Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Others/दशौँ राष्ट्रिय खेलकुद निर्धारित मितिमै हुने राखेपको दाबी, ३२ खेल समावेश

दशौँ राष्ट्रिय खेलकुद निर्धारित मितिमै हुने राखेपको दाबी, ३२ खेल समावेश

10/19/2026, 6:40:14 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
दशौँ राष्ट्रिय खेलकुद निर्धारित मितिमै हुने राखेपको दाबी, ३२ खेल समावेश

हरेक दुई वर्षको अन्तरमा आयोजना हुनुपर्ने राष्ट्रिय खेलकुदको दशौं संस्करण विभिन्न बाहना सारिँदै आएको छ । कर्णाली प्रदेशमा तय दशौं राष्ट्रिय खेलकुद यसपल्ट आगामी मङ्सिर १६ देखि २९ गतेसम्म हुने तयारी छ । २०८१ सालमा नै आयोजना हुनुपर्ने दशौं राष्ट्रिय खेलकुद अहिलेसम्म हुन सकेको छैन । यसको तयारीबारे नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहतासँग गरिएको अन्तर्वार्ताको सम्पादित अंश … नेपाली खेलकुद विकासको मेरुदण्ड रहेको राष्ट्रिय खेलकुदको दशौं संस्करण अब हुन्छ की भन्ने आशा जगाएको छ तर यो समयमा नै आयोजना हुनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तयारी कुन अवस्थामा छ ? दशौं राष्ट्रिय खेलकुदको तयारी अहिले तीव्र रूपमा नै अगाडि बढेको छ । सबै प्रदेशसँग समन्वयन नै पनि भइसकेको छ । दशौं खेलकुद हुने कर्णाली प्रदेशको अवस्था निरीक्षण गरेर आइसकेको छु । त्यहाँको स्थानीय सरोकारवाला निकायसँगको छलफलपछि दशौं राष्ट्रिय खेलकुदको आयोजना गर्न राम्रो वातावरण बनेको छ । माननीय मन्त्रीज्युसहित मूल आयोजक समितिको बैठक पनि बसिसकेका छौं । त्यसैले अब यो सुनिश्चितताको बाटोमा गएको छ । अब दशैं सर्दैन, तिहार सर्दैैन । त्यसैगरी दशौं राष्ट्रिय खेलकुद पनि सर्दैन । सार्वजनिक ऐनअनुसार खरिद गर्नुपर्ने विषयहरू अगाडि बढाइसकेको छु । जिल्लाबाट खेलाडी छनोटको विषय पनि अगाडि बढेको अवस्था छ । कात्तिक १५ गतेसम्म सबै छनोट सकिन्छ होला । त्यसपछि हामी बन्द प्रशिक्षणमा जान्छौं । यसपल्ट लामो बन्द प्रशिक्षण भने हुने छैन । तर तीन हप्ता जति बन्द प्रशिक्षण हुनेछ । कुन कुन ठाउँमा छनोट शुरु भएका छन्, कुन प्रदेशले कहिले सक्छन् ? धेरै प्रदेशमा जिल्ला छनोट शुरु भइसकेका छन् । कर्णालीले शुरु गरिसकेको छ । मधेस र कोशीले पनि शुरु गर्दैछ । लगभव सबैतिर छनोट प्रक्रिया अगाडि बढेका छन् । सबैको क्यालेण्डर मागेका छौं । उहाँहरूसँग लगातार छलफल भइरहेको छ । प्रदेशबाट राम्रो रेस्पोन्स आएका छन् । कर्णाली र खेल आयोजना हुने मुख्य क्षेत्र सुर्खेतमा यति धेरै खेलकर्मीको एकैपल्ट बसोवासका लागि समस्या हुनसक्छ भन्ने चिन्ताको विषय छ, यो विषयमा राखेप र मूल आयोजकले समाधानका लागि के काम गरिरहेको छ ? दशौं खेलकुदका खेलाडी, प्रशिक्षक, अफिसियल कसैले पनि त्यो समस्या भोग्नु पर्नेछैन । खाना र बस्न कुनै समस्या हुनेछैन । यसपल्ट नजिकबाट हेरेको छु । त्यहाँका सरोकारावालासँग बसेर कुराकानी गरेका छौं । यस विषयमा केही भ्रम पनि पैmलाइएको रहेछ । कुन पक्ष यथार्थ पनि छन् । दशौं राष्ट्रिय खेलकुद आयोजनाका लागि बसोवास व्यवस्थापन उपसमितिको संयोजक नै कर्णाली प्रदेशको उपाध्यक्षलाई बनाएका छौं । साथै सरोकार पक्षसँग पनि छलफल गरेका छौं । पहिले राष्ट्रिय खेलकुदको आयोजनाका लागि सात दिनको समयावधि राख्ने गरेको रहेछ । यसपल्ट बढाएर १३ दिन बनाएका छौं । यति लामो दिन खेल हुनेछ । कोही जाने र कोही आउने अवस्था रहनेछ । त्यसैले यसबारे कुनै समस्या हुने छैन । राष्ट्रिय खेलकुद देशकै ठूलो र वृहत खेल आयोजना हो, यसमा प्रदेशको पनि भुमिका पनि उतिकै महत्वपूर्ण हुन्छ, तर प्रदेशलाई जिम्मेवारी दिइएको हुँदैन, यसपल्ट उहाँहरू केही जिम्मेवारी पाउनु हुनेछ ? यसपल्ट प्रदेशका सदस्यसचिवलाई नै सेभ द मिसनका रूपमा जिम्मेवारी दिएका छौं । पहिले सबै केन्द्रले हेर्ने प्रावधान थियो । यसपल्ट त्यसलाई ब्रेक गर्दैछौं । हाम्रो उपसमितिसँग समन्वयन र सहकार्य गरेर प्रदेशले नै खेलाडीको खानपान र बासोबासका लागि काम गर्नेछ । यसले गर्दा कामको बाँडफाँड हुने र प्रदेशको