूले काठमाडौँस्थित टेर्गार गुम्बामा यो संवाद गरेका हुन्। ‘अझ बढी सिक्नुस्, सुन्नुस् र अवलोकन गर्नुस्’ म अन्नपूर्ण पदमार्गमा यात्रा गरिरहेको थिएँ र तपाईं भिक्षुहरूसँग मनाङस्थित ...

नेपालन्युज
स्वदेशी उत्पादन, जसले तोड्दैछन् विदेशी ब्रान्डको दबदबा
ताजा खबरJust now

स्वदेशी उत्पादन, जसले तोड्दैछन् विदेशी ब्रान्डको दबदबा

काठमाडौँ । कुनै समय नेपाली बजारमा सुईदेखि सुनसम्म र लत्ताकपडादेखि खाद्यान्नसम्म विदेशी उत्पादनकै एकछत्र राज चल्ने गर्थ्यो । ‘विदेशी ब्रान्ड’ भन्नासाथ आँखा चिम्लिएर विश्वास गर्ने र स्वदेशी उत्पादनलाई कमसल वा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play