एनटी फाइबरमा ग्राहकको आकर्षण

काठमाडौं।नेपाल टेलिकमले एनटी फाइबर सेवाअन्तर्गत ल्याएको इन्टरनेट प्याकेजमा ग्राहकको आकर्षण बढेको छ। नयाँ लाइन जडानसम्बन्धी जानकारी लिन टेलिकमको १९८ नम्बरमा सम्पर्क गर्ने ग्राहकको चाप बढेपछि कम्पनीले उक्त नम्बरको क्षमता वृद्धि गरेको छ। नेपाल टेलिकमका अनुसार एनटी फाइबरको नयाँ लाइन जडान गर्न इच्छुक ग्राहकले १९८ नम्बरमा कल गरी आफूलाई पायक पर्ने स्थानमा सेवा उपलब्ध भए–नभएको जानकारी लिन सक्ने छन्। नम्बरको क्षमता वृद्धि गरेपछि ग्राहकलाई आवश्यक जानकारी लिन र सेवा जडान प्रक्रिया अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ। ग्राहकले एनटी फाइबर जडानका लागि अनलाइनबाट पनि अनुरोध गर्न सक्ने व्यवस्था टेलिकमले गरेको छ। यसका लागि https://complain.ntc.net.np मा लगइन गरी आफ्नो नेपाल टेलिकमको मोबाइल नम्बर प्रयोग गरेर आवश्यक विवरण पेस गर्न सकिनेछ। उक्त प्रणालीबाट इन्टरनेट जडानको अनुरोध गर्नुका साथै सेवासम्बन्धी गुनासो पनि दर्ता गर्न सकिने कम्पनीले जनाएको छ। टेलिकमले हालै एनटी फाइबरअन्तर्गत चार हजार ९९९ मा ३० एमबीपीएस गतिको इन्टरनेट प्याकेज उपलब्ध गराएको छ। ग्राहकको आवश्यकता र प्रयोगअनुसार अन्य प्याकेज पनि उपलब्ध छन्। इन्टरनेट सेवाको शुल्क, गति र गुणस्तरका आधारमा विभिन्न सेवा प्रदायकका प्याकेज तुलना गर्ने प्रवृत्ति बढिरहेका बेला तुलनात्मक रूपमा कम शुल्कमा इन्टरनेट सेवा लिन चाहने ग्राहक एनटी फाइबरतर्फ आकर्षित भएका कम्पनीले जनाएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

फ्रान्सका गृहमन्त्रीले किन दिए राजीनामा ?
काठमाडौँ। फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले सप्ताहान्तमा भएका हिंसात्मक प्रदर्शनपछि राजीनामा दिएका छन् । फ्रान्स इन्टरसँग सोमबार बिहान कुरा गर्दै नुनेजले आफूले घटनाको जिम्मेवारी महसुस गरेपछि राजीनामा बुझाएको बताए । यसअघि... ...
![पिङमा मच्चिएको दसैं [तस्बिहरू]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/whatsapp-image-2026-10-18-at-52247-pm-8-19102026104609-watermarked.jpg)
पिङमा मच्चिएको दसैं [तस्बिहरू]
पिङका मच्चाइसँगै सुनिने हाँसो, साथीभाइको जमघट र चचहुईको आवाजले दसैंको माहोललाई थप उल्लासमय बनाएको छ । ...

मासुका परिकार स्वादिष्ट कसरी बनाउने ? अपनाउनुहोस् यी १० टिप्स
काठमाडौं । नेपाली भान्सामा मासुका परिकारको विशेष महत्व छ। चाडपर्व, भोजभतेरदेखि पारिवारिक जमघटसम्म मासुका विभिन्न परिकार बनाउने चलन छ। तर, मासु स्वादिष्ट बनाउन राम्रो मासु छान्नु मात्र पर्याप्त हुँदैन। मसला मिलाउने तरिका, पकाउने समय, तापक्रम र पकाउने विधिले पनि परिकारको स्वाद निर्धारण गर्छ। मासु नरम, रसिलो र स्वादिलो बनाउन भान्सामा अपनाउन सकिने केही उपयोगी टिप्स यस्ता छन्। १. ताजा र गुणस्तरीय मासु ...

चुनावअघि नेतान्याहुको पक्षमा उभिए ट्रम्प, पुनःनिर्वाचनका लागि समर्थन
• अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई संसदीय चुनावअघि समर्थन गर्दै उहाँको पुनःनिर्वाचन अभियानलाई बलियो बनाउने अपेक्षा व्यक्त गरेका छन्। • नेतान्याहुले इरानसँगको खतरा समाप्त गर्न ट्रम्पसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन्, तर कूटनीतिक सम्झौताबारे मतभेद देखिएका छन्। • चुनावमा ७० लाख मतदाता सहभागी हुने अपेक्षा गरिएको छ, तर कुनै पनि पार्टीले ६१ सिट जित्न सक्ने स्पष्ट ...


