Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दसैँमा यात्रुका लागि सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, ३ दिन सञ्चालन हुने

दसैँमा यात्रुका लागि सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, ३ दिन सञ्चालन हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
दसैँमा यात्रुका लागि सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, ३ दिन सञ्चालन हुने

काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालले दसैँको अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारण यात्रुहरूको सहज आवतजावतका लागि २ वटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ। दसैँको समयमा उपत्यकामा सार्वजनिक यातायातका साधनहरू अत्यन्तै न्यून रूपमा चल्ने भएकाले सर्वसाधारण नागरिकहरूलाई आवतजावतमा सुविधा पुर्‍याउने उद्देश्यका साथ सशस्त्र प्रहरी बल, नेपालद्वारा यो निःशुल्क बस सेवा सञ्चालन गरिएको हो। सशस्त्र प्रहरी नायब महानिरीक्षक एवं प्रवक्ता नेत्र बहादुर कार्कीका अनुसार उपत्यकाभित्र सञ्चालन गर्ने सो निःशुल्क बस सेवा आजबाट लगातार ३ दिन , बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको छ। काठमाडौँ उपत्यकामा सञ्चालन गरिने बसहरूमध्ये सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट निस्कने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर,सातदोबाटो बल्खु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरूलाई सेवा प्रदान गर्नेछ। यसैगरी सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सितापाइला, कलङ्की, बल्खु, कोटेश्वर,नयाँ बसपार्क,हुँदै विभिन्न ठाउँका यात्रुहरूलाई निःशुल्क सेवा प्रदान गर्नेछ। दसैँको समयमा सार्वजनिक यातायातको अभाव झेल्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्दै नागरिकलाई सहज यात्राको सुविधा दिलाउन सशस्त्र प्रहरी बल, नेपालले निरन्तर निःशुल्क बसको सेवा सञ्चालन गर्दै आइरहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

७२ हजार ट्रामाडोल क्याप्सुलसहित दुई युवक पक्राउ
ताजा खबरJust now

७२ हजार ट्रामाडोल क्याप्सुलसहित दुई युवक पक्राउ

काठमाडौँ । दक्षिणकाली नगरपालिका–५ फर्पिङ बसपार्कबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ठूलो परिमाणको औषधिसहित दुई युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय फर्पिङका अनुसार वीरगञ्जबाट काठमाडौँ आइरहेको कारबाट ७२... ...

रातोपाटी
हर्मुजमा बारुदी सुरुङमा ठोक्किएर तेल ट्याङ्करमा आगलागी
ताजा खबरJust now

हर्मुजमा बारुदी सुरुङमा ठोक्किएर तेल ट्याङ्करमा आगलागी

इरानको रिभोलुसनरी गाड्र्सले सोमबार हर्मुज जलघाँटीमा एउटा तेल ट्याङ्कर समुद्री बारुदी सुरुङमा ठोक्किएपछि आगलागी भएको जनाएको छ । अमेरिका र इजरायलसँग युद्ध सुरु भएपछि इरानले महत्त्वपूर्ण समुद्री मार्गमा आफ्नो नियन्त्रण... ...

रातोपाटी
यी चार माग पूरा गर्न सरकारलाई डा. गोविन्द केसीको एक हप्ते अल्टिमेटम
ताजा खबरJust now

यी चार माग पूरा गर्न सरकारलाई डा. गोविन्द केसीको एक हप्ते अल्टिमेटम

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चारबुँदे माग अघि सार्दै एक हप्ताभित्र पूरा गर्न सरकारलाई अल्टिमेटम दिएका छन् । डा. केसीले न्यूनतम पूर्वाधार, आवश्यक जनशक्ति र कानुनी मापदण्ड पूरा नगरेको अवस्थामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई एमबीबीएस कार्यक्रम सञ्चालन गर्न दिने चिकित्सा शिक्षा आयोगको निर्णय खारेज गर्न माग गरेका छन् । साथै नेपाली आर्मी मेडिकल कलेजसहित विभिन्न शिक्षण ...

कर्पोरट खबर
एनटी फाइबरमा ग्राहकको आकर्षण
ताजा खबरJust now

एनटी फाइबरमा ग्राहकको आकर्षण

काठमाडौं।नेपाल टेलिकमले एनटी फाइबर सेवाअन्तर्गत ल्याएको इन्टरनेट प्याकेजमा ग्राहकको आकर्षण बढेको छ। नयाँ लाइन जडानसम्बन्धी जानकारी लिन टेलिकमको १९८ नम्बरमा सम्पर्क गर्ने ग्राहकको चाप बढेपछि कम्पनीले उक्त नम्बरको क्षमता वृद्धि गरेको छ। नेपाल टेलिकमका अनुसार एनटी फाइबरको नयाँ लाइन जडान गर्न इच्छुक ग्राहकले १९८ नम्बरमा कल गरी आफूलाई पायक पर्ने स्थानमा सेवा उपलब्ध भए–नभएको जानकारी लिन सक्ने छन्। नम्बरको क्षमता वृद्धि ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play