Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदै ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदै ?
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका कुल ३२ मध्ये २३ खेल मुख्य आयोजक स्थल सुर्खेतमा हुने निश्चित भएको छ। कर्णालीमा भौगोलिक कठिनाइ र पूर्वाधारका कारण पनि यसपटक सुर्खेतमै धेरै खेल खेलाइने भएको हो। प्राविधिक समितिबाट अनुमोदित तालिकाअनुसार प्रतियोगिताको औपचारिक उद्घाटन आगामी मंसिर १६ गते सुर्खेत रंगशालामा हुनेछ भने समापन मंसिर २७ गते तय गरिएको छ। तर, औपचारिक उद्घाटनअघि नै मंसिर ८ गतेदेखि पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडीसहित ६ वटा खेलको प्रतिस्पर्धा भने सुरु भइसक्नेछ। क्रमश: अन्य खेल पनि खेलाइँदै लगिने बताइएको छ। मुख्य आयोजक जिल्ला सुर्खेतमा प्रतियोगिताका अधिकांश ठुला मैदानी, इनडोर र मार्सल आर्टसका खेलहरू सञ्चालन हुनेछन्। सुर्खेतमा एथलेटिक्स, पुरुष फुटबल, क्रिकेट, भलिबल, हक्की, रग्बी र साइक्लिङजस्ता मैदानी खेलहरू हुनेछन्। त्यसैगरी कराँते, तेक्वान्दो, फुलकन्ट्याक्ट कराँते, उसु र बक्सिङजस्ता फाइटिङ खेलका साथै ब्याडमिन्टन, टेबलटेनिस, जिम्न्यास्टिक, ह्यान्डबल, स्क्वास र बास्केटबल सुर्खेतमै खेलाइनेछ। यसबाहेक कबड्डी, आर्चरी, भारत्तोलन, इस्पोर्टस् र सेपाकताक्रो गरी कुल २३ खेल सुर्खेतमै सम्पन्न हुने तय भएको छ। कर्णाली प्रदेशका अन्य जिल्लाहरूमा भने पूर्वाधार र भौगोलिक अनुकूलताका आधारमा केही खेलहरू विभाजन गरिएको छ। जसअन्तर्गत दैलेखमा आइटिएफ तेक्वान्दो, कालीकोटमा बुद्धिचाल, सल्यानमा जुडो र कुस्ती तथा पश्चिम रुकुममा शारीरिक सुगठनका खेलहरू आयोजना गरिनेछन्। कर्णाली प्रदेशमा आवश्यक पूर्वाधार अभावका कारण प्रतियोगिताका केही खेलहरू छिमेकी लुम्बिनी प्रदेशमा समेत सञ्चालन गरिनेछ। यसअनुसार पौडी र सुटिङका खेलहरू नेपालगन्ज (बाँके)मा आयोजना हुनेछन् भने टेनिस र खो–खोका खेलहरू बर्दियामा खेलाइने तय भएको छ। यसरी कुल ३२ खेलमध्ये २३ खेल सुर्खेतमा, पाँच खेल कर्णालीका अन्य चार जिल्लामा र चार खेल लुम्बिनी प्रदेशका दुई जिल्लामा विभाजन गरेर दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्न लागिएको हो। The post दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदै ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बाँकेमा पहिलो पटक पौडीको लाइफगार्ड तालिम
Latest NewsJust now

बाँकेमा पहिलो पटक पौडीको लाइफगार्ड तालिम

नेपालगन्ज स्वीमिङ क्लबले नेपाल पौडी संघको प्राविधिक सहयोगमा १५ जनालाई पाँचदिने तालिम दिएको हो । तालिममा उद्धार र प्राथमिक उपचारसम्बन्धी सीप सिकाइएको थियो । ...

कान्तिपुर
मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन
Latest NewsJust now

मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन

कास्की । नेपाली मौलिक देउसी–भैलोको संरक्षण र सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा आयोजित प्रतियोगितामा ‘पुन समाज पोखरा’ च्याम्पियन बनेको छ । पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिकाको पर्यटन प्रवद्र्धन शाखा र पब्लिक फोरके टेलिभिजनको संयुक्त आयोजनामा पोखरा–६ लेकसाइडस्थित गौरीघाटमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा सहभागी ११ समूहलाई पछि पार्दै पुन समाज पोखरा प्रथम भएको हो । प्रतियोगितामा उत्कृष्ट प्रस्तुति गरेको ...

केन्द्रबिन्दु
मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन
Latest NewsJust now

मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन

कास्की। नेपाली मौलिक देउसी–भैलोको संरक्षण र सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा आयोजित प्रतियोगितामा ‘पुन समाज पोखरा’ च्याम्पियन बनेको छ । पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिकाको पर्यटन प्रवद्र्धन शाखा र पब्लिक... ...

रातोपाटी
मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन
Latest NewsJust now

मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन

कास्की – नेपाली मौलिक देउसी–भैलोको संरक्षण र सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजित प्रतियोगितामा ‘पुन समाज पोखरा’ च्याम्पियन बनेको छ । पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिकाको पर्यटन प्रवर्द्धन शाखा र पब्लिक फोरके टेलिभिजनको संयुक्त आयोजनामा पोखरा–६ लेकसाइडस्थित गौरीघाटमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा सहभागी ११ समूहलाई पछि पार्दै पुन समाज पोखरा प्रथम भएको […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play