Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन

Share:WhatsAppFacebookX (Twitter)Telegram
मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन
Photo / Coverage: केन्द्रबिन्दु

कास्की । नेपाली मौलिक देउसी–भैलोको संरक्षण र सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा आयोजित प्रतियोगितामा ‘पुन समाज पोखरा’ च्याम्पियन बनेको छ । पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिकाको पर्यटन प्रवद्र्धन शाखा र पब्लिक फोरके टेलिभिजनको संयुक्त आयोजनामा पोखरा–६ लेकसाइडस्थित गौरीघाटमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा सहभागी ११ समूहलाई पछि पार्दै पुन समाज पोखरा प्रथम भएको हो । प्रतियोगितामा उत्कृष्ट प्रस्तुति गरेको पुन समाजले नगद रु २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । नेपाली चाडपर्वसँग जोडिएका मौलिक कला, संस्कृति र परम्परा आधुनिकताका कारण ओझेलमा पर्दै गइरहेका बेला आयोजित प्रतियोगिताले पुरानो पुस्ताबाट नयाँ पुस्तामा संस्कृति हस्तान्तरणको सन्देश दिएको छ । प्रतियोगितामा सहभागी समूहले परम्परागत वेषभूषा, मौलिक भाका, शब्द, लय र तालमार्फत देउसी–भैलो प्रस्तुत गरेका थिए । प्रतियोगितामा सहभागी समूहको मूल्याङ्कन मौलिकता, परम्परागत भाका, शब्द, लय, ताल, भेषभूषा र सांस्कृतिक प्रस्तुतिका आधारमा गरिएको थियो । मुख्य निर्णायक पोखरा प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति पद्मराज ढकाल रहेका थिए । पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले नेपाली मौलिक कला, संस्कृति र परम्परा पछिल्लो समय ओझेलमा पर्दै गएको उल्लेख गर्दै यसको संरक्षणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए । नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्न यस्ता प्रतियोगिता प्रभावकारी हुने उनको भनाइ थियो । पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले मौलिक देउसी–भैलोको संरक्षणसँगै पोखराको सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले नेपाली चाडपर्व र सांस्कृतिक परम्परालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सके पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने धारणा राखे । प्रतियोगितामा सहभागी सबै समूहलाई नेपाली परम्पराअनुसार दानदक्षिणासहित बिदाइ गरिएको थियो । आयोजकका अनुसार प्रत्येक समूहलाई चामल, फलफूल, सेलरोटी, नगद रु पाँच हजार ५५५ र प्रमाणपत्र प्रदान गरिएको थियो । पोखरा पर्यटन परिषद्का महासचिव मिलन तिवारीले प्रतियोगितामा स्थानीय समूहका साथै स्वदेशी तथा विदेशी पर्यटकको समेत उल्लेख्य सहभागिता रहेको बताए । मौलिक देउसी–भैलो विदेशी पर्यटकका लागि नेपाली संस्कृति बुझ्ने र प्रत्यक्ष अनुभव गर्ने नयाँ अवसर बनेको उनको भनाइ थियो । पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले मौलिक संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धनलाई एकसाथ जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । पोखरालाई प्राकृतिक सुन्दरतासँगै सांस्कृतिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न यस्ता कार्यक्रमले सहयोग पु¥याउने उनले उल्लेख गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएलमा मस्कटको देउसी भैलो (तस्बिरहरू)
Latest NewsJust now

एनपीएलमा मस्कटको देउसी भैलो (तस्बिरहरू)

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार पहिलो इनिङस् ब्रेकमा फरक दृश्य देखियो। देउसी भैलो खेल्दै मस्कट मैदानमा निस्किए।  एनपीएलसहित आठ वटा फ्रेन्चाइज टोलीका मस्कटले मैदानमा देउसी भैलो खेलेका हुन्। भाइटीकाको अघिल्लो दिन जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गरिरहेका छन्।  जनकपुर र सुदूरपश्चिमबीच खेलको पहिलो इनिङस् सकिएपछि मस्कट मैदानमा आएर... ...

नेपालखबर
त्रिवि मैदानमा दर्शकको घुइँचो, देउसी–भैलो गीतले थप्यो रौनक
Latest NewsJust now

त्रिवि मैदानमा दर्शकको घुइँचो, देउसी–भैलो गीतले थप्यो रौनक

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान दर्शकले भरिएको छ। भाइटिकाको अघिल्लो दिन सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिचको खेल हेर्न ठुलो सङ्ख्यामा दर्शक मैदान पुगेका... ...

रातोपाटी
जलवायु अनुकूलन जलवायु न्यायको विषय पनि होः मन्त्री खनाल
Latest NewsJust now

जलवायु अनुकूलन जलवायु न्यायको विषय पनि होः मन्त्री खनाल

अन्ताल्या (टर्किए) । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु अनुकूलन प्राविधिक वा वातावरणीय प्रतिक्रियामा मात्र सीमित नभई जलवायु न्यायसँग समेत जोडिएको विषय भएको बताएका छन् । टर्कीएको अन्ताल्यामा सोमबारदेखि जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) अन्तर्गत अल्पविकसित मुलुकहरू (एलडीसी) का तर्फबाट आयोजित ‘हाइ लेभल डायलग अन एडप्टेसन’लाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले जलवायु परिवर्तनमा सबैभन्दा कम योगदान गर्ने अल्पविकसित मुलुकहरू नै यसका बढ्दो ...

केन्द्रबिन्दु
वनमन्त्री चौधरी टर्किए प्रस्थान
Latest NewsJust now

वनमन्त्री चौधरी टर्किए प्रस्थान

काठमाडौं।कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी टर्कीएको अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना भइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन त्यसतर्फ प्रस्थान गरेकी छन्। सम्मेलनको दोस्रो सातामा मन्त्री चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन्। साथै, उनले सम्मेलनको उच्चस्तरीय सत्रमा नेपालको तर्फबाट सम्बोधन समेत गर्ने कार्यक्रम रहेको छ। सम्मेलनमा मन्त्री चौधरीले नेपालको तर्फबाट जलवायु परिवर्तनका कारण हिमाल, ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play