Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सुदूरपश्चिमका गाउँमा घर फर्किनेहरूसँगै भित्रिने रौनक 'दशैँ लगत्तै हराउँछ'

सुदूरपश्चिमका गाउँमा घर फर्किनेहरूसँगै भित्रिने रौनक 'दशैँ लगत्तै हराउँछ'

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुदूरपश्चिमका गाउँमा घर फर्किनेहरूसँगै भित्रिने रौनक 'दशैँ लगत्तै हराउँछ'

डडेल्धुराको आलिताल गाउँपालिका–७ चाई गाउँमा करन कामीका छोरा हिमाल दशैँका लागि घरको भित्तामा कमेरो पोतिरहेका छन्। परिवारका सदस्य घरमा भेला भएका चाडपर्वको चटारो छ। तर यो जमघट केही दिनको मात्रै हो।दशैँ सकिएपछि उनीहरू फेरि रोजगारीका लागि भारत फर्किनेछन्।करनको पाँच सदस्यीय परिवार रोजगारीका लागि भारतको बेङ्गलोरमा बस्दै आएको छ। चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजबाट देशैभरि लागु, विगतभन्दा फरक के छबाढी र पहिरोले बिथोलेका सडकमा चाडपर्वका बेला लाखौँ मानिसको आवतजावत कसरी होला उनी र उनकी श्रीमती अरूका घरमा सरसफाइको काम गर्छन्। त्यही कमाइले घर खर्च र तीन छोराको पढाइ धान्छन्।२०८१ साल जेठमा रोजगारीका लागि भारत पुगेका करन असोजको तेस्रो साता दशैँ मनाउन गाउँ फर्किएका हुन्।दशैँका योजना के छन्?कुलदेवताको पूजा गर्ने र परिवारसँग चाडपर्व मनाउने उनको योजना छ। त्यसपछि फेरि बेङ्गलोर फर्किनुपर्छ।"बेङ्गलोरमा घरहरूको सरसफाइको काम गर्छु, झाडु–पोछा लगाउँछु। श्रीमतीले पनि अरूका घरमा खाना पकाउने र सरसफाइकै काम गर्छिन्," उनले भने।"त्यसैबाट आउने पैसाले आफ्नो र छोराहरूको पढाइ खर्च बेहोर्थें।"आफ्नै घरमा परिवारसँगै बस्ने रहर भए पनि गाउँमा रोजगारी नपाउँदा परदेश जानुपरेको उनी बताउँछन्। "मजस्ता सामान्य लेखपढ गरेका मान्छेलाई यहाँ रोजगारी छैन। सरकारले रोजगारी दिएको भए हामी किन घर छाडेर भारत जान्थ्यौँ र?" उनले प्रश्न गरे।चाई गाउँकै मङ्गल कामीको बाध्यता पनि उस्तै छ। बेङ्गलोरमा चौकीदारको काम गर्ने उनी असोज २४ गते दशैँ मनाउन गाउँ फर्किएका हुन्। उनकी श्रीमती, छोरा र बुहारी पनि बेङ्गलोरमै बस्छन्। मङ्गल र उनका छोरा भीमले चौकीदारी गरेर परिवारको खर्च जुटाउँछन्।गाउँमा भएको थोरै जमिन अधियाँमा दिएर सपरिवार भारत गएको मङ्गलको परिवारका लागि पनि दशैँ घर फर्किने केही दिनको अवसर मात्रै हो। दशैँ: खानेहरूले कस्तो मासु खाने र कति मासु स्वास्थ्यका लागि उपयुक्तदशैँमा दिइने दक्षिणाको प्रचलन र पृष्ठभूमि के हो "आफ्नो देशमा रोजगारी छैन। अर्काको देशमा काम गर्न सजिलो छैन। परिवार पाल्नकै लागि भए पनि भारतमा गएर गुजारा गर्नुपरेको छ," उनले भने।"कोही नेपाल, कोही भारत बस्दा खर्च उत्तिकै हुन्छ। त्यसैले सपरिवार नै भारत पसेका हौँ।"आफ्नो काममा अर्को व्यक्ति राखेर दशैँ मनाउन आएका मङ्गल पनि चाडपर्व सकिएपछि परिवारसहित बेङ्गलोर फर्किने योजनामा छन्। करन र मङ्गलको कथा सुदूरपश्चिमका धेरै परिवारको साझा कथा हो।भारतबाट दैनिक हजारौँ नागरिक फर्किंदैरोजगारीका लागि भारत तथा अन्य मुलुक पुगेका नेपाली चाडपर्वमा घर फर्किएपछि गाउँमा चहलपहल बढेको छ। सहरमा पढ्ने विद्यार्थी, कर्मचारी र मजदुर पनि दशैँ मनाउन गाउँ पुग्छन्। मान्यजनबाट टीका–जमरा ग्रहण गर्ने, आशीर्वाद लिने र कुलदेवताको पूजा गर्ने परम्पराले उनीहरूलाई गाउँसँग जोडिराखेको छ।भारतसँग सीमा जोडिएका गौरीफन्टा र गड्डाचौकी नाकाबाट पनि दशैँका बेला ठूलो सङ्ख्यामा नेपाली स्वदेश फर्किन्छन्। प्रहरीको तथ्याङ्कअनुसार दशैँको समयमा गौरीफन्टा नाकाबाट दैनिक करिब २,५०० र गड्डाचौकीबाट १,५०० भन्दा बढी नागरिक सुदूरपश्चिम फर्किरहेका छन्।तर दशैँ सकिएपछि गाउँको दृश्य फेरिन्छ। रोजगारीका लागि गाउँ छोडेर भारत फर्किनेहरूको लर्को लाग्छ। केही दिनअघि भरिभराउ भएका घर फेरि सुनसान बन्छन्। गाउँमा वृद्धवृद्धा र बालबालिका मात्रै रहने अवस्था दोहोरिन्छ। सुदूरपश्चिमका गाउँमा दशैँले आफन्तलाई जोड्छ, घरमा खुसी फर्काउँछ। तर पर्याप्त रोजगारी नहुँदा त्यो खुसी केही दिनमै छुट्टिनुपर्ने बाध्यतामा बदलिन्छ। दक्षिणी प्रशान्त क्षेत्रको फिजीका नेपालीको दशैँदशैँमा समयसँगै केके चलन बदलिए? बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

