Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दसैँमा मासु खाँदा सावधानी अपनाउनुस्, हड्डी अड्किए यी गल्ती नगर्नुहोस्

दसैँमा मासु खाँदा सावधानी अपनाउनुस्, हड्डी अड्किए यी गल्ती नगर्नुहोस्

Share:WhatsAppFacebookX (Twitter)Telegram
दसैँमा मासु खाँदा सावधानी अपनाउनुस्, हड्डी अड्किए यी गल्ती नगर्नुहोस्

काठमाडौं । दसैँमा मासु तथा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा जलन, एसिड रिफ्लक्स तथा निल्न असहज हुने समस्या देखिन सक्ने भएकाले चिकित्सकले खानपानमा सावधानी अपनाउन सुझाव दिएका छन् । विशेषगरी मासु खाँदा हड्डी वा मासुको टुक्रा घाँटीमा अड्किएमा आफैँ निकाल्ने वा अन्य खानेकुरा निलेर तल धकेल्ने प्रयास नगर्न चिकित्सकले आग्रह गरेका छन् । वीर अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. विमलेशकुमार गुप्ताका अनुसार बढी चिल्लो र बोसोयुक्त मासु खाँदा केही व्यक्तिमा एसिड रिफ्लक्सको समस्या बढ्न सक्छ । यसले घाँटी तथा छाती पोल्ने, घाँटीमा केही अड्किएजस्तो हुने र खसखस महसुस हुनेजस्ता समस्या निम्त्याउन सक्छ । दसैँमा खानपान गर्दा आफ्नो स्वास्थ्य अवस्थाअनुसार खानेकुराको मात्रा र प्रकृतिमा ध्यान दिनुपर्ने डा. गुप्ताको सुझाव छ । विशेषगरी पहिले नै घाँटीमा जलन वा एसिड रिफ्लक्सको समस्या भएका व्यक्तिले चिल्लो तथा बोसोयुक्त मासु कम खानु उपयुक्त हुने उहाँ बताउनुहुन्छ । चिल्लो र बोसोयुक्त मासु खाँदा सावधानी अपनाउनुपर्ने दसैँमा मासुका विभिन्न परिकार खाने चलन छ । तर, बढी चिल्लो, पिरो र अमिलो खानेकुराले केही व्यक्तिमा एसिड रिफ्लक्स बढाउन सक्छ । पेटमा रहेको अम्ल घाँटीसम्म फर्किँदा घाँटी र छाती पोल्ने, घाँटीमा केही अड्किएजस्तो हुने तथा खसखस हुने समस्या देखिन सक्छ । घाँटीमा जलन वा एसिड रिफ्लक्सको समस्या भएका व्यक्तिले आफूलाई सहज हुने र पचाउन सजिलो खानेकुरा खानु उपयुक्त हुने डा. गुप्ता बताउनुहुन्छ । साथै, पर्याप्त पानी पिउन र खानपानमा सन्तुलन कायम गर्न पनि उहाँले सुझाव दिनुभएको छ । हड्डी वा मासु अड्किए ज्यानै जोखिममा पर्न सक्छ मासु खाँदा हड्डी वा मासुको टुक्रा घाँटीमा अड्किएमा निल्न गाह्रो हुने, घाँटी दुख्ने र थुक निल्नसमेत समस्या हुन सक्छ । अड्किएको वस्तुले श्वासनलीमा अवरोध गरेमा सास फेर्न कठिन हुने र ज्यानसमेत जोखिममा पर्न सक्ने डा. गुप्ता बताउनुहुन्छ । यस्तो अवस्थामा घाँटीभित्र औँला हालेर अड्किएको वस्तु निकाल्ने प्रयास गर्नु हुँदैन । त्यसैगरी, भात, रोटी वा अन्य खानेकुरा निलेर हड्डी वा मासुको टुक्रालाई तल धकेल्ने प्रयास गर्दा घाँटीमा थप चोट लाग्न सक्ने भएकाले यस्तो नगर्न चिकित्सकको सुझाव छ । हड्डी अड्किएको शङ्का भएमा आफैँ निकाल्ने प्रयास नगरी चिकित्सकीय सहायता लिनुपर्छ । निल्न नसक्ने वा थुकसमेत निल्न गाह्रो हुने अवस्था आएमा तत्काल अस्पताल जानुपर्छ । सास फेर्न गाह्रो भए तत्काल आपत्कालीन सहायता लिनुपर्ने मासु वा हड्डी अड्किएपछि सास फेर्न नसक्ने, बोल्न नसक्ने वा प्रभावकारी रूपमा खोक्न नसक्ने अवस्था देखिएमा श्वासनलीमा अवरोध भएको हुन सक्छ । यस्तो अवस्था ज्यानका लागि जोखिमपूर्ण हुने भएकाले तत्काल आपत्कालीन सहायता लिनुपर्ने चिकित्सक बताउँछन् । दसैँको समयमा मासुका परिकार खाँदा हतार नगरी सावधानीपूर्वक खानु, आफ्नो स्वास्थ्य अवस्थाअनुसार खानेकुरा छनोट गर्नु र घाँटीमा हड्डी वा मासुको टुक्रा अड्किएमा घरेलु उपाय अपनाएर निकाल्ने प्रयास नगर्नु महत्त्वपूर्ण हुन्छ । चाडपर्वमा खानपानको आनन्दसँगै स्वास्थ्यमा पनि ध्यान दिन सकेमा सम्भावित समस्याबाट बच्न सकिन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