जिम्मेवारी पनि बढ्नेछ । साथै चुस्त दुरुस्त काम हुने गरी रणनीति अगाडि बढाएका छौं । सबै केन्द्रकै संयोजक राख्ने प्रावधान थियो । अहिले त्यसो गरेका छैनौं । स्थानीय क्षेत्रलाई नै जिम्मेवारी दिएका छौं । चार वटा उपसमिति कर्णाली प्रदेशलाई दिएका छौं । खेल स्थल व्यवस्थापना, सुरक्षा व्यवस्थापन, बसोवास र स्वास्थ्य समिति पनि कर्णालीलाई नै दिएका छौं । बहुमत पुग्ने गरी जिम्मेवारी दिएका छौं । उहाँहरूले काम गरिरहनु भएको छ । बसोबासको समस्या पनि हुने छैन । विकल्पका बारेमा पनि सोचिरहेका छौं । विद्यालयका होस्टल र धर्मशाला पनि प्रयोग हुन सक्छन् । स्थानीयको उत्साहजनक उपस्थितिले आयोजनामा समस्या हुनेछैन । लामो समयदेखि राष्ट्रिय खेलकुदमा सहभागी हुँदै आएका केही खेल यसपल्ट सहभागी गराइएको छैन, यस कारण खेलाडीहरूले दुःखेसो पोखेका छन्, यो आयोजनाको विकल्पमा फेन्सिङ, प्यााराग्लाइडिङ, सफ्ट टेनिस र ट्रायथोलनका खेलाडीले अन्य राष्ट्रिय प्रतियोगिता खेल्न पाउँछन् की पाउँदैनन्, एशियन गेम्समा नै रजत पदक जितेको खेल प्याराडिङसहित केही खेलाडीले खेल्न नपाउने अवस्था रहन्छ ? प्याराग्लाइडिङ गत संस्करण दुर्घटना पनि भयो । साथै यो खेलको भेन्यु कम्फर्ट पनि भएन । यसपल्ट कुनकुन खेल राख्ने भन्ने विषयमा केन्द्र सरकारको मात्र अधिकार रहेन । सबै प्रदेशमा खेलिने खेललाई मात्र यसपल्ट समावेश गरेका छौं । विभागीय टोलीमा मात्र खेलिने खेलबारे ध्यान दियौं । सबै प्रदेश र विभागमा खेल्ने खेललाई प्राथमिकतामा राखेर समावेश गरेका हौं । ४÷५ वटा प्रदेशमा खेल्ने खेल मात्र राखेका छौं । यसपल्ट ३२ वटा खेल समावेश छ । जुन कर्णाली प्रदेशसहित सबै प्रदेशमा खेल हुने खेल मात्र दशौं खेलकुदमा राखेका हौं । एउटा विभागमा खेल राख्ने र त्यसबाट फोडफाड गरेर खेलमा सहभागी हुने तरिकाको खेल दशौंमा राखेनौं । अधिकांश खेल सुर्खेतमा नै हुँदैछन् । १÷२ वटा खेल सुर्खेत नजिकको जिल्ला नेपालगञ्जमा हुनेछ । तर काठमाडौंमा नै दशौं खेलकुदका खेल प्रतिष्पर्धा हुने छैन । सरकारले दशौं राष्ट्रिय खेलकुद आयोजनाका लागि ४४ करोड विनियोजन गरेको छ, तर यसअघि नै प्रश्तावित र माग गरिएको बजेटको आधा मात्र आएको छ, राखेपले पनि यो बजेट पर्याप्त छैन भन्ने बुझेको छ, बजेटका कारण रोकिने त होइन ? चालु आर्थिक बजेटमा ४४ करोड १० लाख रुपैयाँ दशौं राष्ट्रिय खेलकुदका लागि विनियोजना भएको छ । तर यो बजेट नपुग्दा अर्थ मन्त्रालयसँग थप सुनिश्चिताका लागि सहमति लिनेछौं । हाम्र्रै शीर्षकमा खर्च नभएको रकम खर्च गर्नेगरी सीमा निर्धारण पनि गरिसकेका छौं । त्यसलाई पारदर्शी र सुशासन कायम गर्ने हिसाबले खर्च गर्छौं । सरकारलाई यो भएन त्यो भएन भन्दा पनि प्राप्त बजेटमा काम गर्नेछौं । मितव्ययी तरिकाले खर्च गर्नेछौं । यो बजेट कम भने होइन । अनावश्यक पक्षमा खर्च कटौती हुनसक्छ । दशौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलहरूका स्पर्धा ढिला मात्र समावेश गरिएको छ, केही अभैm टुङ्गो लाग्न बाँकी छ, खेलाडीको सेवा सुविधाका विषयमा केही नयाँ छ की छैनन् ? अब टुङ्गो लाग्न बाँकी केही छैन । कुल ३२ खेल दशौं खेलकुदमा सहभागी गराइएको छ । प्राविधिक उपसमितिमा सात जना मात्र छन् । सबैले सबै खेलबारे जानकारी राख्न सक्दैनन् । त्यसैले केही स्पर्धा छुट्न गएको थियो । पछि सम्बन्धित खेल संघसँग पनि छलफल गरेर सबै विधा टुङ्गो लागेका छन् । संघको राय सल्लाह र सुझावअनुरूप कोटा निर्धारण गरिसकेका छौं । खेलाडीलाई राम्रो सेवा सुविधा दिने विषयमा ध्यान दिएका छौं । सम्बन्धित खेलाडीकै खातामा पैसा जान्छन् । पाल टाँगेर खेल हुने अवस्थामा पनि कहिले कहीँ अवस्था आउन सक्लान् । सकेसम्म भेन्यु व्यवस्थापन हुन्छन् । इस्पोटर््सबाहेक कुनै पनि खेल होटल या अन्य स्थान हुनेछैन । लामो यात्रा गरेर भोलीपल्टै खेल्नुपर्ने अवस्थामा हुने छैन । खेलाडीले एकदिन पर्याप्त आराम गरेपछि मात्र खेल्ने अवस्था हुन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान
OthersJust now

सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान

नेपाली सेनाले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान कार्य दुई दिनमा सम्पन्न गरी सडक आयोजनालाई हस्तान्तरण गरेको छ । सेनाले जडान सम्पन्न गरेपछि आज गोरखा सडक आयोजनालाई उक्त बेलिब्रिज हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । गत असोज २५ गते बूढीगण्डकी नदीमा गएको बाढीले सो स्थानमा रहेको पक्की पुलको गोरखातर्फको खण्ड बगाएपछि सेनाले असोज ३१ गतेदेखि ‘बेलिब्रिज’ ...

पर्दाफास
महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि दर्शन गर्न पाइने
OthersJust now

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि दर्शन गर्न पाइने

विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर कात्तिक ३ गते मङ्गलबार बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि खुला गरिने भएको छ । यो मन्दिर प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र सर्वसाधारण भक्तजनका लागि खुला गरिने परम्परा रही आएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाले आज आयोजना गरेको सरोकार भएका निकायसँगका छलफलका क्रममा बिहान ५ बजेदेखि बेलुकी ...

पर्दाफास
धर्म, कला, संस्कार, संस्कृति र परम्पराको जीवन्तता नै आजको आवश्यकता : मुख्यमन्त्री थापा
OthersJust now

धर्म, कला, संस्कार, संस्कृति र परम्पराको जीवन्तता नै आजको आवश्यकता : मुख्यमन्त्री थापा

काठमाडौं, कात्तिक २ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले धर्म, कला, संस्कार, संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन तथा पुस्तान्तरणका लागि प्रदेश सरकारले उचित नीति तथा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नेपालीहरूको महान् चाड विजयादशमीअन्तर्गत मोहनी नखःको पावन अवसरमा लायन्स क्लब अफ नखेलको पहलमा नखेल सांस्कृतिक परिवारद्वारा आयोजित ‘नखेल सांस्कृतिक बाजा नाच २०८३’ कार्यक्रममा उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको ...

जनताटाइम्स
विश्वकप लिग-२ : ओमानलाई १० रनले हराउँदै नेपाल छैटौँ स्थानमा
OthersJust now

विश्वकप लिग-२ : ओमानलाई १० रनले हराउँदै नेपाल छैटौँ स्थानमा

नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित गरेको छ । ओमानको अल अमेरत मैदानमा सोमबार सम्पन्न खेलमा घरेलु टोलीविरुद्ध जित निकाल्दै नेपाल अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ । जितका लागि पाएको २ सय ८१ रनको लक्ष्य पछ्याएको ओमानले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७० रन मात्र बनाउन सक्यो । टस जितेर पहिले ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play