शङ्कास्पद वस्तु विस्फोट हुँदा दुई जना घाइते
ताजा खबरJust now

शङ्कास्पद वस्तु विस्फोट हुँदा दुई जना घाइते

धादिङ। धादिङको बेनिघाट रोराङ गाउँपालिका-०९ ज्यामिरेघाटस्थित त्रिशूली नदी किनारमा फेला परेको शङ्कास्पद वस्तु कोठामा ल्याई फुटाउने क्रममा विस्फोट हुँदा दुई जना घाइते भएका छन्। सोमबार दिउँसाे करिब साढे १ बजेको समयमा... ...

रातोपाटी
छ माया छपक्कै २ : हतारको पटकथा, फितलो द्वन्द्व
ताजा खबरJust now

छ माया छपक्कै २ : हतारको पटकथा, फितलो द्वन्द्व

सबैभन्दा कमजोर त उही मुख्य चरित्र नै देखिन्छ । क्लाइमेक्सले दर्शकमा जुन तरंग ल्याउनुपर्ने हो, त्यो पड्काउनुअघि नै ओसिएको पटाकाजस्तो भइदिन्छ । ...

कान्तिपुर
एम्बुलेन्सबाट ५ क्विन्टलभन्दा बढी गाँजा बरामद
ताजा खबरJust now

एम्बुलेन्सबाट ५ क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी – दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले ५ क्विन्टलभन्दा बढी गाँजासहित एउटा एम्बुलेन्स बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान कोशी राजमार्गमा एम्बुलेन्समा इटहरीबाट विराटनगरतर्फ गाँजा ओसारपसार भइरहेको छ भन्ने सूचनाका आधारमा प्रहरीले गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए । इलाका प्रहरी […] ...

काठमाण्डुपाटी
जोडियो बुढीगण्डकीले बगाएको आरुघाट पुलमा बेलिब्रिज
ताजा खबरJust now

जोडियो बुढीगण्डकीले बगाएको आरुघाट पुलमा बेलिब्रिज

• बुढीगण्डकी नदीको बाढीले क्षतिग्रस्त बनाएको आरुघाटस्थित पुलको टुटेको भागमा बेलिब्रिज जडान गरिएको छ। • बेलिब्रिज निर्माणको काम सम्पन्न भएसँगै यातायात सेवा पुनः सञ्चालन गर्ने तयारी गरिएको छ। • आजदेखि दुईपाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न दिइने भएको छ भने भोलिदेखि चारपाङ्ग्रे सवारीसाधनसमेत सञ्चालन गरिनेछ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play