दसैँमा विपद् प्रभावितलाई सहयोग गर्न खिलराज रेग्मीको आग्रह

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले बडादसैँ २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्। उनले दसैँको खुसी विपद्मा परेका नागरिकसँग पनि बाँड्न र उनीहरूको जीवन सामान्य बनाउन सहयोग गर्न सबैलाई आग्रह गरेका छन्। विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै रेग्मीले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा रहेको दसैँले सबैलाई सत्य र न्यायको बाटोमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्। यस वर्ष प्राकृतिक विपत्ति तथा बाढीपहिरोका कारण धेरै नागरिकको दसैँ प्रभावित भएको उल्लेख गर्दै उनले घरबास गुमाएर अस्थायी आश्रयमा बस्न बाध्य परिवारप्रति सहयोग र सहानुभूति देखाउनुपर्ने बताएका छन्। विपद् प्रभावितको पीडा कम गर्न र उनीहरूको जीवनलाई सामान्य अवस्थामा फर्काउन राज्य तथा नागरिक सबैले आ–आफ्नो तर्फबाट योगदान दिनुपर्ने उनको भनाइ छ। रेग्मीले विपद् प्रभावितको राहत, पुनर्स्थापना र पुनर्निर्माणलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएका छन्। साथै, आफ्नो क्षमताअनुसार पीडितलाई सहयोग गर्न पनि उनले सबैमा आह्वान गरेका छन्। प्राकृतिक विपत्ति र कमजोर अर्थतन्त्रका कारण मुलुक कठिन परिस्थितिमा रहेको बेला देशलाई थप अस्थिरतातर्फ धकेल्ने प्रवृत्ति देखिनु चिन्ताजनक भएको उनले बताएका छन्। यस्तो अवस्थाबाट मुलुकलाई जोगाउन संविधान, कानुनी शासन र लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाउनुपर्नेमा उनले जोड दिएका छन्। जनताको मतबाट निर्माण भएको संविधान र कानुनी शासन नै देशको बलियो आधार भएको उल्लेख गर्दै रेग्मीले संविधानमा सुधार आवश्यक भए संवैधानिक प्रक्रिया र व्यापक राष्ट्रिय सहमतिका आधारमा अघि बढ्नुपर्ने बताएका छन्। असहमति तथा विवादको समाधान संवाद, संयम र कानुनी व्यवस्थाभित्रै खोजिनुपर्ने उनको धारणा छ। यसैगरी, वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली युवाको श्रम र योगदानले मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले स्वदेशमै सम्मानजनक रोजगारी र अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। युवाको क्षमता र ऊर्जाको सदुपयोग, सुशासन, भ्रष्टाचारमुक्त प्रशासन तथा निष्पक्ष न्याय प्रणालीलाई समृद्ध नेपालको आधारका रूपमा व्याख्या गर्दै रेग्मीले मुलुकलाई स्थायित्व र विकासको दिशामा अघि बढाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन्। उनले तडकभडक नगरी शान्त र सौम्य रूपमा दसैँ मनाउन पनि आग्रह गरेका छन्। दसैँले नेपाली समाजमा आपसी सद्भाव, एकता र सहकार्यको भावना बलियो बनाउँदै देशलाई उन्नति, प्रगति, स्थिरता र समृद्धितर्फ अघि बढाउने शक्ति प्रदान गरोस् भन्ने कामनासमेत उनले गरेका छन्। The post दसैँमा विपद् प्रभावितलाई सहयोग गर्न खिलराज रेग्मीको आग्रह appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

शहरले खोस्न नसकेको खुशी : काठमाडौंको धुलाम्मे सडकपेटीमा दशैँको मच्चिँदो पिङ
काठमाडौं । काठमाडौंको व्यस्त सडक । एकातिर कालो धुवाँको मुस्लो छाड्दै तिब्र गतिमा गुडिरहेका टिपर र मोटरसाइकलहरूको कर्कश आवाज । अर्कोतिर अग्ला कंक्रिटका घरहरू र धुलोले ढाकिएका सडकपेटी । शहर आफ्नो नियमित रफ्तारमा दौडिरहेको थियो । तर त्यही व्यस्त सडकको छेउमा रहेको एउटा सानो खाली माटोको चौरमा भने समय एकाएक थामिएझैं लाग्थ्यो । त्यहाँ ठडिएको थियो, चारवटा अग्ला बाँसका लिङ्गाहरू ...

एनपीएलका सात टोलीको लोगोमा एक्स्ट्रीमका विशेष क्यान बजारमा
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्स्ट्रीम इनर्जी ड्रिङ्कले सात टोलीको लोगो अंकित विशेष संस्करणका क्यान बजारमा ल्याएको छ । कम्पनीले क्रिकेटप्रेमीलाई आफ्नो मनपर्ने टोलीप्रतिको समर्थन व्यक्त गर्ने नयाँ माध्यमका रूपमा विशेष क्यान सार्वजनिक गरेको जनाएको छ । क्यानमा एनपीएलका काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, कर्णाली याक्स र पोखरा एभेन्जर्सको लोगो समावेश गरिएको ...

काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरी बलको तीन दिन निःशुल्क बस सेवा
गोरखापत्र अनलाइनकाठमाडौं, कात्तिक २ गते । सशस्त्र प्रहरी बल, नेपालले दसैंको अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारण यात्रुहरूको सहज आवतजावतका लागि २ वटा बस निःशुल्क रूपमा सञ्चालन ग... ...

यस्तो छ एक महिनामै बनेको ढुङ्गे–त्रिशूली जोड्ने २६७ मिटर लामो झोलुङ्गे पुल, तस्बिरहरु
नुवाकोट । नुवाकोटको ढुङ्गे र त्रिशूली बजार जोड्ने २६७.७ मिटर लामो झोलुङ्गे पुल एक महिनाको छोटो अवधिमै निर्माण भएको छ । बुढीगण्डकी हुँदै त्रिशूली नदीमा आएको बाढीले पक्की पुल बगाएपछि... ...