सुदूरपश्चिमका गाउँमा घर फर्किनेहरूसँगै भित्रिने रौनक 'दशैँ लगत्तै हराउँछ'
ताजा खबरJust now

सुदूरपश्चिमका गाउँमा घर फर्किनेहरूसँगै भित्रिने रौनक 'दशैँ लगत्तै हराउँछ'

डडेल्धुराको आलिताल गाउँपालिका–७ चाई गाउँमा करन कामीका छोरा हिमाल दशैँका लागि घरको भित्तामा कमेरो पोतिरहेका छन्। परिवारका सदस्य घरमा भेला भएका चाडपर्वको चटारो छ। तर यो जमघट केही दिनको मात्रै हो।दशैँ सकिएपछि उनीहरू फेरि रोजगारीका लागि भारत फर्किनेछन्।करनको पाँच सदस्यीय परिवार रोजगारीका लागि भारतको बेङ्गलोरमा बस्दै आएको छ। चाडपर्व लक्षित विशेष ...

बीबीसी नेपाली
ऊर्जा आक्रमण तीव्र, जेलेन्स्कीको अमेरिकी दूतसँग वार्ता
ताजा खबरJust now

ऊर्जा आक्रमण तीव्र, जेलेन्स्कीको अमेरिकी दूतसँग वार्ता

किएभ।रुस र युक्रेनले एकअर्काका ऊर्जा केन्द्रमा आक्रमण तीव्र पारेका बेला युक्रेनी राष्ट्रपति भालोदिमर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुशनरसँग वार्ता गरेका छन्। ट्रम्पले भने जेलेन्स्कीमाथि रुससँगको युद्ध अन्त्य गर्न नचाहेको आरोप लगाएका छन्। रुसी आक्रमणका कारण युक्रेनका विभिन्न क्षेत्रमा दशौँ हजार मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन् भने तीन जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले ...

नेपालन्युज
छुमसुरको पहिरो हटेपछि खाँदबारी–किमाथांका सडकमा एकतर्फी यातायात सञ्चालन
ताजा खबरJust now

छुमसुरको पहिरो हटेपछि खाँदबारी–किमाथांका सडकमा एकतर्फी यातायात सञ्चालन

नेपाली सेनाले आइतबार साँझ ब्लाष्टिङ गरेर पहिरो हटाएसँगै लामो समयदेखि अवरुद्ध सडकमा सवारीसाधन सञ्चालन भएको हो । ...

कान्तिपुर
बूढीगण्डकीले बगाएको आरुघाट पुलमा जोडियो बेलिब्रिज
ताजा खबरJust now

बूढीगण्डकीले बगाएको आरुघाट पुलमा जोडियो बेलिब्रिज

काठमाडौं । बूढीगण्डकी नदीको बाढीले क्षतिग्रस्त बनाएको गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुलको टुटेको भागमा बेलिब्रिज जडान गरिएको छ । बेलिब्रिज निर्माणको काम सम्पन्न भएसँगै यातायात सेवा पुन: सञ्चालन गर्ने तयारी गरिएको छ । बाढीले पुलको गोरखातर्फको २२ मिटर भाग बगाएपछि उक्त सडकखण्डमा सवारी आवागमन ठप्प भएको थियो । यातायात सेवा तत्काल सञ्चालनमा ल्याउने उद्देश्यले नेपाली सेना र गोरखा सडक योजनाको ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play